+
+
Shares

पूर्वराजाको सम्बोधनलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय

‘यदि निर्वाचन भए पनि त्यसबाट प्राप्त नतिजाले देशले निकास पाउने विषयमा ढुक्क हुने अवस्था नरहेकोले निर्वाचन मात्र निकास होइन भन्ने निष्कर्षमा पुगेको छु,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १५:२९

१३ फागुन, काठमाडौं । काठमाडौं-२ का स्वतन्त्र उम्मेदवार रूपक सिम्खडाद्वारा उम्मेदवारी निष्क्रिय पारेका छन् । सिम्खडाले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो राजनीतिक सन्दर्भ र राष्ट्रिय सहमतिबारे उठेका बहसलाई मध्यनजर गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको बताए । ‘यदि निर्वाचन भए पनि त्यसबाट प्राप्त नतिजाले देशले निकास पाउने विषयमा ढुक्क हुने अवस्था नरहेकोले निर्वाचन मात्र निकास होइन भन्ने निष्कर्षमा पुगेको छु,’ उनले भने ।

राप्रपाको युवा संगठनको पूर्व केन्द्रीय सचिव सिम्खडा पछिल्लो समय स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?