२६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ ।
पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको हो ।
चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो ।
आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउने गरिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता–कार्यकर्ता, राजावादीहरूको उपस्थिति थियो ।
अध्यक्ष लिङ्देनसहितका नेता कार्यकर्ताले रक्तदान पनि गरेका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4