Comments Add Comment

पृथ्वी जयन्ती

List Grid
पृथ्वी जयन्ती : सिंहदरबार अगाडि राजावादी र प्रहरीको धक्कामुक्की

२७ पुस, काठमाडौं । आज २९९ औं पृथ्वी जयन्ती । विहानैदेखि सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुग्नेहरुको चहल पहल रह्यो । राजतन्त्रको मुद्दा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कार्यकर्ता पनि बाजागाजासहित आएका थिए । तर मुल सडक नै अवरुद्ध हुने गरी आएको र्‍यालीलाई प्रहरीले सडक पेटीतर्फ हिँडाउन खोजेपछि तनाव उत्पन्न […]

गोरखामा पृथ्वी जयन्तीको अवसरमा दही वितरण

२७ पुस, गोरखा । २९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर गोरखामा दही वितरण गरिएको छ । इतिहासको जर्गेनाका लागि भन्दै सोमबारबाट कार्यक्रमको थालनी गरिएको कार्यक्रम संयोजक सन्दिप श्रेष्ठले बताए । बिहान करिब ८ बजे विधिवत पूजा गरी गोरखनाथलाई चढाएको दही गोरखा दरबार आएका भक्तजनहरुलाई प्रसाद स्वरुप वितरण गरिएको उनले जानकारी दिए […]

वीरगञ्जमा पनि मनाइयो पृथ्वी जयन्ती

२७ पुस, वीरगञ्ज । वीरगञ्जमा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रिय सरोकार मञ्च नारायणी, नगरिक समाज पर्सा लगायतले पृथ्वी जयन्ती मनाएका हुन् । राष्ट्रिय सरोकार मञ्चले रथमा पृथ्वी नारायण साहको फोटो राखेर र्‍याली निकाल्दै नगर परिक्रमा नै गराएको थियो । घण्टाघरबाट निकालिएको र्‍याली माईस्थान, आदर्शनगर, अलखिया मठ, आदशनगर घडिअर्वा […]

पृथ्वी जयन्तीको अवसरमा निकालेको र्‍यालीमा प्रहरीको धरपकड

२७ पुस, काठमाडौं । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीका क्रममा भद्रकालीमा प्रहरीसँग धकेलाधकेल भएको छ । बाजागाजासहित र्‍यालीमा सहभागीहरु मुल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो । प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई धरपकड गरेपछि केही समय धकेलाधकेल भएको हो । केही समय धकेलाधकेल […]

पृथ्वीनारायणबारे उठेका ३ थरी विचार : सत्यको पथमा नगन्य मत

काठमाडौं । हरेक वर्ष पुस महिनाको अन्तिम साता नेपाली राजनीतिमा एउटा स्थायी बहसले ठाउँ पाउँछ, त्यो हो पृथ्वीजयन्तीमा बिदा दिने कि नदिने ? यस्तो बहस पछिल्लो एक दशकदेखि निरन्तरजसो चलिरहेको छ तर यो बहस कहिलै टुंगोमा पुर्‍याउने कोसिस पनि गरिँदैन । यसलाई राजनीतिक विश्लेषकहरू ‘अभावको राजनीतिक एजेण्डा’ रहेकोले सरोकारवाला भनिएको पक्षले नै यसलाई पूर्णता दिन […]

पृथ्वी जयन्तीको अवसरमा गोरखाका ५ स्थानीय तहमा सार्वजनिक बिदा

२७ पुस, गोरखा । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँचवटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । गोरखा नगरपालिकाका प्रमुख […]

पृथ्वी जयन्तीमा राष्ट्रिय विदा घोषणा गर्न माग

२५ पुस, काठमाडौं । विश्व हिन्दु महासंघले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएर राष्ट्रिय एकताको सन्देश अभिवृद्धि गर्न सबै नेपालीमा आग्रह गरेको छ । सो दिवस भब्य रुपमा मनाउन विभिन्न तयारीहरु भइरहेको महासंघले जनाएको छ । महासंघका महासचिव अस्मिता भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको जन्म दिनलाई राष्ट्रिय पर्वका रुपमा हर्साेल्लासका […]

गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले थाल्यो पदयात्रा

२१ पुस, गोरखा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । मंगलबार गोरखा दरबारको हनुमान भञ्ज्याङबाट यात्रा सुरु भएको हो । सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पााच कम्पनी (श्रीनाथ, […]

गोरखादेखि काठमाडौंसम्म सेनाले पैदलयात्रा गर्ने

१५ पुस, गोरखा । पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिए । ‘गोरखा नगरपालिकाको हनुमान चौताबाट […]

पृथ्वीनारायणको दृष्टिकोण गणतन्त्रमा पनि सान्दर्भिक : राष्ट्रपति

२७ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दृष्टिकोणहरु संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि सान्दर्भिक भएको बताएकी छन् । पृथ्वी जयन्तीको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले सभ्यता, संस्कृति र सम्पदालाई पृथ्वीनारायण शाहले सम्मान गरेको भन्दै प्रशंसा गरेकी छन् । ‘नेपाली समाज सांस्कृतिक विविधताबीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा आत्मसात गर्दै यहाँको अमूल्य सभ्यता, […]

पृथ्वी जयन्तीको दिन गोरखाका चार स्थानीय तहमा सार्वजनिक बिदा

२५ पुस, गोरखा । गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती पुस २७ गते जिल्लाका ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । सदरमुकामसमेत रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्यविस्तार गरी नेपाल एकीकरण गरेकाले उनको कदर […]

सरकारी सहभागितामा मनाइयो पृथ्वी जयन्ती

२७ पुस, काठमाडौं । सरकारी सहभागितामा पृथ्वीजयन्ती मनाइएको छ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी जयन्ती मनाएको हो । कमलादीस्थित प्रज्ञा भवनबाट बाजागाजासहित शुरु भएको र्‍यालीमा उपप्रधानन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बास्कोटा सहभागी भएका छन् । प्रज्ञा भवनबाट अघि बढेको र्‍याली सिंहदरवारको मूलद्धार अगाडि रहेको […]

गणतन्त्रपछि पहिलोपटक मनाइयो ‘बडामहाराजा’को जन्मदिवस

२७ पुस, काठमाडौं । नेपालमा शाहवंशीय राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएपछि पहिलोपटक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ । विहीवार राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरवारको मुख्य प्रवेशद्धार अगाडि रहेको पृथ्वीको शालिकमा माल्यार्पण गर्न पुग्दा सेनाको टुकडी सलामीसमेत अर्पण गर्‍यो । गणतन्त्र नेपालका राष्ट्रपतिले राजतन्त्रका संस्थापकको शालिकमा माल्यार्पण गरेको […]

पोखरामा पृश्वी जयन्तीः हेलिकोप्टर र अल्ट्रालाइटबाट पुष्पबृष्टी

२७ पुस, पोखरा । पृथ्वी जयन्ती विहीबार पोखरामा पनि मनाइएको छ । पृथ्वी जयन्ती मूल समारोह समितिको आयोजनामा विहीबार पोखरामा प्रभातफेरीसहित एक विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाइएको हो । पोखराको चिप्लेढुंगास्थित मानवअधिकारचोकबाट सुरु भएको प्रभातफेरी न्यूरोड, सभागृहचोक हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीलाई हेलिकोप्टरले सभागृहचोक र पृथ्वीचोकको बिचमा पुग्दा र अल्ट्रालाइटले प्रभातफेरी सुरु […]

सिंहदरवारको ढोकामा यसरी मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

२७ पुस, काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती नागरिकस्तरबाट बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सिंहदरवार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा बुधबार बिहान माल्यार्पण गरिएको छ । सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेताहरु समेत सहभागी थिए । कार्यक्रमलाई सम्बोधन […]

