
२२ जेठ, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपाल र नेदरल्याण्ड्सको खेल अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा चलिरहेको छ ।
१० वर्षपछि विश्वकप खेल्दा नेपाली क्रिकेट समर्थक पनि निकै उत्साहित छन् । रंगशालामा १० हजार बढी नेपाली दर्शक छन् ।
नेपालमा पनि टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाइएको छ ।
नेपालले विश्वकप खेलेको हेर्न टुँडिखेलमा धेरै क्रिकेटप्रेमी भेला भएका छन् । त्यहाँ ३० बाई १८ फिटको एलईडी स्क्रिनमा विश्वकप प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था गरिएको छ । प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्ट र युवा तथा खेलकुद मन्त्रालयसँग सहकार्य गरेको छ ।
हेर्नुहोस् तस्वीरहरूः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4