Comments Add Comment

पाँचखाल

List Grid
पाँचखालका मेयर-उपमेयरले आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स

२६ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका मेयर-उपमेयरले आफू चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन् । नगरप्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले आफूले प्रयोग गर्दै आइरहेको सरकारी गाडी कोभिड-१९ का बिरामीलाई अस्पताल लैजान एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने भएका हुन् । नगरप्रमुख खरेलले आफ्नो एउटा निजी गाडी समेत कोभिड-१९ […]

पाँचखालमा ‘जियोफिजिकल सर्भे’ शुरु

१२ चैत, काभ्रे । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा आजदेखि ‘जियोफिजिकल सर्भे’ (भूभौतिकी सर्वेक्षण) शुरुआत गरेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल नगरपालिका–७ तथा वरपरको सम्पदा क्षेत्रमा सर्भे शुरु गरेको हो । पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्भे गर्न लागेका विभागका निर्देशक दामोदर गौतमले जानकारी दिए । […]

पाँचखालमा अब मदिरा पिउन पनि अनुमति चाहिने

३ चैत, काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । ‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सकारात्मक बाटोमा […]

सेनाका बख्तरबन्द भोलि पनि सडकमा निस्किने, काठमाडौंबाट पाँचखालसम्म पुग्ने

२० माघ, काठमाडौं । माघ १९ को राति बख्तरबन्द गाडीबाट चक्रपथ परिक्रमा गरेको नेपाली सेनाले बुधबार पनि देशका बिभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेका ८ वटा पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गरिने छ । यसैक्रममा बुधबार काठमाडौंदेखि […]