+
+
Shares

कालीकोटबाट ४ जनाले लिए उम्मेदवारी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १८:५०
जीवन बुढा

९ माघ, जुम्ला । कालीकोटमा ४ जना उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकोटबाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपाका जीवन बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीका आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका उनले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन् ।

पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलपछि पार्टी एकता र चुनावी रणनीतिको हितलाई ध्यानमा राख्दै उनी पछि हट्न सहमत भएका हुन् ।

बुढाको उम्मेदवारी फिर्तासँगै कालिकोटमा नेकपाभित्रको आन्तरिक विवाद समाप्त भएको नेताहरूले बताउछन् ।

बुढासँगै कालिकोटबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका भुपेन्द्रजंग शाही, धर्मराज न्यौपाने र प्रेमसिंह तिरुवाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?