Comments Add Comment

दाङ

List Grid
दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

१५ कात्तिक, घोराही । दाङका एकजना कोरोना संक्रमित बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको हो । उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा कात्तिक १२ गते […]

बिहे खाएर फर्किँदै गरेका युवकमाथि सांघातिक आक्रमण, बायाँ खुट्टा छिनालियो

११ कात्तिक, घोराही । दाङको तुलसीपुरमा एक युवक हात–खुट्टा काटिएको अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय कुमार विक तुलसीपुर उपमहानगरपालिका–१२ गोलौरी भन्ने स्थानमा गम्भीर घाइते अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार विकको बायाँ खुट्टा काटेर छिनालिएको छ । उनका दुवै हातमा पनि धारिलो […]

दाङको लमहीमा होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु

४ कात्तिक, दाङ । दाङ देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको छ । लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो । उनी जन्डिसको बिरामी थिए । काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका थिए । घर आइसकेपछि कोरोना […]

प्रदेशको राजधानीमा तमसुक बनाउँदै, महंगोमा जग्गा बेच्दै !

२ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा किन्न कठ्ठाको ३ लाखको दरले जग्गाधनीलाई ३९ लाख रुपैयाँ बुझाए । तर, अर्का व्यक्तिले त्यही जग्गा प्रतिकठ्ठा १२ लाख रुपैयाँका दरले किने । राप्ती गाउँपालिकाको लालमटियामा एक व्यक्तिले […]

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द गरिएको छ । यसैगरी नापी र मालपोत कार्यालय २८ गतेसम्मका लागि बन्द गरिएको छ । नापी र मालपोत कार्यालय असोज २२ गतेदेखि नै बन्द छन् । जिल्ला […]

रुपन्देही र दाङका दुईजना कोरोना संक्रमितको मृत्यु

२४ असोज, बुटवल । रुपन्देही र दाङका एक–एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार दिउँसो मृत्यु भएको हो । असोज १९ गते प्रादेशिक अस्पताल पुगेका उनलाई सोही दिन कोरोना पुष्टि भएपछि कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो । अस्पतालका सूचना अधिकारी […]

दाङकी कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु

२१ असोज, बुटवल । दाङकी एकजना कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ । राप्ती गाउँपालिका-८ की ७१ वर्षीय महिलाको मंगलबार साँझ साढे ६ बजे मृत्यु भएको हो । अस्पतालले बुधबार प्रेस विज्ञप्ति जारी गरी अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा उनको मृत्यु भएको पुष्टि गरेको छ । असोज १७ गते कोरोना […]

दाङ राजधानी बनेको खुसियालीमा बाजागाजासहित दीपावली

२१ असोज, काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी दाङ बनेको खुसियालीमा दंगालीले बाजागाजासहित र्‍याली निकालेर खुसियाली मनाएका छन् । उनीहरुले प्रदेशसभाको निर्णयको स्वागत गर्दै जिल्लाभर दीपावली पनि गरे । नागरिकस्तरबाट भालुबाङ, लमही, घोराही, तुलसीपुर, नारायणपुर, बिजौरी, पुरन्धारा, गढवा, गोबरडिहा लगायतका स्थानमा दीप प्रज्ज्वलन गरिएको थियो । प्रदेश राजधानी रहने भनिएको देउखुरी उपत्यकाको भालुबाङमा सबैभन्दा ठूलो उत्साह […]

कांग्रेस सांसद भन्छन्– ह्वीप मानिन्न, दाङमै भोट हालिन्छ

२० असोज, काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा मत हाल्न नेपाली कांग्रेसले ह्वीप जारी गरे पनि त्यसलाई नमान्ने सो पार्टीका एक सांसदले बताएका छन् । कांग्रेस सांसद डिल्ली चौधरीले आफूले ह्वीप नमान्ने र दाङ राजधानी बनाउने प्रस्तावको पक्षमै भोट हाल्ने बताएका हुन् । ‘ह्वीप मानिँदैन, दाङकै पक्षमा भोट हालिन्छ,’ कांग्रेस […]

राजधानी विवाद : दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

२० असोज, बुटवल । नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने पार्टीले निर्णय गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बताए । ‘राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने […]

नेकपा रुपन्देहीले भन्यो : राजधानी सार्ने प्रस्ताव संविधानको भावना विपरीत

१८ असोज, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको रुपन्देही जिल्ला कमिटीले प्रदेशको राजधानी दाङ सार्न गरेको प्रस्तावप्रति विरोध जनाएको छ । संविधानले प्रदेश राजधानी तोक्दा प्रशासनिक, भूगोल र भौतिक पूर्वाधारको विकासलाई ध्यान दिनुपर्ने व्यवस्था गरे पनि प्रदेश सरकारले स्थायी राजधानी तोक्दा संविधानको भावना आत्मसात नगरेको नेकपाले विज्ञप्ति निकालेर जानकारी दिएको छ । ‘कोरोना महामारीको विषम […]

