+
+
Shares

गहनामा क्याडमियम रसायन मिसाएर कारोबार गरेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १७:२८

५ वैशाख, काठमाडौं। क्याडमियम रसायन कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र साङ्ली खानापुर स्थायी घर भइ काठमाडौं महानगरपालिका–६ बौद्ध फुलबारी बस्ने ३२ सागर भिकु झुरे र भारतकै सोही ठाउँ घर भएका २१ वर्षीय धिरज सालुङ्के छन् ।

उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले ३ वैशाखमा पक्राउ गरेको हो । झुरेले सञ्चालक गरेको खण्डुगा रिफाइनरीबाट उक्त रसायन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

उनले उक्त रसायन गरगहनामा मिसावट गरेर अवैध कारोबार गरेको आरोप छ । पक्राउ परेकाहरुविरुद्ध घातक रसाइनिक पदार्थ (नियमन) ऐन २०७९ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?