Comments Add Comment

प्रदेश प्रमुख

List Grid
प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

१ भदौ, काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई मंगलबार प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । महोत्तरीका मिश्र नेपाली कांग्रेसका पुराना नेता हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरी मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले […]

प्रदेश २ को प्रदेश प्रमुख हेरफेर : राजेश पदमुक्त, हरिशंकरलाई नियुक्त गर्न सिफारिस

३२ साउन, काठमाडौं । सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो । अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता […]

‘प्रदेश प्रमुख पदको कुनै मर्यादा नै रहेन’

नेपालको संविधानको मुख्य मक्सद– समानुपातिक सहभागिताको सिद्धान्त हो । यो संविधान किन चाहियो ? भन्दा दिगो शान्ति, समृद्धि र विकासको निम्ति । र, संविधानमा आएको नयाँ व्यवस्था हो– प्रदेश संरचना । नेपालमा संघीयता चाहिन्थ्यो कि चाहिन्नथ्यो भन्ने बहसको एउटा विषय अहिले पनि हुनसक्छ । यो संवैधानिक विषयभन्दा राजनीतिक विषय हो । संघीयता सहितको संविधान जारी […]

‘प्रदेश प्रमुखमा निष्पक्ष व्यक्ति पठाउने संस्कृति जरूरी छ’

नेपालको संविधान २०७२ जारी भएपछि प्रदेश प्रमुख पद आलंकारिक रूपमा राखियो । प्रदेश मन्त्रिपरिषदले गरेको सिफारिशका आधारमा काम गर्ने, शपथ खुवाउने, विधेयक प्रमाणीकरण गर्ने काम प्रदेश प्रमुखको तोकियो । संविधानमा नै प्रदेश प्रमुखले गर्ने काम स्पष्ट रूपमा लेखिएको छ र यो राजनीतिक पद होइन । यो संघको उपस्थिति हो प्रदेशमा । संघमा राष्ट्रपतिले गर्ने कार्यहरू […]

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ

१३ साउन, काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद […]

गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख नियुक्त

१२ साउन, काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भएका हुन् । मंगलबार नै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ […]

प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिँदै

१२ साउन, काठमाडौं । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न खोजेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख छन् […]

कोरोनाबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

१३ जेठ, धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे । ‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो,’ उनले भने, ‘काठमाडौँमा उपचार गराइरहनु भएको थियो । हिजो राति ११ बजेतिर मृत्यु भयो […]

‘मेरो जिम्मेवारी कल्पना बाहिरको हो’

२१ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा सरकार जोगाउने र गिराउने खेल चलिरहेको बेला सरकारले माओवादीका अमिक शेरचनलाई हटाएर एमालेकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । नेकपा विभाजनपछि निम्तिएको जटिल राजनीतिक परिस्थितिमा गण्डकी प्रदेश प्रमुख पाएकी पौडेललाई राजनीतिक सेटिङ मिलाउनकै लागि नियुक्त गरिएको विपक्षीले बताइरहेका छन् । यो नियुक्तिलाई विपक्षी दलहरुले सरकारको सत्ता लम्व्याउने […]

गण्डकीका विपक्षी दलको टिप्पणी- ‘एसम्यान’बाट सरकारको लाज छोप्ने दाउ !

२१ वैशाख, पोखरा । वैशाख १५ गते छिनोफानो हुने भनिएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्ताव संसदमा अड्किरहेको छ । निर्णायक दल जनमोर्चाका सांसद हराएर पछि स्थगित बैठकपछि गण्डकी प्रदेश सभा अनिर्णयको बन्दी बनेको छ । जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै सचेतक पियारी थापाबाट निवेदन परेपछि अनिश्चितकालका लागि सभामुख नेत्रनाथ अधिकारीले बैठक […]

