Comments Add Comment

दाङ

List Grid
दाङमा मोटरसाइकल नदीमा खस्दा एकजनाको मृत्यु, एकजना बेपत्ता

३२ साउन, तुलसीपुर । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना बेपत्ता भएका छन् । लु५७प ११०० नम्बरको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले […]

बँदेललाई थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु, बुबा घाइते

१९ साउन, तुलसीपुर । दाङमा करेन्ट लागेर दुई दाजुभाइको सोमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनको १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको हो । मकैबारीमा जंगली बँदेल मार्नका लागि थापिएको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक […]

दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

१४ साउन, घोराही । दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए । बुधबार बिहानपख तीन बजेतिर आएको पहिरोमा […]

दाङमा कारको ठक्करबाट दुईजनाको मृत्यु

११ साउन, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका ४ पिपरी चोकमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बा२०च ५७४४ नम्बरको स्कारपियोले ठक्कर दिँदा घाइते भएका ५० वर्षीय राजकुमार चौधरी र रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरीको मृत्यु भएको हो । शनिबार बेलुका पौने ७ बजे कारको ठक्कबाट घाइते भएका उनीहरुको उपचारको क्रममा […]

दाङमा फेरि भित्रियो सलहको हुल

२८ असार, काठमाडौं । दाङको अन्न भण्डार मानिने देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश गरेको छ । राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको छ । सलहको अर्को सानो समूह गढवा गाउँपालिकाका वडा नं २ महदेवा र वडा नं ३ धैरेेेनीमा पनि देखिएको थियो । गाउँ ढाक्ने […]

दाङमा युवतीद्वारा फेसबुक लाइभ गरेर आत्महत्या !

१८ असार, घोराही । दाङको तुलसीपुरमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी करिब २२ वर्षीया युवती एसिला गौतमले बिहीबार बिहान घरकै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । युवतीले राति साढे १ बजेतिर आत्महत्या गर्न लागेको सूचना पाएपछि तुलसीपुरबाट इन्सपेक्टर झलकप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली रानीजरुवा प्रस्थान गरेको थियो । […]

आधा घण्टामै सक्यो सलहले देउखुरी क्षेत्रको मकै

१६ असार, देउखुरी । दाङको अन्न भण्डार मानिने देउखुरी क्षेत्रमा सलहले मकैबालीमा ठूलो क्षति पुर्‍याएको छ । मंगलबार दिउँसो राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा सलहका बथान देखिएका छन् । सलहका बथानले मकैबाली नष्ट गरेको राप्ती गाउँपालिका–२ बराखुटीका वासिन्दा वासुदेव न्यौपानेले बताए । उनका अनुसार करिब आधा घण्टामा सो क्षेत्रको आधाभन्दा धेरै […]

दाङमा वडाध्यक्षमाथि कुटपिट

१६ असार, काठमाडौं । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको छ । वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा मंगलबार करिब साढे ११ बजेको समयमा वडाध्यक्ष डाँगीमाथि अज्ञात समूहले आक्रमण गरेको दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार चार/पाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी […]

एक्स-रे गर्दा युवतीलाई नाङ्गो बनाउन खोजेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

१५ असार, दाङ । दाङको एक निजी अस्पतालमा युवतीको एक्स-रे गर्दा नाङ्गो बनाउन खोजेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय घोराहीको प्रहरी टोलीले स्थानीय गोर्खा हस्पिटलमा एक्स-रे गर्ने प्राविधिक बबई गाउँपालिका- ५ का २२ वर्षका नवराज डाँगीलाई पक्राउ गरेको हो । घोराही लुहासुरस्थित उक्त अस्पतालमा एक्स-रे गर्न गएकी १९ वर्षकी युवतीलाई […]

दाङमा पनि देखियो सलह

१५ असार, घोराही । भारत हुँदै नेपाल प्रवेश गरेका सलह किरा दाङसम्म पुगेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आइतबार सलह किरा फेला परेका हुन् । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको र त्यसले बालीनालीमा क्षति नपुर्याएको बताए । स्थानीयले अस्वाभाविक रुपमा फट्याङ्ग्राहरु उडेको देखेपछि केहीलाई समातेर […]

भारतीय नागरिकलाई दाङबाट यसरी दिलाइयो नेपाली नागरिकता

१३ असार, काठमाडौं । एक जना भारतीय नागरिकले झूठो विवरण पेश गरी दाङ जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको छ । भारतको बलरामपुर जिल्लाका विशाल कुमारले २०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय दाङबाट नेपाली नागरिकता लिएका हुन् । उनले ‘मितबहादुर दमाई’ को नामबाट नागरिकता लिएका छन् । नेपाली नागरिकतामा उनको बुवाको नाम हिरालाल दमाई र […]

