+
+
Shares

५५३ सवारीको प्रदूषण छड्केमा १७३ वटा फेल

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १९:४०

३ वैशाख, काठमाडौं । ५५३ वटा सवारी साधनको प्रदूषण छड्के चेकजाँच गर्दा १७३ वटा फेल भएका छन् । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीका अनुसार त्यस्ता सवारी साधनलाई जरिवाना गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर पुराना सवारीको प्रदूषण जाँचबारे जानकारी मागेकी थिइन् ।

जवाफमा मन्त्री शाहीले वातावरण विभागले वायु प्रदुषण नियन्त्रणको लागि विभिन्न किसिमका कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गरिरहेको बताएका छन् ।

यातायातको क्षेत्रबाट उत्सर्जन हुने वायु प्रदुषण न्यूनीकरणको लागि विगतदेखि नै वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले काठमाडौं उपत्यकामा निरन्तर रूपमा सवारी साधनहरूको छड्के चेकजाँच गरिरहेको उल्लेख गरेका छन् ।

यही जवाफमा ५५३ सवारीको प्रदुषण छड्के चेकजाँच गर्दा १७३ वटा फेल भएको तथ्याङ्क छ । जवाफमा लेखिएको छ, ‘आ.व. २०८१/८२ को हालसम्म काठमाडौं उपत्यकामा चल्ने ५५३ सवारी साधनमा प्रदुषण छड्के चेकजाँच गरिएको थियो जसमध्ये १७३ सवारी साधन प्रदुषण जाँचमा फेल भएका थिए जसलाई कानून बमोजिम जरिवाना पनि गरिएको छ र यो क्रम निरन्तर रहने छ ।’

आ.व. २०८१/८२ मा काठमाडौं महानगरपालिका भित्रको क्षेत्रमा काठमाडौं महानगरपालिकाको संयोजनमा वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहभागितामा पनि सवारी प्रदुषण चेकजाँच गरिएको हो ।

काठमाडौं महानगरपालिकाको संयोजनमा गरिएको सवारी चेकजाँच काठमाडौं महानगरपालिका भित्र मात्र गरिएको छ भने वातावरण विभागको संयोजनमा गरिएको सवारी चेकजाँच काठमाडौं उपत्यकाकाभरि नै समेट्ने गरी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?