प्रदेश राजधानी दाङ बनाउने प्रस्तावमा रुपन्देही व्यापार संघको आपत्ति

१७ असोज, बुटवल । रुपन्देहीको बुटवलमा रहेको प्रदेश ५ को अस्थायी राजधानीलाई प्रदेश सरकारले दाङको भालुवाङमा स्थायी राजधानी बनाउने निर्णय गरी प्रदेश सभामा प्रस्ताव दर्ता गरेकोप्रति रुपन्देही व्यापार संघले भत्सर्ना गरेको छ । संघका अध्यक्ष यमलाल लोहनी तथा महासचिव दयानिधि भण्डारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा दाङमा प्रदेश ५ को राजधानी बनाउने निर्णय जनभावना विपरीत […]

राजधानी दाङ बनाउने प्रस्तावमा नवलपरासीका सांसदको पनि समर्थन

१७ असोज, काठमाडौं । शुक्रबार प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रदेश सभामा पेश गरे । जसमा प्रदेशको नाम ‘लुम्बिनी’ र स्थायी राजधानी दाङको भालुवाङ रहने उल्लेख छ । अस्थायी राजधानी रुपन्देहीको बुटवलमा छ । प्रदेश सभामा दुई तिहाइभन्दा बढी सांसद रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का […]

प्रदेश ५ को राजधानी प्रस्तावित क्षेत्रमा जग्गा किनबेच र कित्ताकाट रोक्का

१७ असोज, काठमाडौं । प्रदेश ५ सरकारले स्थायी राजधानी प्रस्तावित क्षेत्रमा जग्गा कारोबार अनिश्चितकालका लागि रोक्का गरेको छ । प्रदेश मन्त्रिपरिषद बैठकले दाङको राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ मा जग्गा कारोबार रोक्का गर्ने निर्णय गरेको हो । प्रदेश ५ […]

तुलसीपुरका कोरोना संक्रमित युवकको मृत्यु

८ असोज, तुलसीपुर । दाङको तुलसीपुरमा पहिलो पटक कोरोना संक्रमणका कारण एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । बोनम्यारोको समस्या देखिएपछि ती युवक भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उपचारको क्रममा सोही अस्पतालमा […]

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

२ असोज, घोराही । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं. ३ निवासी १८ वर्षीय प्रकाश कुँवर रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । कुँवरको उपचारको क्रममा आज बिहान सवा ७ बजे लमहीमा मृत्यु भएको हो । उनलाई ठक्कर दिने […]

दाङमा करेन्ट लागेर ३ बालबालिकाको मृत्यु

३० भदौ, काठमाडौं । दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० उत्तरअम्राईका आठ वर्षीय प्रशान्त चौधरी, चार वर्षीया रेणुका चौधरी र तीन वर्षीय अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी सुमित खड्काले जानकारी दिए। पानी तान्न कुलोमा प्रयोग गरिएको मोटरबाट करेन्ट प्रवाह भएर आज दिउँसो […]

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल सिल

१४ भदौ, दाङ । दुई चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल अनिश्चितकालका लागि सिल गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेका अनुसार शनिबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको छ । प्रादेशिक अस्पतालका २ चिकित्सक, ३ […]

दाङमा १४ गतेदेखि निषेधाज्ञा

१२ भदौ, काठमाडौं । कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी दाङ जिल्लामा भदौ १४ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि दाङ प्रशासनले राति ९ […]

दाङमा मृत्यु भएका प्युठानका पुरुषको रिपोर्ट नेगेटिभ

७ भदौ, काठमाडौं । दाङमा मृत्यु भएका प्युठानका एक पुरुषको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनको आइतबार नै  प्यूठानमा अन्त्येष्टि गरिएको छ । दाङ सदरमुकाम घोराहीस्थित एक होटल (चिया–नास्ता पसल)मा काम गर्ने प्यूठानको ऐरावती गाउँपालिका–५ गोटिवाङ निवासी ४० वर्षीय विनोद भण्डारीको शनिबार अपराह्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको […]

कपिलवस्तु र दाङमा डुबेर तीन जनाको मृत्यु

२ भदौ, बुटवल । कपिलवस्तु र दाङमा पानीमा डुबेर तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुका एक र दाङका दुई जना रहेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–११ हथौसाकी ५६ वर्षीया बिमला थारु घर नजिकै माछा मार्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको हो । यस्तै दाङको घोराही उपमहानगरपालिका– १७ गैरागाउँमा मनोज चौधरीकी १५ महिनाकी छोरीको […]