Comments Add Comment

कोपा अमेरिका

List Grid
कोपा अमेरिकाको टिम अफ दि टुर्नामेन्टमा अर्जेन्टिनाका चार खेलाडी

३० असार, काठमाडौं । कोपा अमेरिकाको टिम अफ दि टुर्नामेन्टमा अर्जेन्टिनाका चार खेलाडी समावेश भएका छन् । आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गर्दै २८ वर्षपछि पहिलो कोपा जितेको थियो । टिम अफ दि टुर्नामेन्टका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीसहित मिडफिल्डर रोड्रिगो डे पउल, डिफेण्डर क्रिस्टियन रोमेरो र गोलकिपर एमिलियानो मार्टिनेज […]

अर्जेन्टिनालाई च्याम्पियन बनाउने नायक स्कालोनी : २००६ मा मेस्सीसँगै खेलेका थिए विश्वकप

२९ असार, काठमाडौं । अर्जेन्टिनाले आइतबार २८ वर्षे अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा यो जेनेरेसनकै उत्कृष्ट खेलाडी लिओनल मेस्सीको चर्चा धेरै भयो । स्वभाविक पनि थियो । मेस्सीले राष्ट्रिय टिमका लागि यसअघि चार फाइनल हारिसकेका थिए । पाँचौ प्रयासमा सफल भए र १६ वर्षे अन्तर्राष्ट्रिय करियरमा पहिलो मुख्य उपाधि जिते । कोपा […]

पाँचौं प्रयासमा मेस्सी सफल, अर्जेन्टिनाको जर्सीमा पहिलो उपाधि

२७ असार, काठमाडौं । यसअघि पनि लिओनल मेसी तीन पटक कोपा अमेरिका फाइनल खेलेका थिए । तीन पटक उपाधिको मुखैमा पुगेर टाढिए । फिफा विश्वकपको पनि एक पटक फाइनल खेले तर उपाधि जित्न सकेनन् । चार फाइनल अनि १६ वर्षको अन्तर्राष्ट्रिय फुटबल करिअरमा मेसीले अर्जेन्टिनाको सिनियर टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जिते । विश्वकै पुरानो फुटबल प्रतियोगिता […]

चोटका बाबजुद मेस्सीले खेलेका थिए कोपाको फाइनल

२७ असार, काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले टिम कप्तान लियोनल मेस्सीप्रति आभार व्यक्त गरेका छन् । उनले मेस्सीको प्रशंसा गर्नुका साथै ब्राजिलसँगको फाइनल खेल चोटका बाबजुद पनि खेलेको खुलासा गरेका छन् । ‘तपाईंले उसले कुन कसरी कोपा अमेरिका खेलेको थियो भन्ने थाहा पाउनुभयो भने उसलाई झन् धेरै माया गर्न थाल्नुहुनेछ,’ स्कालोनीले भने । रियो […]

कोपा अमेरिकामा मेसीले बनाएको कीर्तिमान

२७ असार, काठमाडौं । घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले आइतबार ४७औं संस्करणको कोपा अमेरिकाको उपाधि जित्यो । राष्ट्रिय टिमले २८ वर्ष यता पहिलो उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पनि राष्ट्रिय टिमको जर्सीमा पहिलो ट्रफी उचाले । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामा ब्राजिललाई उसैको भूमिमा हराएर उपाधि जित्नु अर्जेन्टिनाको लागि गौरवकै विषय रह्यो । मेस्सीलाई अर्जेन्टिनाबाट […]

अर्जेन्टिनाको जितपछि देखियो मेसी र नेमारको मित्रता

२७ असार, काठमाडौं । अर्जेन्टिनाका लिओनल मेसी र ब्राजिलका नेमारले स्पेनिस क्लब बार्सिलोनाबाट केही वर्ष संगै खेले । उनीहरुले केही उपाधि सँगै पनि जिते । त्यसपछि नेमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन लागे, मेसी बार्सिलोनामै रहे । बार्सिलोनामा रहँदा यी दुईबीच घनिष्टता थियो । तर राष्ट्रिय टिमबाट खेल्दा भने यी दुई एक अर्काका विरुद्ध हुन्थे […]

ब्राजिलविरुद्ध गोल गरेका डि मारिया भन्छन्- मेस्सीले भने यो मेरो फाइनल हो

२७ असार, काठमाडौं । अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै आइतबार बिहान कोपा अमेरिकाको उपाधि जित्दा एन्जल डि मारियाले निर्णायक गोल गरे । पेरिस सेन्ट जर्मेनबाट खेल्ने डि मारियाले २२ औं मिनेटमा रोड्रिगो डे पउलको पासमा गरेको गोल नै निर्णायक बन्यो । डि मारियाले लिओनल मेस्सीले यो कोपा अमेरिका आफ्नो लागि प्रमाणित गर्ने अवसर रहेको […]

अर्जेन्टिनाले तोड्यो २८ वर्षको उपाधि खडेरी, मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय ट्रफी

२७ असार, काठमाडौं । अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३ […]

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

२७ असार, काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । सोही गोल नै […]

के मेस्सीले अर्जेन्टिनाको २८ वर्षे उपाधि खडेरी तोड्लान ?

