Comments Add Comment

चिनी

List Grid
‘भारतको खाँदा नेपालको चिनी बिकेन’

१८ पुस, काठमाडौं । चिनी उद्योगमा यतिबेला किसान र उद्योगपतिबीच वर्गसंघर्ष चलिरहेको छ । दुई सातायता उखु किसानका धेरै गुनासाहरु मिडियामा आइरहेका छन् । किसानको उखु पेलेर पैसा नतिरेका उद्योगपतिहरु भागाभाग गरिरहेका छन् । यहीबेला हामीले नेपाल चिनी उद्योग संघका नेतालाई फेला पारेका छौं । शशिकान्त अग्रवाल दुईवटा सुगर मिलका सञ्चालक मात्र होइनन्, उनी चिनी […]

दशैंसम्म चिनी आयात रोक्न उद्योगीको आग्रह

१४ साउन, काठमाडौं । चिनी उद्योगीहरुले भारतलगायतका मुलुकबाट हुने चिनी आयात थप दुई महिना रोक्न सरकारलाई आग्रह गरेका छन् । नेपाली उद्योगहरुले उत्पादन गरेको चिनी पर्याप्त मात्रामा भण्डारणमा रहेकाले चिनी आयात तत्काल फुकुवा गर्नु आवश्यक नरहेको नेपाली व्यवसायीहरुको तर्क छ । अझै तीन महिनालाई पुग्ने परिमाणमा चिनी मौज्दात रहेकाले तत्काल चिनीको आयात रोक्न सरकारलाई केही […]

चिनीको भन्सार शुल्क ६० प्रतिशत पुर्‍याउन उद्योगीको माग

१ फागुन, काठमाडौं । चिनी उद्योगीले आयातित चिनीको भन्सार शुल्क ६० प्रतिशत पुर्‍याउन माग गरेका छन् । विदेशबाट आयात हुने चिनीसँग नेपालमा उत्पादित चिनीले प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेकाले भन्सार शुल्क बढाउनुपर्ने उद्योगीको माग छ । भन्सार शुल्क बढाए मात्रै उखु किसानको भुक्तानी दिने उनीहरुको शर्त छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल चिनी […]

तिहारलाई भारतबाट ल्याएको १३ करोडको चिनी बन्दरगाहमै थन्कियो

२१ माघ, वीरगञ्ज । साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको झण्डै १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेटि्रक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिमाणात्मक बन्देजका कारण पाँच महीना भइसक्दा पनि कर्पोरेशनले चिनी लग्न सकेको […]

भारतमा यसवर्ष चिनीको उत्पादन घट्ने प्रक्षेपण, मूल्यवृद्धिको सम्भावना

८ माघ, काठमाडौं । भारतमा यसवर्ष चिनीको उत्पादन घट्ने अनुमान गरिएको छ । भारतीय चिनी मिल्स संगठन (आइएसएमए) ले विज्ञप्ति जारी गरी सन् २०१९ मा चिनीको उत्पादन घट्ने जनाएको हो । इथानलको उत्पादन बढ्दा चिनीको उत्पादन घट्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।  आइएसएमएले जारी गरेको रिपोर्ट अनुसार यस वर्ष भारतमा ३.०७ करोड टन […]

सिंहदरबारमा ३ मन्त्रीले चिनी र चिया उद्योगीलाई झपारे

४ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चिनी उद्योगीहरुलाई ‘केटाकेटी’ को संज्ञा दिएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उद्योग भन्दैमा सरकारले सधैं संरक्षण गर्न नसक्ने बताएका छन् । त्यसैगरी श्रममन्त्री गोकर्ण विष्टले चिया उद्योगीलाई थर्काउँदै भने– ‘गाडीका लागि डिजेल पनि माग्नुस् न, त्योचाहिँ छुट्यो !’ चिनी, कफी तथा चिया उद्योगमा […]

सिंहदरबारमा ३ मन्त्रीले चिनी र चिया उद्योगीलाई झपारे

४ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चिनी उद्योगीहरुलाई ‘केटाकेटी’ को संज्ञा दिएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उद्योग भन्दैमा सरकारले सधैं संरक्षण गर्न नसक्ने बताएका छन् । त्यसैगरी श्रममन्त्री गोकर्ण विष्टले चिया उद्योगीलाई थर्काउँदै भने– ‘गाडीका लागि डिजेल पनि माग्नुस् न, त्योचाहिँ छुट्यो !’ चिनी, कफी तथा चिया उद्योगमा […]

सुदूरपश्चिमका सुपथ मूल्य पसलमा चिनी पाइएन

२३ असोज, कैलाली । साल्ट टे्रडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले दशै तिहारको अवसरमा सञ्चालन गरेको सहुलियत पसलमा चिनी बिक्री गरेको छैन । सुदूरपश्चिम प्रदेशका ७ स्थानबाट सहुलियत दरमा चिनी, नुन र चामल विक्री वितरण गर्ने जनाए पनि हालसम्म चिनी भने बेचेको छैन । चिनीसंगै नुन र चामल वितरण गर्ने जनाए पनि चिनीको मुल्य निर्धारण नभएकाले […]

लेखा समितिले सरकारलाई भन्यो : चिनी प्रतिकिलो ६३ रुपैयाँ भन्दा बढ्न नदेऊ

१८ असोज, काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले प्रतिकेजी चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको बैठकले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । चाडपर्वका बेला चिनीलगायतका दैनिक उपभोग्य बस्तुको मूल्य बढाउने व्यापारीमाथि कडा कारबाही गर्न […]

चिनीको मूल्यमा मनपरीः कतै ५९, कतै ९० !