प्रदेशको मियो होइन केन्द्रको बफादार भए प्रदेश प्रमुख

२० वैशाख, काठमाडौं । संविधानले प्रदेशमा सबैभन्दा माथि प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ । यसका दुई कारण छन्– संघ खोज्न सिंहदरबार धाउनु नपरोस् र कानूनत: प्रदेश राजनीतिलाई सन्तुलनमा राख्न सकियोस् । यही उद्देश्यमा केन्द्रित रहेर प्रदेश प्रमुखलाई संविधानले जिम्मेवारी दिएको छ । संविधानको धारा १६३ अनुसार प्रदेशमा नेपाल सरकारको प्रतिनिधि प्रदेश प्रमुख हो । […]

गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।  उनीहरुलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा […]

गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त

२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । यसअघि एमाले […]

तिलक परियारलाई हटाएर पत्रकार अहिराजलाई प्रदेश प्रमुख बनाइयो, उपराष्ट्रपति र सभामुखद्वारा सपथ बहिस्कार

७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेकी छिन् । प्रदेश प्रमुख बन्नुअघि नेकपाका नेता रहेका परियार ओली समूहमा नलागेका कारण उनलाई हटाइएको हो । परियारलाई हटाएलगत्तै शुक्रबार नै मधेस मिडिया हाउसका पत्रकार डा. राजेश अहिराजलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा प्रदेश प्रमुखको सपथ ग्रहण गराएकी छन् […]

प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति आपत्तिजनक : नेपाली कांग्रेस

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सरकारले प्रदेश २ को प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकामा विरोध जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाएर रौतहटका राजेश झालाई नियुक्त गरेकी थिइन् । कांग्रेसले प्रदेश प्रमुखको नियुक्ति बदर गरेर प्रदेश प्रमुखको गरिमा घटाउँदै लगेको बताएको छ । […]

प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त

७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेकपामा परिवारवाद : बाबु प्रदेश प्रमुख, छोरा रजिष्ट्रार !

१७ भदौ, बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताका बाबुछोराले सरकारी नियुक्ति पाएका छन् । झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा पराजित बुबा विष्णुप्रसाद प्रसाईलाई वागमती प्रदेश प्रमुखमा नियुक्त गरेको सरकारले उनका छोरा राजेशलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको रजिष्टारमा नियुक्त गरेको छ । विष्णुप्रसाद तत्कालीन एमालेका पुराना नेता […]

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

१७  कात्तिक, काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिष्दको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रदेश १ […]

प्रदेश प्रमुखको प्रश्न-अरुका छोरीछोरीलाई तँ, आफ्नालाई आइस्यो गइस्यो ?

१६ वैशाख, काभ्रे । शिक्षा क्षेत्रमा अनुशासनको महत्व धेरै हुने भएपनि अनुशासनमा कतिपय शिक्षकहरु नै नबस्नु दुखद भएको प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालले बताएकी छन् । काभ्रेको बेथानचोक गाउँपालिका ४ चलाल गणेश स्थानको कालीका माबिको भूकम्पपछिको पुनर्निर्माण भएको भवन उद्घाटन गर्दै प्रदेश प्रमुख कोइरालाले विद्यार्थीहरुले शिक्षकहरुबाट धेरै ज्ञान पाउने भएकाले शिक्षकहरु आफै पहिले […]

कर्णालीको नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश

९ वैशाख, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष पेश गरेका छन् । आइतबार विहान ११ बजे प्रदेश प्रमुख खनाललाई भेटी मुख्यमन्त्री शाहीले सरकारको नीति तथा कार्यक्रमम प्रदेश प्रमुख खनाल समक्ष पेश गरेका हुन् । मन्त्रीपरिषद वैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक […]

प्रदेश ३ मा प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रालयको भवन तयार

२४ माघ, हेटौंडा । प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा प्रादेशिक सरकारका लागि आवश्यक सबै संरचना तयार भएको छ । हेटौंडा उपमहानगरपालिका मातहत खाली रहेका सरकारी भवन प्रदेश सकारका लागि प्रयोग गरिएको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री र सातवटै मन्त्रालयको कार्यालय पूर्वाधारले उपयुक्त मानिएका सरकारी भवनमा राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रमेशप्रसाद शिवाकोटीले बताए […]