Comments Add Comment

टुँडिखेल

List Grid
टुँडिखेलमा प्रचण्ड–माधव समूहको मानव साङ्लो

६ फागुन, काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले बिहीबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेको छ । चौथो चरणको आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत यो समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेरेको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि चरणबद्ध आन्दोलन गरिरहेको यो समूहले माघ २८ मा काठमाडौंमा जनसभा गरेर तेस्रो चरणको आन्दोलन अन्त्य गरेको […]

टुँडिखेल घेर्दै नागरिक समाजले घोषणापत्र जारी गर्ने

६ फागुन, काठमाडौं । नागरिक समाजले भोलि फागुन ७ गते टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको छ । ‘बृहत नागरिक आन्दोलन घोषणापत्र २०७७’ नाम दिइएको उक्त दस्तावेज टुँडिखेलमै हुने सभाबाट सार्वजनिक गर्न लागिएको हो । बिहीबार नेवारी, डोटेली, मैथिली, नेपालीलगायत बहुल भाषामा विज्ञप्ति जारी गर्दै नागरिक समाजले टुँडिखेल मार्चमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेको […]

प्रचण्ड-माधव समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्दै

६ फागुन, काठमाडौं । नेकपा (प्रचण्ड-माधव नेपाल समूह)ले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड-माधव समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ । […]

सैनिक मञ्चमा सेनाले गर्‍यो फूलपाती बढाइँ   

७ कात्तिक,  काठमाडौं । दसैंको सातौं दिन फूलपाती, शुक्रबार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपातीको बढाइँ गरेको छ । सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गर्‍यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरर्‍यो भने सैनिक हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरियो । समारोहमा सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ बोलको […]

अतिक्रमणबाट जोगाउन ‘अकुपाई टुँडिखेल’ अभियान

२१ कात्तिक, काठमाडौं । टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा सार्वसाधारणको पहुँचमा छ भने बाँकी कुनै न कुनै नाममा अतिक्रमित भएको छ । कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ । टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ […]

प्रजातन्त्र दिवस मनाइयो, टुँडिखेलमा विशेष समारोह (फोटो फिचर)

७ फागुन, काठमाडौं । २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार काठमाडौंको टुँडिखेलमा विशेष समारोह गरिएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रहरु, मुख्यसचिव, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि […]