+

राष्ट्रिय लिगमा लालिगुराँस र मछिन्द्रले बाँडे अंक

२०८२ माघ  १९ गते २०:२५ २०८२ माघ १९ गते २०:२५
राष्ट्रिय लिगमा लालिगुराँस र मछिन्द्रले बाँडे अंक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलमा लालिगुराँस एसोसिएसन र मछिन्द्र एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
  • मछिन्द्रले लगातार चार जितपछि पहिलो बराबरी खेलेको हो भने लालिगुराँसले दोस्रो बराबरी खेलेको छ।
  • मछिन्द्र १३ अंकसहित शीर्ष स्थानमा छ भने लालिगुराँस ११ अंकसहित पाँचौं स्थानमा छ।

१९ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा लालिगुराँस एसोसिएसन र मछिन्द्र एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा तेस्रो स्थानको मछिन्द्र र पाँचौ स्थानको लालिगुराँसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा दुवै टोलीले अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । राष्ट्रिय लिगमा मछिन्द्रको यो लगातार चार जित पछि पहिलो बराबरी हो भने लालिगुराँसको दोस्रो बराबरी हो ।

५ खेलमा ४ जित र १ बराबरीबाट १३ अंक जोडेर मछिन्द्र शीर्ष स्थानमा उक्लेको छ । दोस्रो बराबरीपछि लालिगुरासँले अपराजित यात्रा कायम राखेको छ तर शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ ।

५ खेलबाट ३ जित र २ बराबरीपछि लालिगुराँस ११ अंक जोडेर पाँचौ स्थानमै छ । त्रिभुवन आर्मी क्लबसँग समान अंक जोडेपनि कास्कीको लालिगुराँस गोलअन्तरमा पछि छ ।

राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय