Comments Add Comment

डोरमणि पौडेल

List Grid
ओलीकै शैलीमा निजी निवास फर्किए निवर्तमान मुख्यमन्त्री पौडेल (भिडियो)

३ भदौ, काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री डोरमणि पौडेल बिहीबार निजी निवास फर्किएका छन् । बिहीबार मुख्यमन्त्री कार्यालय छाडेर निजी निवास फर्किने क्रममा उनले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै शैली अपनाएका छन् । ४२ महिना सरकारको चलाएका निवर्तमान मुख्यमन्त्री पौडेलले हेटौंडा-२ स्थित सरकारी निवार छोडेर बाहिरिदै गर्दा हेटौंडाबाट पार्टी निकट […]

स्पष्टीकरण फिर्तासँगै बागमतीमा एमाले एकैठाउँ

२९ जेठ, काठमाडौं । झण्डै ६ महिनादेखि बागमती प्रदेश संसदीय दलमा समानान्तर अभ्यास गरिरहेको नेकपा एमाले बजेट ल्याउन एकैठाउँ उभिएको छ । मुख्यमन्त्री डोरमणि पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले एमाले सांसदहरुलाई संयुक्त निर्देशन दिएपछि आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित भएको छ । जबकी साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा बरिष्ठ नेता […]

वाग्मती प्रदेशसभा अधिवेशन जेठ १६ गते बोलाइने

१३ जेठ, हेटौंडा । वाग्मती प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ गतेदेखि सञ्चालन गर्न दलहरु सहमत भएका छन् । बिहीबार प्रदेशको प्रदेश सुशासन केन्द्र जाउलाखेलमा बसेको सर्वदलीय बैठकले जेठ १६ गतेदेखि प्रदेश सभाको अधिवेशन शुरु गर्ने र बैठकले प्रदेश सभा कसरी चलाउने तथा कोभिड – १९ को महामारीका बिचमा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा […]

सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

३ जेठ, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ वटै जिल्लाका अस्पताललाई छिटो अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका छन् । प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग आइतबार साँझ भर्चुअल संवाद गर्दै मुख्यमन्त्री पौडेलले कोरोना संक्रमित बिरामीको उपचारलाई सहज बनाउन प्रत्येक अस्पतालले अक्सिजन प्लान्ट जडान गर्न […]

बागमती प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री थपिए

१५ वैशाख, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेर तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरुमा पौडेलले बुधबार मन्त्री नियुक्त गरेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । मुख्यमन्त्री पौडेलले एमालेका मुख्य सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सांसद सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा […]

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

६ वैशाख, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । बैठक सोमबार विहान ललितपुरको जावलाखेलमा बस्ने मुख्यमन्त्री पौडेलको स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । प्रतिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम, कोरोना संक्रमण नियन्त्रणलगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक बोलाएका हुन् । […]

बजेट र योजना बाँडफाँटमा विभेद गरिएको छैन : मुख्यमन्त्री पौडेल

२५ चैत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नै बजेट तथा योजनाको बाँडफाँड गरेको बताएका छन् । प्रदेशसभाको बुधबारको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशका विभिन्न जिल्लामा सत्तापक्ष र प्रतिपक्ष दललाई कुनै प्रकारको विभेद नराखी सम्मान रुपमा बजेट तथा योजनाको बाँडफाँड गरेको बताएका हुन् । मुख्यमन्त्री […]

मुख्यमन्त्री पौडेलले भने : विगतका नराम्रा कुरा बिर्सौं

१८ चैत, काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरुलाई बिर्सेर अगाडि बढ्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा पौडेलले विगतका सबै नराम्रा कुरालाई बिर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरुलाई आग्रह गरेका हुन् । विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने उनको भनाइ छ । ‘अब […]

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

१८ चैत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् । एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइन् । यसअघि नेकपा […]

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस 

९ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रवेश पाएको हो । प्रदेशसभाको बैठकमा प्रचण्ड–माधव समूहका सांसद तथा पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपालले अविश्वासको प्रस्ताव पेस गरेका हुन् । तीन वर्षको अवधिमा […]

मुख्यमन्त्री पौडेलले विश्वासको मत पाउनुहुन्छ : मन्त्री फुँयाल

१९ पुस, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत प्राप्त गर्ने उनी निकट मन्त्री रामेश्वर फुँयालले बताएका छन् । केपी शर्मा ओली निकट पौडेलविरुद्ध यही पुस १० गते नेकपा प्रचण्ड-माधव समूहका ४५ प्रदेशसभा सांसदहरुले विश्वासको प्रस्ताव दर्ता गरेका थिए । शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर […]

