Comments Add Comment

प्रेमबहादुर आले

List Grid
मन्त्रीले घुस दिन खोज्नेको नाम लुकाउँदा आशंका : वन प्राविधिक संघ

२० फागुन, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको भनी दिएको अभिव्यक्तिप्रति नेपाल वन प्राविधिक संघले विरोध जनाएको छ । संघका अध्यक्ष कुमुद श्रेष्ठ र महासचिव बसन्तबाबु श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर मन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले भ्रष्टाचारजन्य कुरा हुँदा उजुरी गर्नुपर्नेमा प्रचारवाजी गरेको […]

वनमन्त्री आलेको दाबी : एक अर्बको प्रलोभन देखाए

१८ फागुन, काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी गरेका छन् । मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषदममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न आर्थिक प्रलोभन आएको बताएका हुन् । ११ माघमा बसेको मन्त्रिपरिषद् […]

पशुपति आर्यघाटमा निःशुल्क दाउरा उपलब्ध गराइन्छ : मन्त्री आले

१७ फागुन, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक दुईदिने राष्ट्रिय गोष्ठीको उद्घाटन समारोहमा बोल्दै मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका हुन् । दाह संस्कारका […]

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज

१४ माघ, काठमाडौं । सरकारले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए । मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई […]