२० असार, काठमाडौं । इरानको राजधानी तेहरानमा भारत सरकारको प्रतिनिधि मण्डलले इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीलाई श्रद्धाञ्जली दिएको छ ।
भारत सरकारको आधिकारिक प्रतिनिधि मण्डलमा बिहारका गभर्नर (राज्यपाल) सैयद अता हसनैन र विदेश राज्यमन्त्री पबित्र मार्गेरिटा सहभागी छन् ।
बिहारका राज्यपालले सामाजिक सञ्जालमा श्रद्धाञ्जली सभाको तस्विर पोस्ट गर्दै एक बयान जारी गरेका छन् ।
बयानमा भनिएको छ, ‘विदेश राज्यमन्त्री पबित्र मार्गेरिटाका साथ शुक्रबार तेहरानमा आयतुल्लाह सैयद अली खामेनीलाई अन्तिम संस्कार समारोहमा भारतको प्रतिनिधित्व गरियो र संघर्षमा ज्यान गुमाएकाहरूको परिवारप्रति गहिरो संवेदना व्यक्त गरियो ।’
विदेश राज्यमन्त्री मार्गेरिटाले पनि सामाजिक सञ्जालमा तस्वीर शेयर गरेका छन् ।
उनले भनेका छन्, ‘बिहारका राज्यपाल र मैले तेहरानमा इरानका पूर्व सर्वोच्च नेता आयतुल्लाह सैयद अली खामेनीको अन्तिम संस्कार समारोमामा भारतको प्रतिनिधित्व ग¥यौं । हामीले भारत सरकार र भारतीय जनताका तर्फबट श्रद्धाञ्जली अर्पण गर्यौ ।’
इरानमा अली खामेनीको अन्तिम संस्कार समारोह सुरु भइसकेको छ । अन्तिम संस्कार समारोहका लागि विदेशी पाहुनाहरू तेहरान पुगेका छन् ।
प्रतिक्रिया 4