विकास नचाहनेहरुले अविश्वासको प्रस्ताव ल्याए : मुख्यमन्त्री पौडेल

१६ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु जनमतको दुरुपयोग भएको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रचण्ड–माधव समूहले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । बिहीबार हेटौंडामा आयोजित ओली पक्षीय बृहत कार्यकर्ता भेलामा मुख्यमन्त्री पौडेलले कांग्रेसका सांसदले विरोध नगर्दा नेकपाकै कार्यकर्ताले विरोध गर्दै हिँडेको बताए […]

मुख्यमन्त्री पौडेलले गरे जम्मकट्टेल र माझीलाई कारबाही

१४ पुस, काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेका छन् । प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उनीहरूलाई हटाएको उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहका […]

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको पद धरापमा

८ पुस, हेटौंडा । बागमतीमा प्रदेश सभाको बैठक गत साउन ८ गतेदेखि बस्न सकेको छैन । प्रदेशसभा सुरु हुनेबित्तिकै नेकपा विवादको बाछिटा पर्ने डरले मुख्यमन्त्री डोरमणि पौडेल संसद आह्वानको सिफारिस गर्न हच्किएका छन् । बागमती प्रदेशका एक मन्त्रीका अनुसार आन्तरिक विवाद कायमै रहेका कारण मुख्यमन्त्री पौडेललाई आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव आउने डर छ । किनभने […]

मुख्यमन्त्रीले महामारी चिने, प्रदेश चिनाउन चुके

१७ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएपछि बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ९ दिन सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा बसे । ६ कात्तिकमा मुख्यमन्त्री पौडेल, उनकी पत्नी, दुई चालक, अंगरक्षक र कार्यालय सहयोगी गरी पाँच जनालाई संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको भोलिपल्टै पौडेल र उनकी पत्नी विजयालाई हेलिकप्टरबाट काठमाडौं […]

बागमती प्रदेशका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

७ कात्तिक, काठमाडौं । कोरोना संक्रमणपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम […]

मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

६ कात्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । रुघाखोकी लागेपछि केही दिनदेखि होम आइसोलेसनमा बसेका पोडेलले पीसीआर टेष्ट गराएका थिए । उनको रिपोर्ट पोजेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । मुख्यमन्त्री पौडेलसँगै उनकी पत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई पनि […]

वितरणमुखी बजेटलाई सुधार्नुपर्छ : मुख्यमन्त्री पौडेल

२३ असोज, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अहिले तीनै तहका सरकारले वितरणमुखी बजेट प्रस्तुत गरिरहेको भन्दै यसलाई सुधार्न जरुरी रहेको बताएका छन् । ‘बजेटलाई अहिले पनि छर्ने परिपाटी रहेको छ, यसलाई हामीले अन्त्य गर्नुपर्छ’ शुक्रबार प्रदेश नीति तथा योजना आयोगले तयार पारेको ‘दिगो विकासका लक्ष्यहरू ः बागमती प्रदेशको अवस्था तथा मार्गचित्र’ बिमोचन गर्दै […]

आफ्नै सांसदसँग डराए मुख्यमन्त्री पौडेल !

२६ साउन, हेटौंडा । आइतबार जिल्ला समन्वय समिति, मकवानपुरको पाँचौं जिल्ला सभा थियो । प्रतिनिधिसभा सदस्य विरोध खतिवडा र प्रदेशसभाका सदस्यहरु सहभागी सभामा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई हटाउन हस्ताक्षर संकलन भइरहेको बताएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरमा राजनीतिक तरंग पैदा भएको छ । बागमती प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत छ । स्थायी कमिटी […]

स्थानीय तहले रोजगारी दिने कार्यक्रम ल्याउनुपर्छ : मुख्यमन्त्री पौडेल

१० असार, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहले विकास भन्दा रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताएका छन् । बुधबार हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले अब पूर्वाधार विकास भन्दा पनि जीविकोपार्जन र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताएका हुन् । कोरोना महामारीका कारण धेरै मानिस सहर छाडेर गाउँतर्फ आएका […]

मुख्यमन्त्रीले काम गर्न सक्नुभएन, अल्पमतमा हुनुहुन्छ : अष्टलक्ष्मी शाक्य

६ फागुन, काठमाडौं । बागमती प्रदेशमा दुईतिहाई बहुमतको सरकार चलाइरहेको नेकपाभित्र अन्तरकलह देखा परेको छ । नेकपाका प्रदेश सांसदहरुको असन्तुष्टि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तहसम्म पुगेको छ । कतिपय सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेको चर्चा समेत चलिरहेका बेला नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले समेत मुख्यमन्त्री डोरमणि पौडेल पार्टीभित्र अल्पमतमा परेको स्वीकार गरेकी छन् । […]