Comments Add Comment

गोविन्दराज जोशी

List Grid
तनहुँमा क्रियाशील सदस्यता नवीकरण नगरिएको जोशीको गुनासो

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँमा संयौंको संख्यामा क्रियाशील सदस्यता नवीकरण नगरिएको गुनासो गरेका छन्। उनले ठूलो संख्यामा नेता कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नगरेर महधिवेशनबाट विमुख गराएको आरोप लगाए। बिहीबार एक विज्ञप्ति जारी गर्दै जोशीले तनहुँ काङ्ग्रेसका कार्यकर्ताले केन्द्रमा न्यायका लागि पटक-पटक अनुनय गर्दा पनि सुनुवाइ नभएको बताए। ‘केही व्यक्तिको स्वार्थका […]

कांग्रेस नेता जोशीलाई कारवाही फिर्ताको सिफारिस

२९ माघ, दमौली । नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए। गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता […]

कांग्रेसमा अनुशासनको कारबाही : देउवा र पौडेलको स्वार्थ मिल्यो !

११ साउन, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिमा १२ सय बढी उजुरी परेको थियो । स्वयं पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध पनि उजुरी परेको थियो । तर, अनुशासन समितिमा पूर्वमन्त्रीद्धय गोविन्दराज जोशी, पुस्करनाथ ओझा र डडेल्धुरा कांग्रेसका कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गर्‍यो भने अरुलाई सचेत गराएर छाड्यो । अरुलाई माफी दिएको कांग्रेसले […]

जोशीसहितका नेतालाई पार्टीबाट निस्कासन गर्नु दुर्भाग्य : कोइराला

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वमन्त्री गोविन्दराज जोशीलगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गरिनु दुर्भाग्य भनेका छन् । आधारहीन र मनगढन्ते तर्क अगाडि जोशीसहितका नेताहरुलाई पार्टीबाट निस्कासन गरिएको कोइरालाको भनाइ छ । कांग्रेसको अनुशासन समितिले शनिबार तनहुँका जोशी, कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्कासन गर्ने […]

गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निस्काशित

१० साउन, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ । गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ । पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ […]

निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक र असंवैधानिकः गोविन्दराज जोशी

१९ कात्तिक, तनहूँ । निर्वाचन आयोगद्धारा उम्मेदवारी रद्ध गरिएका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस नेता गोविन्दराज जोशीले निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक र असम्वैधानिक भएको प्रतिक्रिया दिएका छन् । आइतवार दमौलीमा पत्रकार सम्मेलन गरी जोशीले निर्वाचन आयोगको निर्णयले कानुनी शासनको उल्लघंन भएको टिप्पणी गरे । आयोगमा उजुरी दिने रामचन्द्र पौडेलका विषयमा भने […]

बागी उम्मेदवारको बिगबिगी, शीर्ष नेताहरु नै समस्यामा

१६ कात्तिक,काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको लागि दोस्रो चरणको उम्मेदवारी मनोनयनका क्रममा प्रमुख दलले धेरै ठाउँमा बागी उम्मेदारको सामना गर्नु परेको छ । टिकट वितरणमा असन्तुष्ट भएका बिभिन्न दलका माथिल्लो तहका नेतादेखि कार्यकर्तासम्मले स्वतन्त्र उम्मेदवारी दिएपछि दलहरुलाई समस्या भएको छ । कतिपय ठाउँमा चुनावका बेला भर्खरै पार्टी प्रवेश गरेकाहरुले टिकट नपाएपछि बागी उम्मेदवारी दिएका छन् […]

रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीको उम्मेदवारी दर्ता

१६ कात्तिक,काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पूर्व गृहमन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका छन् । जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट टिकट मागेका थिए । तर कांग्रेसले बरिष्ठ नेता पौडेललाई टिकट दिएपछि जोशीले बागी उम्मेदवारी दिएका हुन् । पार्टीले स्थानीय कार्यकर्ता र जनताको भावना विपरित रामचन्द्र पौडेललाई टिकट दिएकाले आफू स्वतन्त्र उम्मेदवार […]

कांग्रेसका तनहुँवासी नेताहरुद्वारा गोविन्दराजप्रति खेद व्यक्त

१२ कात्तिक, तनहुँ । तनहुँवासी नेपाली कांग्रेसका नेताहरुले पार्टीले टिकट नदिए बागी उठ्ने पूर्वगृहमन्त्री गोविन्दराज जोशीको अभिव्यक्तिविरुद्ध खेद व्यक्त गरेका छन् । कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । पूर्वसहमहामन्त्री समेत रहेका जोशी पनि टिकटका आकांक्षी थिए । उनले आफूलाई टिकट नदिएर अर्को चुनाव चिन्ह लिएर भएपनि चुनाव […]

तनहूँ-१ बाट रामचन्द्रको जमानत जफत हुने गोविन्दराज जोशीको चेतावनी

९ कात्तिक,काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहूँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेल चुनाव लडेमा उनको जमानत जफत हुने चेतावनी दिएका छन् । बिहीबार दमौलीमा शक्ति प्रदर्शनसहित आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जोशीले तनहूँ क्षेत्र नम्बर १ का कांग्रेस कार्यकर्तालाई पौडेल विरुद्ध विद्रोहका लागि तयार रहन आग्रह गरे […]