 
																			१७ माघ, प्युठान । प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी) फेला परेकी छिन् ।
होटेल आयुष्मा नजिकै जस्ता(टिन)को छाप्रोमा सालनाल सहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान करिब ७ बजेको समयमा बच्चा रोएको आवाज स्थानीयबासिन्दाले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
शिशु जिवित रहेको र अहिले जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।
बच्चा कसको हो र किन यसरी बेवारिसे छाडे भन्ने बारेमा केही खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4