दाङमा राप्ती स्वास्थ्य प्रतिष्ठानका तीन कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण

१२ असार, बुटवल । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना कर्मचारीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा प्रतिष्ठानकै तीन जना कर्मचारीसहित ७५ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित पुष्टि हुनेहरुमा घोराहीका ३१, तुलसीपुरका ११, बंगालाचुलीका १०, राजपुरका १०, शान्तिनगरका ६, […]

बजेट सुन्दासुन्दै वडाध्यक्षले कोरोना संक्रमित भएको खबर पाए

१० असार, काठमाडौं । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मेघराज रानालाई कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा वडाध्यक्ष रानामा बुधबार संक्रमण पुष्टि भएको हो । वडाध्यक्ष रानाले अनलाइखबरसँग भने, ‘गाउँसभाको बैठक चलिरहेकै समयमा स्वास्थ्य संयोजकले मलाई बाहिर बोलाउनुभयो । तपाईंमा संक्रमण पुष्टि भएको छ भनेर […]

दाङमा जनप्रतिनिधिसहित ७६ जनामा कोरोना संक्रमण पुष्टि

१० असार, घोराही । दाङमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बंगलाचुली गाउँपालिकाका ४२ र घोराही उपमहानगरपालिकाका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर-२ बाट ८४ जनाको स्वाब संकलन गरिएकोमा ४९ जनाको परीक्षण सकिँदा तीन जना महिलासहित ४२ जनामा […]

रिपोर्ट आउन ढिलो भएको विरोधमा क्वारेन्टिनबाट निस्किएर प्रदर्शन

९ असार, दाङ । पीसीआर परीक्षण रिपोर्ट दिन ढिलो गरेको विरोधमा दाङको घोराहीस्थित रझेना मावि क्वारेन्टिनमा बसेकाहरु बाहिर सडकमा निस्किएर प्रदर्शन गरेका छन् । उनीहरु रझेनाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आएर प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले सोमबार साँझ करिब ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान अगाडि विरोध प्रदर्शन गरेको र सम्झाइ […]

दाङमा एक जनप्रतिनिधिसहित १३ जनामा कोरोना संक्रमण

८ असार, दाङ । दाङमा एक जना जनप्रतिनिधिसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै दाङमा कोरोना संक्रमितको संख्या २८५ र घोराही उपमहानगरपालिकामा १ सय ४७ पुगेको छ । सोमबार देखिएका नयाँ संक्रमितहरु सबै घोराही उपमहानगरपालिकाका हुन् । जनप्रतिनिधि घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष हुन् भने अन्य १२ जना भारतबाट […]

दाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी   

८ असार, तुलसीपुर । दाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर –५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र ११ वर्षीय विशाल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना […]

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

७ असार, काठमाडौं । दाङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका–१४ घर भएका २७ वर्षीय जितेन्द्र चौधरी रहेका छन् । तुलसीपुर उपमहानगरपलिका–२ स्थित कुमलगढीमा रा १ त ७५७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिँदा चौधरी […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरसहित चार जनामा कोरोना

६ असार, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए […]

दाङमा थपिए ५६ जना संक्रमित, राप्तीका निर्देशकसहित २१ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

२ असार, काठमाडौं । दाङमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४६ पुरुष र १० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै दाङमा कोरोना पुष्टि भएकाहरुको संख्या २४३ पुगेको छ । मंगलबार संक्रमण पुष्टि भएकामध्ये घोराही उपमहानगरपालिका-४ का ४७ जना छन् । त्यसैगरी घोराही […]

क्वारेन्टिनमै बिहे, वडाध्यक्ष बने पुरोहित

२ असार, काठमाडौं । क्वारेन्टिन बसाइलाई कतिपयले परिवारका सदस्यहरुसँग छुट्टिएर बस्नुपर्ने बाध्यात्मक परिस्थितिको रुपमा लिएका छन् । तर त्यही क्वारेन्टिनलाई कसैले वैवाहिक सम्बन्ध सुरुवात गर्ने अवसरको रुपमा पनि उपयोग गरेका छन् । यस्तै भएको छ दाङमा । दाङको घोराही उपमहानगरपालिका १८ स्थित बेलघारी क्वारेन्टिनमा एक जोडीले प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका हुन् । घोराही […]