Comments Add Comment

पेरु

List Grid
पेरु कम्युनिष्ट क्रान्तिका नेता गोन्जालोको निधन

२७ भदौ, काठमाडौं । पेरु क्रान्तिका नेता गोन्जालोको निधन भएको छ । उनी जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको हो । उनी सन् १९९२ देखि जेलमा थिए । आतंक फैलाएको आरोपमा उनलाई सरकारले आजीवन कारावासको सजायँ दिएको थियो । दार्शनिक नेता गोन्जालो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् । को हुन् गोन्जालो ? […]

कोपा अमेरिकाको सेमिफाइनलमा भोलि बिहान ब्राजिल र पेरु भिड्दै

२१ असार, काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत मंगलबार बिहान पहिलो सेमिफाइनल खेल हुँदैछ । जसमा घरेलु टोली ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्नेछ । निल्टन सान्तोस रंगशालामा हुने खेल नेपाली समय अनुसार बिहान ४:४५ बजे शुरु हुनेछ । ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई १–० ले पराजित गरेको थियो । पेरुले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित […]

पाराग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै पेरु सेमिफाइनलमा

१९ असार, काठमाडौं । साविक उपविजेता पेरु ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै पेरु सेमिफाइनल पुगेको हो । पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो […]

कोपा अमेरिका फुटबल : पेरु क्वाटरफाइनलमा, भेनेजुएला बाहिरियो

१४ असार, काठमाडौं । पेरु ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरुले अन्तिम आठमा स्थान पक्का गरेको हो । ब्रासिलियामा भएको खेलमा पेरुको लागि आन्द्रे कारिल्लोले निर्णायक गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल नै निर्णायक बनेको […]

कोपा अमेरिका : पेरुले कोलम्बियालाई हरायो

७ असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलमा पेरुले कोलम्बियालाई २-१ ले पराजित गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा आत्मघाती गोलको मद्दतमा पेरुले प्रतियोगितामा पहिलो जित हात पारेको हो । पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको १७औँ मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । ५३औँ मिनेटमा मिगुएल बोर्जाले पेनाल्टीमार्फत कोलम्बियाका लागि […]

पेरुले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक, मृतक संख्या दोब्बर बढी

१८ जेठ, काठमाडौं । पेरुले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको तथ्यांक सच्याएको छ । यसअघि पेरुले कोरोना संक्रमणका कारण ६९ हजार ३४२ जनाको मृत्यु भएको बताए पनि समग्र विवरण खोज्दा मृतकको संख्या एक लाख ८० हजार ७६४ पाइएको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार योसँगै पेरु जनसंख्याको आधारमा सबैभन्दा धेरै कोरोना मृत्युदर भएको मुलुक […]

मापदण्ड मिचेर कोरोना खोप लगाएपछि पेरुकी विदेशमन्त्रीको पद गुम्यो

३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप मापदण्ड मिचेर लगाएको कारण पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटे राजीनामा दिन बाध्य भएकी छिन् । आइतबार उनले आफूले मुलुकमा सरकारी खोप कार्यक्रम सुरु हुनुभन्दा पहिला नै कोरोना खोप लगाएको स्वीकार गरेकी थिइन् । उनले आफूले खोपको परीक्षण सकिएपछि चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको खोप लगाएको बताएकी थिइन् […]

पेरुले पायो एक सातामै तीन राष्ट्रपति

२ मंसिर, काठमाडौं । पेरुको संसद्ले फ्रान्सिस्को सागास्तीलाई मुलुकको नयाँ राष्ट्रपतिको रुपमा चयन गरेको छ । पछिल्लो समय पेरुमा बढ्दो राजनीतिक संकटको बीचमा सागास्तीलाई नयाँ राष्ट्रपति चयन गरिएको छ । पेरुमा देखिएको व्यापक विरोध प्रदर्शनको कारण पछिल्लो साता दुई राष्ट्रपतिले कार्यालय छाडिसकेका छन् । ७६ वर्षीय सागास्ती आगामी अप्रिलमा राष्ट्रिय निर्वाचन नहुँदासम्मका लागि पेरुको राष्ट्रपति बनेका […]

पेरुमा पाँच लाख नाघे कोरोना संक्रमित

३० साउन, काठमाडौं । पेरुमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ । पेरुको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पेरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख सात हजार ९९६ पुगेको छ । त्यस्तै पेरुमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २५ हजार ६४८ पुगेको छ । पेरु ल्याटिन अमेरिकामा कोरोनाको […]

पेरुमा पारिवारिक जमघट गर्न प्रतिबन्ध

२९ साउन, काठमाडौं । पेरुमा कोरोना भाइरसको संक्रमण बढेपछि परिवारिक जमघटमा रोक लगाइएको छ । साथै थप पाँच क्षेत्रमा लकडाउन सुरु गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार पेरुका कूल २५ क्षेत्रमध्ये १५ क्षेत्रमा पहिलेदेखि नै लकडाउन जारी छ । राष्ट्रपति मार्टिन विजकाराले पेरुको राजधानी लिमास्थित सरकारी निवासमा सम्बोधन गर्दै भने, ‘हामीलाई कोरोना संक्रमण गराउनेहरुलाई […]

पेरुमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

१९ असार, काठमाडौं । पेरुमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । बिहीबार पेरुको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पेरुमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ४५ पुगेको छ । मुलुकको अर्थतन्त्रमा सुधारको लागि लकडाउन खुकुलो पारेको भोलिपल्ट कोरानो भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । […]

कसरी कोरोना भाइरसको मारमा पर्‍यो पेरु ?

१४ असार, काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा कोरोना संक्रमण फैलिने संकेत पाएपछि तत्कालै कडा किसिमको लकडाउन गरे पनि सो मुलुक अहिले धेरै संक्रमितको सूचीमा छैटौं स्थानमा परेको छ । पेरुका राष्ट्रपति मार्टिन भिज्काराले लकडाउनका कारण पहिले अनुमान गरिएजस्तो भयावह अवस्था अहिले नरहेको दाबी गरिरहेका छन् । तर पेरु किन कोरोना भाइरसबाट यति धेरै प्रभावित […]

कोरोनाबाट प्रभावित हुने मुलुकमा पेरु इटालीभन्दा अघि

४ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित संख्याको आधारमा पेरुले इटालीलाई पछि पारेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार पेरुमा कोरोना भाइरसका संक्रमितको संख्या दुई लाख ४० हजार ९०८ पुगेको छ । जबकी इटालीमा भने कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ३७ हजार ८२८ छ । कुनै समय इटाली युरोपको सबैभन्दा […]

पेरुमा कोरोना संक्रमित दुई लाख नाघे

२८ जेठ, काठमाडौं । पेरुमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या दुई लाख नाघेको छ । पेरुको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्ममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख तीन हजार ७३६ पुगेको छ । मन्त्रालयका अनुसार मंगलबार मात्र पेरुमा कोरोना भाइरसका चार हजार ४० नयाँ संक्रमित फेला परेका हुन् । मंगलबार पेरुमा कोरोना भाइरसको कारण […]