१४ असोज, काठमाडौं । ठूला चाडपर्व नजिकिँदै गर्दा चिनीको मूल्यमा मनपरी हुन थालेको छ । सरकारले चिनी आयातमा कोटा तोकेलगत्तै कालोबजारी सुरु भएको छ । एक किलो चिनीको मूल्य कतै ५९ रुपैयाँ छ भने कतै ९० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ । अझ अनौठो त सरकारले दशैंतिहारलाई लक्षित गरी सञ्चालनमा ल्याएको सुपथ मुल्य पसलमा पनि चिनी […]

चिनी आयातमा अंकुशः नियत ठीक, तर प्रभाव ?

४ असोज, काठमाडौं । सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएपछि उद्योगीहरुले स्वागत गरेका छन् भने उपभोक्तावादीहरुले आलोचना । दुवैका आआफ्नै तर्क छन् । स्वेदशी उद्योगको संरक्षण गर्ने उद्देश्यले सरकारले यो वर्ष विदेशबाट एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न दिने निर्णय गरेको थियो । यो वर्ष एक लाख मेट्रिक टनको कोटा पूरा भइसकेकाले अब […]

किसानको पैसा तिर्ने सहमतिपछि एभरेष्ट सुगर मिलको ताला खुल्यो

११ असार, महोत्तरी । उखु खरिद बापतको रकम भुक्तानी दिने सहमति महोत्तरीको एभरेष्ट सुगर एण्ड केमिकल इन्ड्रस्टि्रजमा लागेको ताला सोमबार खुलेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा आइतबार उखु किसान र चिनी उद्योगीबीच भएको वार्तामा किसानलाई भुक्तानी दिन बाँकी रहेको रकम दिने सहमतिपछि मिलमा लगाइएको ताला खुलेको हो । चिनी उद्योगले भुक्तानी गर्नुपर्ने रकम […]

चिनीको भन्सार मूल्य नबढाउन सर्वोच्चको आदेश

३१ वैशाख, काठमाडौंं । सर्वोच्च अदालतले चिनीको भन्सार मूल्यमा शतप्रतिशत वृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । ज्ञान इन्टरप्राइजेजले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले जेठ १४ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । साथै सरकारले निर्णय गर्नुअघि नै एलसी खोलेर खरिद प्रक्रिया अघि बढाएको स्थितिलाई मध्यनजर गर्दै […]

चिनीमा लफडा : महंगो स्वदेशी टिकाउने कि सस्तो विदेशी बिकाउने ?

७ चैत, काठमाडौं । पछिल्लो समयमा तेस्रो मुलुकबाट हुने चिनी आयात रोकिएको छ । भन्सार मूल्यांकनमा आएको विवादका कारण वीरगञ्ज र बिराटनगर नाकामा आएका चिनी पनि भन्सार पास नभएको ब्यापारीहरुले बताएका छन् । पाकिस्तानबाट सस्तो चिनी आउन थालको भन्दै आयातकर्ताहरु ब्यापारीहरुले चिनीको सूचना मूल्य घटाउन दबाव दिइरहेका छन् । स्वदेशी चिनी उत्पादक भने सस्तो विदेशी […]

भारतबाट यो वर्ष ५० हजार मेट्रिक टन चिनी आउने

५ चैत, काठमाडौं । सरकारी गोदाममा चिनी सकिएपछि यो वर्ष भारतबाट ५० हजार मेट्रिक टन चिनी ल्याइने भएको छ । अर्थ मन्त्रालयले चिनी ल्याउन स्वीकृति दिएपछि साल्ट ट्रेडिङ कर्पोरशेन लिमिटेडले तत्कालै ५० हजार मेट्रिकटन चिनी ल्याउन ‘इन्टरनेशनल बिडिङ’ गर्ने निर्णय गरेको छ । साल्ट ट्रेडिङ भारतबाट चिनी आयातका लागि सहुलियत भन्सार माग्दै अर्थ मन्त्रालयमा निकै […]

भारतबाट ३० हजार मेट्रिक टन चिनी किन्ने तयारी

१९ वैशाख, काठमाडौं । नेपालमा उत्पादित चिनीले बजारको माग पूरा गर्न नसक्ने भन्दै सरकारले भारतबाट ३० हजार मेट्रिक टन चिनी किन्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले चिनी किन्न भन्सार छुट दिने अन्तिम तयारी गरिरहेको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले भारतबाट १ प्रतिशत मात्रै भन्सारमा चिनी किन्नेछ । साल्ट ट्रेडिङसँग चिनी मौज्दात सकिएपछि […]

अब चिनी बिनै दही हुिलयो हुने

दही भन्ने बित्तिकै अमिलो स्वादको झल्को आइहाल्छ । त्यसैले दहीको अमिलो मार्नका लागि त्यसमा चिनी मिसाएर खाने बानी धेरैको हुन्छ । तर यसरी गोरसमा चिनी मिसाउँदा त्यसले स्वास्थ्यमा असर पार्ने भन्दै कतिपय मानिसहरु दही खानबाटै पछि हट्दछन् । चिनी नमिसाइ खाउँ अमिलो हुने तर मिसाएर खाउँ चिनीले असर पार्ने डरका कारण दहीको स्वाद लिनबाट वञ्चित […]