Comments Add Comment

नवजात शिशु

List Grid
नवजात शिशुको एक्लै ख्याल गर्नुपरे के गर्ने ?

नवजात शिशुको अबोधपनाले गर्दा उनीहरूलाई हामी स्वर्गदूत मान्ने गर्छाैं । जसले हाम्रो जीवनमा अनगिन्ती खुसीहरू ल्याउँछन् । अरुको बच्चाको भन्दा पनि यदि तपाईं आमाबुबा बन्नुभयो भने त्यसले तपाईंमा झनै धेरै खुसी प्रदान गर्ने गर्छ । अभिभावक बनिसकेपछि तपाईंको जीवन पहिले जस्तो नहुन सक्छ । त्यो यस अर्थमा कि तपाईं आफ्नो बच्चाप्रति बढी प्रेम गर्न चाहनुहुन्छ […]

चिसोमा कसरी राख्ने नवजात शिशुको ख्याल ?

जाडोको कारण शिशुलाई अनेकौ समस्या आउन सक्छ । यतिबेला न्यानो लुगा लगाइदिने गरिन्छ । कतिले बच्चालाई चिसो नलागोस भनेर धेरै लुगो लपेट्ने गर्छन् । यसले गर्दा बच्चाको शरीर गुम्सने र पसिना आउने हुन्छ । पसिनाले बच्चालाई अझ बढी चिसो लाग्छ । शिशु एकदमै संवेदनसिल हुने र सानोतिनो कमजोरीबाट पनि गंभिर समस्या आउन सक्ने हुन्छ । […]

नवजात शिशुमा पनि देखियो कोरोना एन्टिबडी

१४ मंसिर, काठमाडौं । सिंगापुरमा एक महिलाले एन्टिबडीसहितको बच्चाको जन्म दिएकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उक्त महिला गर्भवती हुँदाको अवस्थामा नै कोरोनाबाट संक्रमित भएकी थिइन् । यससँगै आमाको शरीरमा कोरोना एन्टिबडी बच्चामा पनि सर्न सक्छ भन्ने नयाँ क्लु फेला परेको छ । नोभेम्बरमा नै जन्मिएको उक्त बच्चामा कोरोना संक्रमण नभएको तर उसको शरीरमा […]

जाडोमा नवजात शिशुको हेरचाह

कतिपय दम्पतीको घरमा नयाँ सदस्य भित्रिएका होलान् । यसले उनीहरुमा पक्कैपनि खुसी र उमंग ल्याउँछ । साथसाथै जिम्मेवारी पनि । खासगरी पहिलो सन्तान हुर्काउन त्यती सहज हुन्न । शिशुलाई कसरी स्यहारसुसार गर्ने, कसरी ख्वाउने, कसरी नुहाउने, कसरी डायपर बदल्ने यावत् कुरामा आमाबुवालाई अनुभव हुँदैन । त्यसमाथि नवजात शिशु आफैमा संवेदनशिल भएकाले उनीहरुको स्वास्थ्य स्थितीबारे आमाबुवा […]

खोर्केखोलामा भेटियो नवजात शिशुको शव

९ असोज, सर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक नवजात शिशुको शव खोलामा भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका-६, खोर्के खोलामा प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा शिशु शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । एसपी भट्टका अनुसार शुक्रबार बिहान ९ बजे नवजात शिशु शव खोलाको किनारामा फेला परेको हो । ‘जन्मिने वित्तिकै […]

कोरोना संक्रमित महिलाले आइसोलेसनमै जन्माइन् बच्चा

२९ भदौ, ओखलढुङ्गा । ओखलढुङ्गामा कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छिन् । कोरोना संक्रमण पुष्टि भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बसेकी एक महिलाले बच्चा जन्माएकी हुन् । कोरोेना संक्रमित महिलाले स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक युवराज आचार्यले बताए । आमालाई आइतबार संक्रमण पुष्टि भए पनि जन्मिएको शिशु स्वस्थ रहेको उनको भनाइ छ […]