२६ असार, काठमाडौं । विश्वकै सबैभन्दा पूरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औं संस्करणको उपाधिका लागि ल्याटिन अमेरिकन दुई पावर हाउस ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । ब्राजिलमै भइरहेको यस प्रतियोगिताको फाइनलमा उत्रिदा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि पहिलो मुख्य प्रतियोगिताको उपाधि जित्ने अवसर हुनेछ । फाइनल खेल शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) रियो दि जेनरियोस्थित माराकाना […]

कोपा अमेरिका : पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

२६ असार, काठमाडौं । कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । शनिबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ ले पराजित गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि कोलम्बिया विजयी बन्यो । सेमिफाइनलमा पराजित भएका दुई टोलीले तेस्रो स्थामा लागि खेलेका […]

ब्राजिल भर्सेस अर्जेन्टिना : अन्तर्राष्ट्रिय प्रतियोगिताको पछिल्लो पाँच खेलको हेड टु हेड

२५ असार, काठमाडौं । कोपा अमेरिका २०२१ को मेघा फाइनल भिडन्तमा चिरपरिचित प्रतिद्वन्दी ब्राजिल र अर्जेन्टिना आइतबार ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा भिड्दैछन् । दक्षिण अमेरिकाका दुई महारथी अहिलेसम्म १११ पटक आमनेसामने हुँदा अर्जेन्टिनाले ४६ खेल जितेको छ भने ब्राजिलले ४० खेल जितेको छ । बाँकी २५ खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक […]

कोपा अमेरिका फाइनल : दुई सुपरस्टार मेसी र नेमारको भिडन्त

२५ असार, काठमाडौं । बार्सिलोनाका पूर्व सहकर्मी लिओनल मेसी र नेमार आइतबार हुने कोपा अमेरिकाको फाइनलमा एकापसमा भिड्दैछन् । दुवै खेलाडी पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छन् । ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोना जस्तै मेसी र नेमारले पनि अहिलेसम्म कोपा जित्न सकेका छैनन् । रियो दि जेनेरेयोस्थित आइकोनक माराकान स्टेडियममा फाइनल हुँदा यो तथ्य […]

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने व्यक्ति पक्राउ

२३ असार, पोखरा । युरोप र कोपा अमेरिका खेलमा सट्टेबाजी गराएको आरोपमा पोखरामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २७ का १८ वर्षीय सुलभ सुवेदी छन् । सुवेदीले अनलाइन भाइबर, ह्वाट्सएपलगायत माध्यम प्रयोग गरेर सट्टेबाजी गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । उनलाई पोखरा- ६ लेकसाइडको एक होटलबाट पक्राउ […]

गोलकिपर मार्टिनेजले तीन पेनाल्टी रोकेपछि अर्जेन्टिना फाइनलमा

२३ असार काठमाडौं । गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नायक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना फाइनल पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलको निर्धारित समय १-१ को बराबरीमा […]

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

२२ असार, काठमाडौं । साविक विजेता ब्राजिल घरेलु मैदानमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो । निल्टन सान्तोस मैदानमा भएको खेलमा ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गोल गरे । उनले ३४औं मिनेटमा नेमारको पासमा […]

कोपा अमेरिकाको सेमिफाइनलमा भोलि बिहान ब्राजिल र पेरु भिड्दै

२१ असार, काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत मंगलबार बिहान पहिलो सेमिफाइनल खेल हुँदैछ । जसमा घरेलु टोली ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्नेछ । निल्टन सान्तोस रंगशालामा हुने खेल नेपाली समय अनुसार बिहान ४:४५ बजे शुरु हुनेछ । ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई १–० ले पराजित गरेको थियो । पेरुले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित […]

मेस्सी चम्कँदा अर्जेन्टिना सेमिफाइनलमा

२० असार, काठमाडौं ।कप्तान लिओनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनल अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हरायो । पेड्रो लुडिभिको स्टेडियममा भएको खेलमा मेस्सीले एक गोल गरे भने दुई गोलका लागि सहयोग गरे । खेलको ४०औं मिनटमा मेस्सीको पासमा रोड्रिगो […]

उरुग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै कोलम्बिया सेमिफाइनलमा

२० असार, काठमाडौं । गोलकिपर डेभिड ओस्पिनाले उत्कृष्ट प्रदर्शन गरेपछि कोलम्बिया ४७औं सस्करणको कोपा अमरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको क्वाटरफाइनलमा कोलम्बियाले सर्वाधिक १५ पटकको विजेता उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो हारपछि उरुग्वे बाहिरिएको छ । ब्राजिलको ब्सिलिया स्टेडियममा भएको खेलको निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा […]

कोपा अमेरिका : चिलीलाई हराउँदै ब्राजिल सेमीफाइनलमा

१९ असार, काठमाडौं । चिलीमाथि संघर्षपूर्ण जित हात पार्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमीफाइनलमा पुगेको छ । शनिबार विहान भएको खेलमा १० खेलाडीमा सिमित ब्राजिलले चिलीलाई १–० गोल अन्तरले हराएको हो । रियोमा भएको खेलमा घरेलु टोली ब्राजिलले दोस्रो हाफको सुरु (४६ मिनेट)मा नै लुकास पिकेटाको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै गाब्रियल […]

कीर्तिमानी खेलमा मेस्सीको दुई गोल, अर्जेन्टिना समूह विजेता

१५ असार, काठमाडौं । कप्तान लिओनल मेस्सीले कीर्तिमान खेलमा दुई गोल गर्दा अर्जेन्टिनाले कोपा अमेरिकाको समूहको अन्तिम खेलमा बोलिभियालाई ४-१ ले पराजित गरेको छ । यसअघि नै क्वाटरफाइनल पुगिसकेको अर्जेन्टिना यो जितपछि समूह ‘ए’ को विजेता बनेको छ । अर्जेन्टिनाले अब क्वाटरफाइनलमा समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ । ब्राजिलको एरेना पान्तानालमा भएको […]