Comments Add Comment

प्रदूषण

List Grid
काठमाडौंमा फेरि बढ्यो वायु प्रदूषण

३० चैत, काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ । केही दिन सामान्य अवस्थामा पुगेको प्रदूषण सोमबार बिहान पुनः बढेर अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो । प्रदूषणसम्बन्धी जानकारी दिने स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौंमा वायु प्रदूषणको मात्रा २ सय २९ एक्युआई पुगेको छ । बुटवलमा २५०, नेपालगञ्जमा २२१ र पोखरामा १८९ एक्यूआई छ । […]

प्रदूषण उकालो लाग्दा विद्युतीय गाडीको आयात ओरालोतिर

२५ चैत, काठमाडौं । चैत महिनामा काठमाडौंमा वायु प्रदूषणले विपद् घोषणा गर्नुपर्ने तह पार गरेको छ । गत पुसमा यस्तै अवस्था निम्तिएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार, विगतमाभन्दा यो वर्ष काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा बढ्दो दरमा छ । प्रदूषण नियन्त्रणमा प्रभावकारी मानिने विद्युतीय सवारीको आयात भने यही बेला घट्दो दरमा छ । […]

मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्न थाले

१७ चैत, बैतडी । पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी […]

प्रदूषित हावाले दम, खोकी र हृदयघात बढ्न सक्छ

हामीले सास फेर्ने हावामा विभिन्न घातक ग्याँस मिसिइरहेको छ । अव्यवस्थित शहरीकरण, मोटर–गाडीको अत्यधिक प्रयोग, विभिन्न उद्योग, कलकारखाना, धुलाम्य सडक यी सबै वायु प्रदूषणका कारखाना हुन् भन्दा फरक पर्दैन । यही कारण हाम्रा पुर्खाहरूले जस्तो हामीले स्वच्छ सास फेर्न पाएका छैनौं । आजभन्दा ४० वर्ष अगाडि प्रदूषणको तह अहिलेको जस्तो थिएन । किनकि, प्रदूषणको स्रोत […]

प्रदूषणले विस्तारै-विस्तारै मारिरहेको छ

केही दिनयता हामीकहाँ आँखाले प्रष्टै देख्ने र शरीरले तत्कालै महसूस गर्ने गरी प्रदूषण फैलिएको छ । हाम्रो शहर पहिल्यैदेखि धेरै प्रदूषित थियो, अहिले प्रष्ट महसूस भएको छ । यो विषयले महत्व नपाएको मात्र हो, हामीले आमाको पेटमा हुँदादेखि नै दूषित हावा लिइरहेका छौं । एक हप्तायता धेरै मानिसले आँखा पोल्ने, घाँटी खस्खसाउने, टाउको दुख्नेलगायत समस्या […]

वायु प्रदूषण : विद्यालय बन्द गर्ने सरकारको तयारी

१६ चैत, काठमाडौं । वायु प्रदूषण कम नभएपछि सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा असर नपरोस् भनेर केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोरोना खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, […]

काठमाडौंको आकाशमा प्रदूषण फैलँदा हवाई उडान प्रभावित

१३ चैत, काठमाडौं । काठमाडौंको आकाशमा प्रदूषण फैलँदा हवाई उडान प्रभावित भएको छ । शुक्रबार बिहानैदेखी काठमाडौंको आकाशमा तुवाँलो फैलिएको छ । काठमाडौं विमानस्थल कार्यालय स्रोतका अनुसार शुक्रबार सबैभन्दा धेरै भरतपुर जाने उडानहरु डिले भएका छन् । भिजिविलिटी कम हुँदा काठमाडौं विमानस्थलकै सेवा प्रभावित हुन पुगेको कार्यालयको भनाइ छ । काठमाडौं-भरतपुर रुटमा बिहीबार समेत जहाज […]

१० अर्ब प्रदूषण शुल्क उठाएर अन्यत्रै खर्च

५ माघ, काठमाडौं । पुस २१ गते काठमाडौं उपत्यका विश्वकै सबभन्दा प्रदूषित सहरको सूचीमा पर्‍यो । हावा नचल्दा प्रदूषित हावा बाहिर निस्कन नसक्दा दुई दिनमै विश्वकै खराब सूचीमा पर्नुले काठमाडौंको वातावरणीय दुर्दशा देखाउँछ । र, केही दिन ‘प्रदूषण चिन्ता’ व्यक्त गरेर बहस सेलाउनुले काठमाडौंको वातावरणीय दुर्दशा योभन्दा गहिरिने देखाउँछ । वायु प्रदूषण विकराल भएपछि नगरिकलाई […]

काठमाडौं उपत्यकामा घाम लाग्यो, अब जाडो बढ्ने, प्रदूषण घटाउन सघाउने

२२ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा पारिलो घाम लागेको छ । घाम लागेपछि जाडो केही बढ्ने र अहिलेको प्रदूषणलाई केही हदसम्म भए पनि घटाउन मद्दत गर्ने मौसमविद बताउँछन् । मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने, ‘घाम लागेपछि थोरै भए पनि हावा चल्छ । त्यो हावाले प्रदूषणको तहलाई यताउता छर्छ र तुलनात्मक हिसाबले प्रदूषण […]

तस्वीरमा हेर्नुहोस् काठमाडौंको प्रदूषण

२१ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसै कुहिरो लागेजस्तो देखिन्छ । तर यो कुहिरो होइन । यो त काठमाडौंमा उपत्यकामा फैलिएको धुवाँ र धुलोका कणको तह हो । लकडाउनको बेला हामीले कन्चन देखेको काठमाडौं उपत्यकाको आकाश अहिले धमिलो छ । किनभने केन्द्रीय राजधानी काठमाडौंमा प्रदूषण ह्वात्तै बढेको छ । काठमाडौंमा प्रदूषणको मात्रा यति धेरै बढेको […]

काठमाडौंमा आँखा पोल्ने प्रदूषण, आपतकालको तह नाघ्यो

२० पुस, काठमाडौं । सोमबार दिनभरि काठमाण्डौं उपत्यकामा घाम लागेन । कतिपयले सडकमा हिँड्दा आँखा पिरो-पिरो भएको अनुभव गरे । खासगरी साँझपख घर बाहिर निस्कने धेरैले आँखा पिरो भएको गुनासो गरे । चिकित्सकहरूका अनुसार यसको कारण हो- वायु प्रदूषण । नेपाल सरकारका पूर्वसचिव मौसमविद् डा. ऋषिराम शर्मा पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम […]

काठमाडौं एशियाकै प्रदूषित सहर हो त ?

केही दिन अगाडि नेपालका अखबारहरूमा प्रकाशित वायु प्रदूषण सम्बन्धी समाचारले धेरै नेपालीको ध्यान खिचेको सामाजिक सञ्जालमा प्रस्ट देखियो । सर्वियाको एक अनलाइनले प्रकाशित गरेको रिपोर्ट अनुसार काठमाडौं एशियाको सबै भन्दा प्रदूषित सहर र विश्व को तेस्रो प्रदूषित सहरका रूपमा खबर आउँदा सबैको ध्यान खिच्नु स्वाभाविक नै थियो । व्यक्तिगत रूपमा मेरो पनि दुई कारणले ध्यान […]