+
+

दाङमा भाइरल ज्वरोका बिरामी बढे

रासस रासस
२०७८ भदौ ११ गते १३:२७

११ भदौ, दाङ । मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ ।

तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन् ।

राप्ती प्रादेशिकमा दैनिक २०० भन्दा बढी त्यस्ता बिरामी उपचारका लागि आउने गरेकामा अधिकांश वृद्धवृद्धा बालबालिका रहेको मेडिकल सुपरीटेन्डेन्ट डा विनोद सिंहले जानकारी दिए ।

कोरोना भाइरसको महामारीसँगै भाइरल ज्वरोको प्रकोप पनि फैलिँदै गएको र अघिल्लो वर्षको तुलनामा भाइरल ज्वरोका बिरामी धेरै बढेको उनको भनाइ थियो । सबै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएकाले उपचारमा समेत समस्या भइरहेको बताइएको छ ।

तुलसी बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा.किशोर खत्रीले विगतको तुलनामा केही दिन यता भइरल जरोका बिरामी बढ्न थालेको बताए । ज्वरो आउने, टाउको, घाँटी तथा हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने र कोखा हान्नेजस्ता लक्षणका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिँदै उनले भने, ‘भाइरल ज्वरो एक प्रकारको भाइरसबाट सर्ने भएकाले यसबाट बच्न अनिवार्य मास्क प्रयोग गर्न र सरसफाइ तथा खाने कुरामा ध्यान दिनुपर्छ।’

सुपरिटेन्डेन्ट डा सिंहले यस्ता बिरामीमा इन्फेक्सन भएमा स्वासप्रस्वासमा समस्या आउने, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई झाडापखाला हुने र समयमै निको नभए निमोनिया पनि हुनसक्ने भएकाले उपचारमा ध्यान दिन र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले सचेत हुन पनि सुझाव दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?