News Summary
Generated by OK AI. Editorially reviewed.- श्रीलंकाले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आफ्नो अन्तिम १५ सदस्यीय टोली सार्वजनिक गरेको छ।
- टोलीको कप्तानी अलराउन्डर दसुन शनाकाले गर्नेछन् र उनी डिसेम्बरमा प्रारम्भिक टोलीमै कप्तान घोषित भइसकेका थिए।
- श्रीलंकाको पहिलो खेल फेब्रुअरी ८ मा आयरल्यान्डविरुद्ध हुनेछ र समूहमा अस्ट्रेलिया, आयरल्यान्ड, ओमान र जिम्बाबे रहेका छन्।
१९ माघ, काठमाडौं । श्रीलंकाले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आफ्नो अन्तिम १५ सदस्यीय टोली सार्वजनिक गरेको छ ।
टोलीको कप्तानी अलराउन्डर दसुन शनाकाले गर्नेछन् । उनी यसअघि डिसेम्बरमा सार्वजनिक भएको प्रारम्भिक टोलीमै कप्तान घोषित भइसकेका थिए ।
टोलीमा पथुम निसान्का, कुसल मेन्डिस, कुसल पेरेरा र चरिथ असलंकाजस्ता अनुभवी खेलाडीहरू समावेश छन् । कामिन्दु मेन्डिसले टोलीमा पुनरागमन गरेका छन् । उनी इंग्ल्यान्डविरुद्धको सिरिजबाट बाहिरिए पनि यस पटक धनञ्जय डि सिल्भाको स्थानमा टोलीमा परेका हुन् । पेस बलर प्रमोद मदुशन भने टोलीबाट बाहिरिएका छन् ।
बलिङतर्फ मथिशा पथिराना नेतृत्वमा रहने पेस आक्रमणमा दुश्मन्था चमीरा र इशान मालिंगा रहेका छन् । बाँकी टोली इंग्ल्यान्डविरुद्ध टी-२०आई खेलेको टोलीसँग धेरै हदसम्म मिल्दोजुल्दो छ ।
सन् २०१४ का च्याम्पियन टोली श्रीलंकाले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा आयरल्यान्डविरुद्ध खेल्नेछ । यो समूहमा अस्ट्रेलिया, आयरल्यान्ड, ओमान र जिम्बाबे रहेका छन् ।
श्रीलंकाको टोली : दसुन शनाका (कप्तान), पथुम निसान्का, कामिल मिशारा, कुसल मेन्डिस, कामिन्दु मेन्डिस, कुसल पेरेरा, चरिथ असलंका, जनिथ लियानागे, पवन रथनायके, वानिन्दु हसरंगा, दुनिथ वेल्लालागे, महिश थिक्साना, दुश्मन्था चमीरा, मथिशा पथिराना र इशान मालिंगा।
प्रतिक्रिया 4