News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भुटानसँग दिउँसो ३ बजे खेल्दैछ।
- चार टोली सहभागी प्रतियोगितामा शीर्षस्थानमा रहने टोली विजेता बन्ने प्रावधान छ।
- नेपाललाई फाइनल पुग्न भुटानविरुद्धको खेल जित्नैपर्ने दबाब छ।
१९ माघ, काठमाडौं । पोखरामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले दोस्रो खेलमा भुटानसँग खेल्दै छ ।
नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे पोखरा रंगशालामा सुरु हुनेछ । फाइनल पुग्ने सम्भावना कायमै राख्न यस खेल नेपाललाई जित्नैपर्ने दबाब छ । आज पराजित भए नेपाल फाइनल होडबाट बाहिरिनेछ ।
चार टोली मात्र सहभागी प्रतियोगिताको शीर्षस्थानमा रहने टोली विजेता बन्ने प्रावधान छ । त्यसकारण दुई खेलमा पराजित भएपछि शीर्षमा फिनिस गर्ने सम्भावना रहँदैन ।
पहिलो खेलमा दुवै टोली पराजित भएका थिए । नेपाल भारतसँग १-० ले पराजित भएको थियो भने भुटान बंगलादेशसँग १२-० ले पराजित भएको थियो ।
प्रतिक्रिया 4