+
+
Shares

न्यूरोडमा सुनचाँदी व्यवसायीको प्रदर्शन

सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले प्लेकार्डसहित एक घण्टा प्रदर्शन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १४:०५

२२ असार, काठमाडौं। सुनचाँदी व्यवसायीहरुले काठमाडौंको न्यूरोडमा प्रदर्शन गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले प्लेकार्डसहित एक घण्टा प्रदर्शन गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनको पूर्वनिर्धारित तालिका अनुसार उनीहरुले आज असार २३ गते पनि एक घण्टा प्रदर्शन गरेका हुन् ।

उनीहरुले २४ गते उपत्यकाका जिल्ला/नगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठी आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय व्यवसायीहरुले गरेका छन् ।

यसैगरी साताको अन्तिम दिन शुक्रबार काठमाडौंमा राष्ट्रिय रुपमा खबरदारी सभा गर्ने आन्दोलनको कार्यतालिकामा उल्लेख छ ।

हेर्नुहोस् तस्वीरहरू : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?