Comments Add Comment

गहना

List Grid
आयात कोटाले माग नधानेपछि गहनाको अग्रिम बुकिङ प्रभावित

१९ चैत, काठमाडौं । नेपाली बजारमा कच्चा सुनको चरम अभाव भएपछि गहनाको अग्रिम बुकिङ प्रभावित भएको छ । ग्राहकको माग अनुसारको सुन उपलब्ध नभएपछि वैशाखको लगनका लागि सुनको अग्रिम खरिद गर्न बजार पुगेका ग्राहकहरु फर्काउन थालिएको व्यवसायीहरुले बताएका छन् । वैशाखको १० गतेबाट सुरु हुने बिहेको लगनका लागि अग्रिम अर्डर लिन नसकिएको र आएका ग्राहकलाई […]

पशुपति क्षेत्रमा शिवरात्रिको तयारी, महँगा गहना नलगाउन आग्रह

२२ फागुन, काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको शिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य-सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ । यसैगरी कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकतवमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको […]

बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह

२७ मंसिर, काठमाडौं । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाइदिन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको रु १० हजार बराबरको सुनको मुन्द्राकै कारण यही मङ्सिर २१ गते ज्यान गुमाउन परेपछि […]

सुर्खेतमा पहेँलो धातुका गहनासहित एकजना पक्राउ

२९ साउन, सुर्खेत । सुर्खेतमा प्रहरीले सुनजस्तै देखिने पहेँलो धातुका गहनासहित एकजनालाई पक्राउ गरेको छ । बुधबार राति वीरेन्द्रनगर-३, स्थित मनबहादुर सुनारको घरबाट गहनासहित एकजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार हातमा लगाउने दुईवटा कडा, १६ वटा चुरा, तीनवटा कानमा लगाउने झुम्का, तीनवटा काँटा र […]

करोडौँका गहनाले सजिएका मानव कंकालहरु ? (फोटोफिचर सहित)

गहना लगाउनु मानिसको शौखको विषय हुनसक्छ । तर गरगहना, धनपैसा भन्ने कुरा ज्यूँदो हुन्जेलमात्र त हो । जति गहना र धनपैसा भएपनि मर्दा सँगै लग्ने होइन भन्ने उखानै छ । तर यो दुनियामा यस्ता भाग्यमानी मानव कंकाल पनि छन् जसले करोडौँ रकमका गहना लगाइरहेका छन् । सन् १५७८ मा रोमको सडकमुनि केही रहस्यमयी चिहानहरुको उत्खनन […]

गहना किन्ने हो ? जेम्स एण्ड ज्वेलरी एक्स्पोमा जानोस्

८ जेठ, काठमाडौं । राजधानीको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा जेम्स एण्ड ज्वेलरी एक्स्पो चलिरहेको छ । एक्स्पोमा गहनाका पारखीहरुको भिडभाड लागेको छ । एक्स्पोमा न्यूनतम ८/१० हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्मका गहनाहरु प्रर्दशनीमा राखिएको छ । एक्स्पोमा गहनामात्र होइन, सुनचाँदीको टोपी, सुन लेपन गरिएको घडी लगायतका वस्तुहरु पनि रहेका छन् । जसले अवलोकनकर्ताको […]

अब यो स्मार्ट गहनाले महिलालाई बचाउनेछ हिंसाबाट

यौनहिंसाका धेरैजसो घटनामा या त महिलाले आफ्नो सुरक्षा नै गर्न पाउँदैनन्, या त ज्यान बचाएर भाग्ने कोसिस गर्दछन् । हिंसाको डरले घरभित्रै बसेर पनि भएन, तर मनमा भने सधै डर पालेरै हिड्नुपर्छ । तर अब भने एउटा गहनाले महिलाको यो त्रासलाई दूर गरिदिनेछ । जसलाई प्रयोग गर्ने महिलाहरु यौन हिंसा वा दुव्र्यवहारबाट बच्न सक्दछन् । […]