+
+
Shares

बारामा दुईजनाले लिए मनोनयन फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराका चार निर्वाचन क्षेत्रमा ११२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएकोमा दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन्।
  • संघीय समाजवादी पार्टीका कलामुद्दिन हवारी र युनाइटेड नेपाल डेमोक्रेटिक पार्टीका नरबहादुर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्।
  • बाराको क्षेत्र नम्बर ४ मा ३७, क्षेत्र नम्बर ३ मा ३९, क्षेत्र नम्बर २ मा २९ र क्षेत्र नम्बर १ मा २० जनाको उम्मेदवारी कायम छ।

९ माघ, बारा । बारामा दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् । बाराका चार निर्वाचन क्षेत्रमा विभिन्न दल र ४७ स्वतन्त्रगरी ११२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

फिर्ता लिनेमा संघीय समाजवादी पार्टीका कलामुद्दिन हवारी र युनाइटेड नेपाल डेमोक्रेटिक पार्टीका नरबहादुर श्रेष्ठ छन् ।

बारा १, २ र ३ मा कसैको उम्मेदवारी फिर्ता भएन । क्षेत्र नम्बर ४ का २ उम्मेदवारले मनोनयन फिर्ता लिएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

बारामा क्षेत्र नम्बर ४ मा ३७ जना, क्षेत्र नम्बर ३ मा ३९ जना, क्षेत्र नम्बर २ मा २९ जना र क्षेत्र नम्बर १ मा २० जनागरी एकसय १० जनाको उम्मेदवारी कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?