
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले चिनीमा लाग्दै आएको भन्सार शुल्क घटाएको छ ।
- अब सार्क मुलुक र अन्य तेस्रो देशबाट चिनी आयात गर्दा १५ प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने छ ।
१६ जेठ, काठमाडौं । सरकारले चिनीमा लाग्दै आएको भन्सार शुल्क घटाएको छ ।
यसअघि सार्क मुलुक र अन्य तेस्रो देशबाट आयात हुने चिनीमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा घटाएर १५ प्रतिशतमा झारिएको हो ।
अब सार्क मुलुक र अन्य तेस्रो देशबाट चिनी आयात गर्दा १५ प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने छ ।
यस्तै सरकारले मिश्री र सखरको भन्सार शुल्क पनि घटाएको छ । मिश्री र सखर आयातमा लाग्ने गरेको ३० प्रतिशत भन्सार शुल्क पनि घटाएर १५ प्रतिशतमै झारिएको छ ।
स्वदेशी उद्योग संरक्षण गर्ने भन्दै चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क लगाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4