पृथ्वीनारायणको सम्झना गर्दै सिड्नीमा मनाइयो एकता दिवस

११ जनवरी, सिड्नी । अष्ट्रेलियाको सिड्नीमा बस्ने नेपालीहरुले पृथ्वी जयन्ती स्वतःस्फूर्त रुपमा मनाएका छन् । सिड्नीको पीट स्ट्रीटमा मेघराज श्रेष्ठको अध्यक्षतामा आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले राजनीतिक दलहरु आपसमा बिभाजित भइरहेका बेला पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समय सान्दर्भिक भएको बताए । कार्यक्रममा बोल्दै समाजसेवी कञ्चन पोख्रेलले पृथ्वीनारायणकै कारण विश्वमा नेपालीहरुको पहिचान स्थापित भएको बताए […]

पृथ्वीनारायणले बलियो केन्द्रीकृत राज्य बनाएः प्रचण्ड

२७ पुस, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणका लागि भूमिका खेलेको बताएका छन् । ऐतिहासिक भौतिकवादले उनको यो भूमिकालाई सकारात्मकरुपमा हेर्ने प्रधानमन्त्रीको भनाइ छ । राप्रपाले बुधबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा सहभागिता जनाउँदै प्रधानमन्त्री प्रचण्डले भने- ‘पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणमा खेलेको भूमिकालाई ऐतिहासिक भौतिकवादले सकारात्मकरुपमा हेर्छ […]

माओवादीकै कारण पृथ्वी जयन्तीमा विदा दिन सकिएनः ओली

२७ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाह राष्ट्रनायक भएको बताएका छन् । साथै आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन चाहेपनि माओवादीका कारण सम्भव नभएको बताए । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा पुगेका एमाले अध्यक्ष ओलीले पृथ्वीनारायणको अभियानलाई अघि बढाउनु पर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका […]

पृथ्वीनारायण शाहले कीर्तिपुरवासीको नाक काटेकै थिए ?

राजनीतिक परिवर्तन समयको माग हो । परिवर्तन भए पनि मान्छेले कतिपय अवस्थामा पुरानो कुरा बिर्सिन्छ । अर्कातिर, इतिहासलाई तोडमोड गर्ने, उपेक्षा गर्ने र वस्तुगत विश्लेषण नगरी कृतघ्न हुने प्रवृत्ति पनि हामीकहाँ छ । पृथ्वीनारायण शाहको सन्दर्भमा यही कुरा भएको छ । पछिल्लो समयमा पृथ्वीनारायणमाथि लगातार आक्रमण भएको पाइन्छ । उनी राष्ट्रनिर्माता हुन् कि होइनन् भन्नेमा […]

‘राष्ट्रिय एकताको प्रतीक मास्न क्रिश्चियनहरु लागेका छन्’

लोकतन्त्र आएपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छाड्यो । यो वर्ष पनि सरकारले कुनै औपचारिक कार्याक्रम गरेन । तर, क्रिसमसमा विदा दिने सरकारले पृथ्वी जयन्तीलाई चटक्कै विर्सिएको भन्दै आलोचना भएको छ । यसै सन्दर्भमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक समारोह समितिका सह-संयोजक समेत रहेका इतिहासविद् तथा संस्कृतिविद् डा. […]

पृथ्वीनारायणको सम्झना गर्दै सिड्नीमा मनाइयो एकता दिवस

२७ पुस, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा बस्ने नेपालीहरुले पृथ्वी जयन्ती स्वतःस्फूर्त रुपमा मनाएका छन् । सिड्नीको पीट स्ट्रीटमा मेघराज श्रेष्ठको अध्यक्षतामा आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले राजनीतिक दलहरु आपसमा बिभाजित भइरहेका बेला पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समय सान्दर्भिक भएको बताए । कार्यक्रममा बोल्दै समाजसेवी कञ्चन पोख्रेलले पृथ्वीनारायणकै कारण विश्वमा नेपालीहरुको पहिचान स्थापित भएको बताए […]