News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिने संख्या ८५ पुगेको छ भने अझै केही थपिन सक्नेछ।
- उम्मेदवारी फिर्ता गर्न उम्मेदवार स्वयं निर्वाचन आयोगमा उपस्थित हुनुपर्ने वा वारेसमार्फत् निवेदन दिन सकिने व्यवस्था छ।
- उम्मेदवारी फिर्ता भएपछि खाली ठाउँमा सम्बन्धित दलले अर्को उम्मेदवार पठाउन पाउनेछ र निर्वाचन २१ फागुनमा हुनेछ।
२८ पुस, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यो संख्या अझै केही थपिन सक्नेछ ।
‘उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुग्यो । अझै केही सेवाग्राही आयोगमै हुनुहुन्छ । उम्मेदवारी फिर्ता लिनेको संख्या केही थपिन सक्छ’ भट्टराईले अनलाइनखबरसँग भने ।
राजनीतिक दलहरूले यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए । उनीहरूलाई आइतबारसम्म समावेशी क्लस्टर मिलाउने समय दिइएको थियो ।
सोमबार उम्मेदवारी फिर्ताको समय छ । उम्मेदवारी फिर्ताका लागि उम्मेदवार स्वयं निर्वाचन आयोगमा उपस्थित हुनुपर्छ । वा वारेस मार्फत् समेत उम्मेदवारी फिर्ताको निवेदन दिन सकिन्छ ।
उम्मेदवारी फिर्ताको निवेदन पाएपछि निर्वाचन आयोगले सम्बन्धित दललाई त्यसबारे जानकारी दिनेछ । आयोगले जानकारी दिएपछि उम्मेदवारी फिर्ता भएपछि खाली भएको ठाउँमा सम्बन्धित दलले अर्को उम्मेदवार पठाउन पाउँछ ।
प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैछ । प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता भने आगामी माघ ६ गतेका लागि तय भएको छ ।
प्रतिक्रिया 4