+
+
Shares

५० ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन, जनमतका मात्रै २० जना

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समानुपातिक तर्फको बन्दसूचीमा नाम रहेका ५० जनाले निर्वाचन आयोगमा उम्मेदवारी फिर्ताको निवेदन दिएका छन्।
  • उम्मेदवारी फिर्ताका लागि दिउँसो ४ बजेसम्म निवेदन दिन सकिने समय तोकिएको छ।
  • प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा तय भएको छ र प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता माघ ६ गतेसम्म हुनेछ।

२८ पुस, काठमाडौं । समानुपातिक तर्फको बन्दसूचीमा नाम रहेका ५० जनाले उम्मेदवारी फिर्ताको निवेदन निर्वाचन आयोगमा दिएका छन् ।

आयोग स्रोतका अनुुसार यो दिउँसो ३ बजेसम्मको विवरण हो । उम्मेदवारी फिर्ताका लागि दिउँसो ४ बजेसम्म निवेदन दिन सकिने समय छ । यसकारण यो संख्यामा केही थप हुन पनि सक्नेछ ।

उम्मेदवारी फिर्ताका लागि निवेदन दिने ५० जनामा २० जना जनमत पार्टीका छन् ।

जनमत पार्टीले समानुपातिक तर्फ ११० जनाकै नाम बुझाएको छ । २७५ सदस्यीय प्रतिनिधि सभा सदस्यका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीतर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् ।

राजनीतिक दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए । उक्त सूचीमा कलस्टर मिले/नमिलेको हेरेर दलहरूले यही पुस २७ गतेसम्म सच्याइसकेका छन् ।

आज उम्मेदवार स्वयमले उम्मेदवारी फिर्ता लिन चाहेको खण्डमा निवेदन दिने समय हो ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुुसार उम्मेदवारी फिर्ताका लागि उम्मेदवार स्वयमले आयोगमा उपस्थित भएर निवेदन दिनुपर्छ । त्यसपछि आयोगले सम्बन्धित दललाई उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएको भनेर उक्त स्थानमा अर्को उम्मेदवार पठाउन समय दिनेछ ।

प्रतिनिधिसभाको निर्वाचन भने आगामी २१ फागुनमा छ । प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गतेका लागि तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?