Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्र शाह

List Grid
कोरोना निको भएपछि पूर्वराजाको भिडियो सन्देश, यसरी सम्झिए शुभचिन्तकलाई

२० जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता लिने सबैलाई धन्‍यवाद दिएका छन् । सामाजिक सञ्‍जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति हामी आभार व्‍यक्त गर्दछौं ।’ […]

कोरोना संक्रमित पूर्वराजा शाह दम्पती अस्पताल भर्ना

११ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । उनीसँगै पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनीहरु शनिबार दिउँसो अस्पतालमा भर्ना भएका हुन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य छ । भारतमा गंगास्थान गरेर फर्किएका शाह […]

पूर्वराजा ज्ञानेन्द्र शाहले के-के गरे भारतमा ?

५ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झण्डै दुई साता लामो भारत भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरे । शाहलाई भारतको उत्तराखण्डस्थित हरिद्वारको महाकुम्भ मेला आयोजक समितिका निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीले हिन्दू सम्राटको हैसियतमा सहभागी हुन २०७७ साल चैत १० गते पत्र पठाएका […]

पूर्वराजा ज्ञानेन्द्रलाई भारतीय मुख्यमन्त्रीको उपहारः अंगवस्त्र र कुम्भको लोगो

२४ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको लखनऊ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आयित्यनाथलाई भेटेका छन् । भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले उपहारस्वरुप पूर्वराजा ज्ञानेन्द्रलाई अंग वस्त्र र कुम्भको लोगो प्रदान गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र अघिल्लो सातादेखि सपरिवार मध्य तथा सुदूरपश्चिमका जिल्लाहरुको भ्रमणमा निस्किएका थिए । यसक्रममा केही दिन नेपालगञ्जमा रहेका पूर्वराजाले सोमबार लखनउ […]

पूर्वराजा ज्ञानेन्द्रले साइतभन्दा पहिले नै टीका ग्रहण गरे

४ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पञ्चाङ्ग निर्णायक समितिले तोकेको उत्तम साइत भन्दा एक घण्टा अधि नै टीका ग्रहण गरेका छन् । उनले बिहान १० बजेर ४५ मिनेटकै साइतमा भाइटीका ग्रहण गरेका हुन् । पूर्वराजा शाहले आफ्नी कान्छी बहिनी शोभा शाहीसँग उनकै निवास कमलादीमा टीका ग्रहण गरेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत […]

पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अवस्था सामान्य, अर्को साता बैंकक जाने

४ साउन, काठमाडौं । अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था समान्य रहेको चिकित्सकहरुले बताएका छन् । । शाह नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार विहान थापाथलीस्थित नर्भिक अस्पतालमा भएका थिए । धमनीमा ८०-८५ प्रतिशत ब्लक भएको पाइएपछि एनजीओप्लास्टी गरिएको छ । अस्पतालले दिउँसो पत्रकार सम्म्मेलन गरेर आईसीयू कक्षमा रहेका शाहको अवस्था सामान्य रहेको बताएको […]

पूर्वराजा ज्ञानेन्द्रको एनजीओप्लाष्टी गरियो, स्वास्थ्य सामान्य

४ साउन, काठमाडौं । मुटुको उपचारका लागि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको एनजीओप्लाष्टी गरिएको छ । मुटुमा समस्या देखिएपछि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ । धमनीमा अवरोध देखिएकाले एनजीओप्लाष्टी गरिएको स्रोतले बतायो । पूर्वराजा शाहको स्वास्थ्य अहिले सामान्य छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने र आराम गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् […]

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

४ साउन, काठमाडौं । मुटुमा समस्या आएपछि पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् । शाह बुधबार विहान भर्ना भएका हुन् । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ । ‘धेरै सिरियस होइन […]

राष्ट्रपतिकी छोरीको बिहेमा पूर्वराजा ज्ञानेन्द्रलाई शीतलनिवासको निम्तो

२ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत निम्तो पठाएकी छिन् । पूर्वराजा शाहलाई सोमबार मध्यान्ह १२ बजेका लागि शीतलनिवासमा बोलाइएको छ । राष्ट्रपति भवनभित्रै सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाह पूर्वराष्ट्रपति रामवरण यादवका नातेदार (नाति) अभिशेष यादवसँग हुँदैछ । पूर्वराजा ज्ञानेन्द्रले गणतन्त्र आएयता एकचोटि पनि […]

भैरवसँग खड्ग साट्दै पूर्वराजा ज्ञानेन्द्र

१० असोज, काठमाडौं । सरकारले संस्कृति र परम्परालाई वास्ता नगरेको भन्दै पचली भैरवको जात्राको दर्शन र पूजाआजा गर्न तथा खड्ग साट्न यस वर्ष आयोजकहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरेका छन् । पचली भैरवको नयाँ घ्याम्पो फेरेको वर्ष राष्ट्रध्यक्ष गएर पूजाआजा र दर्शन गर्ने परम्परा छ । असोज १६ गते यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र जाने भएका […]

पारसलाई निर्मल निवास कुरुवा राखेर पूर्वराजा अचानक युरोपतिर

८ साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार शुक्रवार राति युरोतर्फ प्रस्थान गरेका छन् । उनी इटालीतर्फ प्रस्थान गरेका हुन् । छोरा पारसलाई निर्मल निबासमा रुङ्ने जिम्मेवारी दिएर उनी दुई साता लामो इटाली भ्रमणमा निस्केका हुन् । उनका साथमा पूर्वरानी कोमन, बुहारी हिमानी, नाति हृदयेन्द्र, नातिनीद्वय पूणिर्का र कीर्तिका, शाही अर्दली हस्तवहादुर थापा, दुई नानी, […]