+
+
Shares

‘क्लासिक’ बत्तीमा जगमगाएको न्यूरोड (तस्वीरहरू)

न्यूरोड क्षेत्रका ईन्द्रचोक, विशालबजार, बसन्तपुरजस्ता सम्पदा क्षेत्रमा महानगरले क्लासिक सडक बत्ती जडान गरेको हो ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ असार १९ गते १९:५९

१९ असार, काठमाडौं । काठमाडौंको मुटु मानिने न्यूरोड क्षेत्रमा अब रात्रिकालीन समयमा यात्रा गर्दा कुनै युरोपियन सहरमा पसेजस्तो अनुभव हुनसक्छ । किनभने भर्खरै जडान गरिएका नयाँ सडक बत्तीले न्यूरोड जगमगाएको छ ।

काठमाडौं महानगरपालिकाले सडकमा फुटपाथ फराकिलो पारेसँगै क्लासिक(परम्परागत) शैलीका सडक बत्ती पनि जडान गरेको छ ।

न्यूरोड क्षेत्रका ईन्द्रचोक, विशालबजार, बसन्तपुरजस्ता सम्पदा क्षेत्रमा महानगरले क्लासिक सडक बत्ती जडान गरेको हो । सम्पदा क्षेत्रको मौलिक पहिचान जोगाउन महानगरले पुरानो शैलीमा रंगिएका भवनसँग मेल खानेगरी यी बत्ती जडान गरेको जनाएको छ ।

ती बत्ती जडानसँगै सडक क्षेत्रको सौन्दर्य र आकर्षण बढेको छ ।

रातिको समयमा ती बत्ती एकैसाथ बल्दा न्यूरोड निकै आकर्षक देखिन थालेको छ ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?