+
+

लुम्बिनीको पाँचौं अधिवेशन बोलाउने प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १८:०७

८ पुस, बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।

‘पाँचौ अधिवेसन आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ’ मन्त्री पन्थीले भने,‘अव सदन चल्छ र नियमित छलफल हुन्छन्।’

भदौ ३१ गते चौथो अधिवेसन अन्त्य भएको थियो। साढे तीन महिनापछि पाँचौं अधिवेसनको बैठक बस्न लागेको हो।

यस्तै बैठकले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?