नवजात शिशुको हत्या गरी फरार महिला सात वर्षपछि पक्राउ

३० जेठ,काठमाडौं । अवैध गर्भाधानबाट जन्मिएको नवजात शिशुको हत्या गरी फरार भएकी एक महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । पर्वतको साबिक आर्थर गाविस वडानम्बर ७ की ४७ वर्षीया अमृता भनिने तारा नेपालीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । २०७० फागुन १२ गते उनले अधेरी नेटामा बच्चा जन्माई सोही दिन हत्या गरेर फरार भएकी […]

बाजुराकी चार दिने शिशुमा पनि कोरोना संक्रमण

२९ जेठ, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा चार दिनकी शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय धुरालसैन माविको क्वारेन्टिनमा आमासँगै बसेकी ४ दिनकी शिशुमा समेत कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पताल स्रोतले जानकारी दिएको छ । ती बालिका जेठ १५ गते जन्मेकी थिइन् । उनी जन्मेको चौथो दिनमा अस्पतालमा स्वाब संकलन गरिएको थियो […]

नवजात शिशुको स्यहार सुसार : केही कुरा ख्याल गरौं

नवजात शिशु । त्यसमाथि पहिलो सन्तान । हरेक दम्पतीका लागि रोमञ्चकता र खुसी मात्र होइन, केही अन्यौल र द्विविधा पनि हुन्छ । खासगरी उनीहरुलाई हुर्काउने क्रममा कुनै त्रुटी पो होला कि भनेर दम्पतीहरु डराउने गर्छन् । त्यसो त बच्चालाई स्तनपान गराउनेदेखि सुताउनेसम्मको कुरा अलि गाह्रो नै हुन्छ । यस्तो अवस्थामा कसरी बच्चाको उचित रेखदेख गर्ने […]

नवजात शिशुमा यस्तो लक्षण देखि सचेत रहनुहोस्

जाडोमा सुत्केरी र नवजात शिशुलाई अलि कठिन नै हुन्छ । किनभने जाडोमा सन्तुलित तापमान दिएर शिशु हुर्काउन त्यती सजिलो छैन । यतिबेला राम्ररी ख्याल राखिएन भने निमोनिया जस्ता समस्याले समात्न सक्छ । त्यसो त शिशु अवस्थाको बच्चाको शरीर अति संवेदनशिल हुने भएकाले उनीहरुको स्वास्थ्य-स्थितीबारे निकै हेक्का राख्नुपर्ने हुन्छ । जन्मेदेखि २८ दिनसम्मको बच्चालाई नवजात शिशु […]

जन्माइसकेपछि आफ्नै बच्चालाई चपाइन् महिलाले

यो दुनियामा कुनै महिला यतिसम्म क्रुर हुनसक्ला, जसले आफैले जन्माएको नवजात शिशुलाई नै खाने प्रयास गर्छ ? ममतामयी आमाका लागि आफुले जन्माएको बच्चा मुटुकै टुक्रा समान हुन्छ । तर सबै आमाहरु इस्ता कहाँ हुन्छन् र ? अवैध रुपमा जन्माएका बच्चालाई मारेर फ्याँक्ने सम्म आमाहरु भेटिन्छन् । चीनमा भने अझ एक कदम अघि बढ्दै यस्तै आमा […]

बच्चीको पेटभित्र जन्मिँदै जुम्ल्याहा भ्रुण

एक नवजात शिशु आफू जन्मेको केही बेरपछि नै उनको पेटमा एक जोडी जुम्ल्याहा बच्चा खेलिरहेका थिए । अचम्म हुनुभयो हैन ? तर हंगकंगमा यस्तो घटना भएको छ । त्यहाँ एक नवजात शिशुको पेटभित्र जुम्ल्याहा बच्चा पाइएका छन् । ऋस्पतालमा जन्मिएकी एक बच्चीको पेट असामान्य भएको पाइएपछि डाक्टरहरु अचम्ममा परे । ती बच्ची जन्मिँदै ४ किलोकी […]