Comments Add Comment

नवीन्द्रराज जोशी

List Grid
कांग्रेस संकटमा छैन, आफैंलाई कमजोर गर्ने काम नगरौं : देउवा

२५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन् । स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए । उनले […]

कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि

१४ चैत, काठमाडौं । दिवंगत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको शनिबार अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण शुक्रबार राति नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । स्वर्गीय जोशीको पार्थिव शरीरमा उनका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए । अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलीका लागि उनको […]

जोशीलाई शीर्ष नेताहरुको श्रद्धाञ्जली

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका दिवगंत नेता नवीन्द्रराज जोशीलाई शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका छन् । शुक्रबार राति निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस कार्यालय, सानेपामा राखिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे । सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, […]

मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छ : राष्ट्रपति

१४ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार बिहान ट्वीट गर्दै इमान्दार एवं स्वच्छ छवि भएका जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी छन् । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् […]

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । ‘शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको […]

नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ नलिने

८ चैत, काठमाडौँ । बिरामी भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेका छन् । नेता जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको परिवारले उक्त रकम नलिने बताएको अनलाइनखबरलाई जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘ उहाँको परिवारले  सहयोग रकम नलिने घोषणा गर्नुभएको छ […]

पूर्वमन्त्री जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

६ चैत, काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने भएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भीक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई सहयोगबारे जानकारी गराएका हुन् । उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भीक अस्पतालमा पुगेर कांग्रेस नेता […]

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, भेन्टिलेटरमा उपचार हुँदै

४ चैत, काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ । जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्था सुधार आएको थियो […]

जोशीको अवस्था बुझ्न अस्पताल पुगे देउवा

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मष्तिष्कघात भई उपचाररत नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न बुधबार नर्भिक अस्पताल पुगेका छन् । फागुन १४ गते मष्तिष्कघात भएपछि पूर्वमन्त्री तथा कांग्रेस नेता जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनी अहिले पनि भेन्टिलेटरको सपोर्टमा उपचाररत छन् । जोशीको स्वास्थ्य अवस्था अवस्था थप बिग्रिएको खबर आएका […]

कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो

२१ फागुन, काठमाडौं । मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैं सास फेर्न थालेका छन् । नेता जोशीको अवस्थामा चामत्कारिक सुधार भएको भन्दै अस्पतालले बिहीबार बिहानदेखि नै भेन्टिलेटरको सपोर्ट हटाएको बताएको छ । जोशीको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर […]

कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार

१८ फागुन, काठमाडौं । मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ । स्वास्थ्यमा सुधार भएपछि सोमबार बिहानदेखि भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । ‘सोमबार बिहानदेखि उहाँले आफैंले सास फेरिरहनुभएको छ । मेसिनले सास […]

कांग्रेस नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार

१६ फागुन, काठमाडौं । नेपाली कंग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ । शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको आईसीयूूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । […]

राष्ट्रपतिले गरिन् जोशीको स्वास्थ्यलाभको कामना

१५ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मस्तिष्कघात भई उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल शनिबार बिहान जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् । स्वास्थ्यमा समस्या भएपछि शुक्रबार त्यहाँ भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको […]

कांग्रेस नेता जोशीको अवस्था निकै जटिल

१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् । मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल लगिएको थियो । दोस्रो हात बाउँडिन थालेपछि जोशीले श्रीमती र छोरीलाई अस्पताल लैजान भनेका थिए । अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बोहोस भइसकेका थिए । सिटी स्क्यान गरेर […]

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

१४ फागुन, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे नर्भिक […]

महामारीमा पनि अपराध ? तत्काल १० काम गरौं

सन् २०१९ को डिसेम्बरमा चीनको वुहान, हुवेमा देखिएको कोरोना भाइरस द्रुतगतिमा विश्वमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई कोलाहल मच्चाउने विस्तारित स्वरुपको भाइरसको संज्ञा दिएको छ । नेपालमा भने यो भाइरस चीनको वुहानमा अध्ययनरत विद्यार्थी नेपालमा फर्केपछि जनवरी ९, २०२० मा देखिएको थियो । कोभिड-१९ को महामारीका कारण संसार नै घरभित्र बन्द छ । […]

नविन्द्रराज जोशीलाई प्रश्नः देउवासँग हार मानिसकेको हो ?

पछिल्लो समय नेपाली कांग्रेस विधान संशोधनका लागि छलफलमा जुटेको छ । रामचन्द्र पौडेल पक्षधर नेताहरु पदाधिकारीको संख्या बढाउने पक्षमा छन् भने पार्टी सभापति शेरबहादुर देउवा पक्ष अहिलेकै संख्या कायम राख्ने पक्षमा छ । पार्टी सभापति देउवालाई लागेको छ– पदाधिकारी संख्या नबढाए पौडेल समूहका नेताहरुको व्यवस्थापन हुन सक्दैन र १४ औं महाधिवेशनबाट फेरि नेतत्वमा आउन सकिन्छ […]

भाबुक हुँदै उद्योगमन्त्रीले भने-७ खर्ब रेमिट्यान्स भित्र्यायौं, युवाशक्ति र विकास गुमायौं

२० फागुन, काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशी शुक्रबार लगानी सम्मेलनको बन्द शत्रमा निकै भाबुक मुद्रामा प्रस्तुत भए । उनले स्वदेशमा लगानीको अवसर भएपनि पुँजी अभाव लगायतका समस्याले नेपाली ऊर्जाशील युवा रोजगारीका लागि विदेशिनु परिरहेको यथार्थलाई उनले आफ्नो सम्बोधनमा उतारे । मन्त्री जोशीले अहिले भित्रिरहेको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेपनि यसलाई ‘सच्याउनुपर्ने विडम्बनापूर्ण यथार्थ’ का रुपमा चित्रण […]