+

१२औं एक्सेल्सियर कप : फुटसलमा काष्ठमण्डपको तेहोरो जित

२०८२ माघ  १९ गते १७:४२ २०८२ माघ १९ गते १७:४२
१२औं एक्सेल्सियर कप : फुटसलमा काष्ठमण्डपको तेहोरो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काष्ठमण्डप विद्यालयले १२औं एक्सेल्सियर कपअन्तर्गत यू–९, यू–११ र यू–१३ फुटसलमा एकै दिन तीन खेल जितेको छ।
  • यू–१२ गर्ल्स बास्केटबलमा आयोजक एक्सेल्सियर (येलो) ले युरो स्कुललाई २२–२ ले पराजित गरेको छ।
  • सिनियर ब्वाइज र गर्ल्स बास्केटबलमा ज्ञानोदय, पुष्पसदन, र रेडियन्ट पब्लिकले क्रमशः विजयी प्रदर्शन गरेका छन्।

१९ माघ, काठमाडौं । काष्ठमण्डप विद्यालयले १२औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलतर्फ एकै दिन तीन खेल जित्दै शानदार प्रदर्शन गरेको छ । विभिन्न उमेर समूहमा खेलेका खेलमा काष्ठमण्डपले यू–९, यू–११ र यू–१३ मा सफलता हासिल गर्‍यो ।

यू–९ समूहमा काष्ठमण्डपले राई स्कुललाई ४–० गोलले पराजित गर्‍यो । काष्ठमण्डपका स्लोक रिमालले दुई गोल गर्दा अनय रेग्मीले एक गोल गरे । एक गोल आत्मघाती रह्यो ।

यू–११ मा काष्ठमण्डपले आयोजक एक्सेल्सियर (येलो) लाई ४–२ गोलले हरायो । काष्ठमण्डपका अधिराज श्रेष्ठले दुई तथा नडुप प्रसाईं र शिभांकराज भट्टले एक–एक गोल गरे । एक्सेल्सियरका दृशान्त कार्की र जम्बाला डोर्जे लामाले एक–एक गोल फर्काए ।

यू–१३ मा काष्ठमण्डपले एक्सेल्सियर (निलो) लाई ५–१ गोलले पाखा लगायो । काष्ठमण्डपका वैभव बुढाथोकीले दुई गोल गर्दा सुजस्विन ओझा, नेयोन भण्डारी र साहस्य सिंहले एक–एक गोल गरे । एक्सेल्सियरका ओजस पाठकले सान्त्वना गोल गरे ।

यू–९ मा कोहिनुरले दोहोरो जित निकाल्दै लाइफ स्कुललाई १–० तथा एक्सेल्सियर (येलो) लाई २–० गोलले हरायो ।

अन्य खेलमा, यू–१३ मा रिब्सले ज्ञानोदय बालवाटिकालाई १–०, एक्सेल्सियर (येलो) ले ज्ञानोदयलाई २–१, कोहिनुरले बोधीसत्वलाई ३–०, एआई स्कुलले सेक्रेड हार्टलाई ३–० र हार्ट ल्यान्डले सेक्रेड हार्टलाई २–१ गोलले पराजित गरे । किड्स लर्निङ र बोधीसत्वबीचको खेल गोलरहित बराबरीमा सकियो । यू–१६ मा रिब्सले एलआरआईलाई २–० ले हरायो ।

यस्तै बास्केटबलतर्फ यू–१२ गर्ल्समा आयोजक एक्सेल्सियर (येलो) ले युरो स्कुललाई २२–२ ले सहजै पराजित गर्‍यो । जितमा सम्भावी अधिकारीले ६ अंक योगदान गरिन् ।

सिनियर ब्वाइजतर्फ ज्ञानोदयले एलआरआईलाई ३४–२३, पुष्पसदनले संस्कृत इन्टरनेसनल स्कुललाई ३९–३४ र रेडियन्ट पब्लिकले एक्सेल्सियरलाई २७–१३ ले हरायो । ज्ञानोदयका साइमन क्षेत्रीले २१, पुष्पसदनका सम्राट लामाले २६ र रेडियन्टका सुसनराज न्यौपानेले १० अंक जोडे ।

सिनियर गर्ल्सतर्फ रिब्सले न्यु जेनिथलाई ३१–५, ल्यान्डमार्क एकेडेमीले ज्ञानोदयलाई २८–१५ र रेडियन्ट पब्लिकले चाँदबागलाई ८–६ ले पराजित गर्‍यो । रिब्सकी सिस्का थापाले १०, ल्यान्डमार्ककी प्रतिक्षा राईले २२ र रेडियन्टकी सेजल रोकाले ५ अंक बनाइन् ।

१२औं एक्सेल्सियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय