Comments Add Comment

न्यूरोड

List Grid
न्यूरोड क्षेत्रका पसल दुई दिन बन्द

३२ साउन, काठमाडौं । काठमाडौंको व्यापारिक केन्द्र न्यूरोड क्षेत्रका पसल भदौ १ र २ गते बन्द रहने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेका मापदण्ड पूरा गरेर मात्रै ३ भदौबाट पसलहरू खुल्ला गर्ने निर्णय भएको काठमाडौं-२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए । खिचापोखरी, गुच्चा टोल, ओटुलगायतका क्षेत्रमा अहिलेसम्म सात जनामा कोभिड-१९ संक्रमण देखिएको […]

व्यापारीमा कोरोनो देखिएपछि न्यूरोडका पसल बन्द

३० साउन, काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडानम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो । शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ । […]

सरकारको विरोधमा उत्रिए न्युरोडका व्यापारी

२८ जेठ, काठमाडौं । साना व्यापारी-व्यवसायीहरू न्युरोड क्षेत्रमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । ठूलो संख्यामा व्यापारीहरू सडकमा उत्रिएपछि प्रहरीहरूको तैनाथी पनि बढाइएको छ । व्यापारीहरूले ‘हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका हौं’लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् । सरकारले ठूला व्यापारी र साना व्यापारीलाई भेदभाव गरेको गुनासो गर्दै उनीहरूले आफूहरूको घर […]

प्रहरीले आज पनि पसल खोल्न दिएन, व्यापारी भन्छन्– सरकारलाई तालाचाबी बुझाउँछौं

२८ जेठ, काठमाडौं । न्युरोड क्षेत्रका व्यापारीहरूलाई पसल खोल्न बुधबार पनि प्रहरीले रोक लगाएको छ । तीन दिनदेखि खुल्ला हुँदै आएका न्युरोड क्षेत्रका पसलहरू मंगलबार प्रहरीले एक्कासी बन्द गराएको थियो । तर व्यापारीहरूले बुधबार पनि पसल खोल्ने घोषणा गरेका थिए । सो घोषणाअनुसार बिहानै पसल खोल्न गएका व्यापारीलाई प्रहरीले रोकेका छन् । बुधबार बिहान अघिल्लो […]

निगमको न्यूरोडस्थित मुख्यालयमा मल्टिप्लेक्स बिल्डिङ बन्ने

३२ जेठ, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले न्यूरोडमा रहेको कर्पोरेट भवन भत्काएर मल्टिप्लेक्स बिल्डिङ बनाउने भएको छ । निगम सञ्चालक समितिले पुरानो भवन भत्काएर अत्याधुनिक व्यवसायिक भवन बनाउने निर्णय गरेको हो । निगमको न्यूरोडस्थित मुख्यालयमा १४ रोपनी जग्गा रहेको छ । कर्पोरेट अफिस सिनामंगलमा सारेर न्यूरोडमा व्यवसायिक भवन बनाउने निर्णय भएको निगमले जानकारी […]