News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ ले पराजित गरेको छ।
- नेपालको जितमा संगिता बडुवाल र प्रजिता राईले क्रमशः ३६औं र ७०औं मिनेटमा गोल गरेका थिए।
- नेपालले लिग चरणको अन्तिम खेल बंगलादेशसँग खेल्नेछ र फाइनल सम्भावना कायमै रहेको छ।
१९ माघ, काठमाडौं । पोखरामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ ।
पोखरा रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि २-१ को जित निकालेको हो । नेपालको जितमा संगिता बडुवाल र प्रजिता राईले १-१ गोल गरे ।
संगिता ३६औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएकी थिइन् । प्रजिताले दोस्रो हाफको ७०औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।
भुटानले ८७औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेको थियो। पूर्णिमा श्रेष्ठको डिफेन्सिभ गल्तीमा भुटानले गोल गरेको थियो ।
यद्यपी नेपाल इन्जुरी समयमा पनि अग्रता जोगाइराख्न सफल रह्यो ।
जितपछि नेपालको फाइनल सम्भावना कायमै रहेको छ ।
पहिलो खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया 4