Comments Add Comment

थारु समुदाय

List Grid
शीतलता प्रदान गर्ने पर्व सिरुवा (जूरशितल)

सिरुवा थारू समुदायमा युगौंदेखि चलिआएका विभिन्न पर्वमध्ये एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसलाई जूरशितल पनि भन्ने गरिन्छ । यसको छुट्टै महत्व र पहिचान छ । जूरको अर्थ ‘भाग्य’ अथवा चिसो भन्ने हुन्छ । यसकारण यसलाई शीतलता प्रदान गर्ने भाग्य–पर्वको रूपमा लिइन्छ । खेती नै प्रमुख आय-आर्जनको स्रोत भएको थारू समुदायमा पानीको महत्व हुने नै […]

थारुको नयाँ वर्ष ‘सिरुवा’लाई लक्षित गरी म्युजिक भिडियो सार्वजनिक

२७ चैत, काठमाडौँ । आदिवासी थारु समुदायको नयाँ वर्ष  ‘सिरुवा’लाई लक्षित गर्दै  ‘येलै येलै रे सिरुवा’ बोलको नयाँ म्‍युजिक भिडियो सार्वजनिक भएको छ । थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीले टीएफसीए नेपाल युट्‍युब च्‍यानलमार्फत ‘सिरुवा’को पूर्वसन्ध्यामा उक्त म्‍युजिक भिडियो सार्वजनिक गरेको हो । सुनिल चौधरीको शब्द रचना रहेको उक्त गीतमा सुनिल चौधरी स्वयले पनि गाएका […]

थारु समुदायको मौलिक दसैं, नवमीमै सेतो टीका र सखिया नाच

१० कात्तिक, घोराही । दाङका थारु समुदायले पनि मौलिक ढंगले दशैं मनाएका छन् । दाङका थारु समुदायमा नवमीकै दिन टीका र जमरा लगाउने चलन छ । उनीहरुले चामलको पिठोमा मुछिएको सेतो टीका र पहेँलो जमरा मान्यजनबाट लगाएर आशिर्वाद लिन्छन् । दसैं थारु समुदायको माघी र अत्वारी पछिको ठूलो चाड हो । उनीहरु दसैं आउनुभन्दा अगाडि […]

अस्ट्रेलियामा नेपाली थारुका तीन दशक : बिर्सिएका छैनन् संस्कृति

सिड्नी । अस्ट्रेलियामा बुधबार माघी पर्व मनाइँदैछ । माघीको अवसरमा यहाँको नेपाली थारु समुदायले डढेलो निभाउन खटेका फायर फाइटरहरुलाई सहयोग गर्ने लक्ष्य राखेको थारू सोसाइटी, सिड्नी अस्ट्रेलियाका अध्यक्ष दीपनारायण चौधरीले बताए । माघी पर्व आयोजना गरिने स्थानमा आफ्नो समुदायबाट फायर फाइटरला सहयोग संकलन पनि गरिने उनले बताए । ‘हामी हाम्रो सांस्कृतिक पर्वलाई कर्म क्षेत्रले अहिले […]

थारु समुदायमा देखिएको सिकलसेल एनिमिया के हो ? कसरी बच्ने ?

काठमाडौं । मलेरिया विभिन्न प्रजातिका हुन्छन् । त्यसमध्यको एक प्लाज्मोडियम फ्याल्सिपेरम एउटा प्रजातिको मलेरिया हो । यो कडा किसिमको हुन्छ । समयमै यसका विरामीले उपचार नपाएको खण्डमा मान्छे मर्न पनि सक्छ । त्यस्तै यसको राम्रोसित उपचार नगरे यो एक व्यक्तिबाट सयौं व्यक्तिमा सजिलै सर्ने गर्छ । प्लाज्मोडियम फ्याल्सिपेरम मलेरिया प्रचुर मात्रामा हुने ठाउँमा सिकलसेल ऐनिमिया […]