Comments Add Comment

प्याब्सन

List Grid
निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगित, अनलाइन कक्षा जारी रहने

२२ असार, काठमाडौं । सरकारसँगको वार्ता सकारात्मक रहेको भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । उनीहरूले अनलाइन पढाइ अवरुद्ध नगर्ने निर्णयसमेत गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँग आइतबार भएको छलफलमा आफ्नो माग पूरा हुने संकेत देखिएको र संवाद जारी रहेकाले आन्दोलन स्थगित गरिएको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन […]

बरु सरकारी कार्यालय ८ बजे खोलौं, स्कुले बालबालिकालाई दुःख नदिऔं

३ चैत, काठमाडौं । बिहान नौ बजे नै विद्यालय सञ्चालन गर्न व्यवहारिक कठिनाइ हुने निजी विद्यालय सञ्चालकले बताएका छन् । ट्राफिक जामको समस्या समाधानका लागि भन्दै सरकारले नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय ९-४ बजे तोक्ने तयारी गरेको छ । तर, यो निर्णय कार्यान्वयनमा प्राविधिक कठिनाइ हुने प्याब्सन अध्यक्ष टिकाराम पुरी बताउँछन् । साना बालबालिकालाई नौ बजेभित्रै […]

अनिवार्य शिक्षासम्बन्धी विधेययक नमान्ने प्याब्सनको चेतावनी

१ असोज, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले संसदबाट हालै पारित ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मान्य नहुने चेतावनी दिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्याब्सनले आफूहरुसँग छलफल समेत नगरी पारित गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तत्काल संशोधन नभए […]

प्याब्सनले भन्यो : अनिवार्य शिक्षासम्बन्धी विधेययक मान्दैनौं

१ असोज, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले संसदबाट हालै पारित ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मान्य नहुने चेतावनी दिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्याब्सनले आफूहरुसँग छलफल समेत नगरी पारित गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तत्काल संशोधन नभए […]

त्रुटि नै त्रुटि भएको पुस्तक पढाउन प्याब्सनको दबाब

५ वैशाख, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले धेरै त्रुटि रहेको ‘प्याब्सन साइन्स बुक’ पढाउन सदस्य विद्यालयहरुलाई दबाब दिएको छ । प्याब्सनका पदाधिकारीहरुले एसएमएस, भेटघाटमा आफैंले प्रकाशन गरेको प्याब्सन साइन्स बुक पढाउन दबाब दिएका हुन् । ‘प्याब्सन साइन्स बुकमा धेरै त्रुटि पाइएपछि उसकै सदस्य विद्यालयले समेत पुस्तक पढाउन नचाहेपछि विभिन्न तरिकाले दबाब […]

प्याब्सनमा सम्बाहाम्फेको प्यानल निर्वाचित

११ फागुन, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित भएका छन् । राजधानीमा आयोजित १३ औं राष्ट्रिय महाधिवेशनबाट सम्बाहाम्फेको नेतृत्वमा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो । गएराति सम्पन्न मतगणनामा सम्बाहाम्फेले निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीलाई १२० मतले पराजित गरेका हुन् । सम्बाहाम्फेले ८७१ र पुरीले ७५१ मत पाए […]

प्याव्सन महाधिवेशनमा यसरी हुँदैछ दलगत भिडन्त, अध्यक्षमा पुरी र सम्बाहम्फेको दाबी

५ फागुन, काठमाडौं । निजी विद्यालयहरुको छाता संगठन प्याब्सनको १३ औं महाधिवेशनमा अध्यक्षका लागि टिकाराम पुरी र बिजय सम्बाहम्फेबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । पुरी एभरेष्ट उच्च मावि विराटनगरका प्रिन्सिपल हुन् भने सम्बाहम्फे लोयल्टी स्कूल मण्डिखाटारका हुन् । माओवादी केन्द्र निकट सम्बाहम्फे हाल प्याब्सनका वरिष्ठ उपाध्यक्ष छन् । अघिल्लो महाधिवेशनमा सम्बाहम्फेसँग झिनो मतले पराजित […]

मनोमानी शुल्क लिने विद्यालयलाई कारबाही गर्न शिक्षा मन्त्रीको निर्देशन

१७ जेठ, काठमाडौं । सरकारले तोकेको शुल्क निर्धारण निर्देशिका लागु नगर्ने विद्यालयहरुलाई कारबाही गर्न र अनुमति नलिई प्रकाशित प्याब्सनका पुस्तकहरु जफत गर्न शिक्षा मन्त्रालयले शिक्षा विभागलाई निर्देशन दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले शिक्षा विभागका महानिर्देशक खगराज बराललाई सोमबार टेलिफोन गरी तत्काल बैठक बसेर कारबाहीको निर्णय गर्न निर्देशन दिएका हुन् । ‘शुल्क निर्धारण निर्देशिका नमान्ने […]

प्याब्सनद्वारा पाठ्यपुस्तकको ‘अवैध’ बिक्री, शिक्षा मन्त्रीले भने- कारबाही गर्छौं

४ जेठ, काठमाडौं । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले गैरकानुनी रुपमा पाठ्यपुस्तक छापेर बिक्री वितरण गरेको पाइएको छ । एमाओवादी निकट अखिल क्रान्तिकारीले त्यसलाई अवैध भन्दै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराएको छ । प्याब्सनले पाठ्यक्रम विकास केन्द्रको स्वीकृति विना कक्षा १ देखि १० सम्म ‘प्याब्सन साइन्स’ नामक पुस्तक बिक्री वितरण गरिरहेको अखिल क्रान्तिकारीको भनाइ […]