Comments Add Comment

बुटवल उपमहानगरपालिका

List Grid
मेयरलाई मुक्का हान्ने युवकलाई ५ दिन हिरासतमा राख्न अनुमति

६ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का हान्ने ज्योतिनगरका गणेश पंगेनीविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धान सुरु गरेको छ । सोमबार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो अवलोकन गर्न गएका बेला मेयर सुवेदीमाथि पंगेनीले मुक्का हानेका थिए । त्यसै दिन साँझ पक्राउ परेका पंगेनीलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन […]

पहिरो र नदी कटानबाट विस्थापितको घरभाडा बुटवल उपमहानगरले तिरिदिने

६ असोज, बुटवल । पहिरो र नदी कटानका कारण विस्थापित हुन पुगेका अति विपन्न परिवारलाई बुटवल उपमहानगरपालिकाले तत्कालका लागि घरभाडा तिरिदिने निर्णय गरेको छ । बुटवल–३ ज्योतिनगर क्षेत्रमा पहिरोबाट र वडा नम्बर ११ बुद्धनगरमा नदी कटानबाट विस्थापित भएका परिवारलाई वडा कार्यालयको सिफारिसका आधारमा घर भाडा रकम दिने निर्णय भएको हो । हालैको अविरल वर्षापछि आएको […]

बुटवलका मेयरलाई मुक्का हान्ने युवक पक्राउ

४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिए । उनले सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका […]

मेयरमाथि हातपात गर्नेलाई कारबाही गर्न माग

४ असोज, काठमाडौं । बुटवल उपमहानगरपालिकाले नगर प्रमुख शिवराज सुवेदीमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । सोमबार विहान वर्षापछि भूस्खलन भइ बस्ती जोखिममा परेको थाहा पाएपछि मेयर सुवेदीसहितको टोली ज्योतिनगर पुगेको थियो । त्यस क्रममा स्थानीय गणेश पंगेनीले मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । बुटवल उपमहानगरपालिकाले नगर प्रमुखमाथि भएको उक्त घटनामा संलग्न […]

बुटवलको मुख्य सडकमा खाल्डैखाल्डा

१४ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकामा पर्ने सिद्धार्थ राजमार्गको ट्राफिकचोक, अस्पताललाइन, मिलनचोक र राजमार्ग चौराहा क्षेत्रको सडकमा हिजोआज खाल्डैखाल्डा छन् । यही सडक भएर दिनहुँ प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि सांसदहरु आवतजावत गर्छन् । तर बुटवलको सबैभन्दा बढी सवारी चाप हुने यो सडक मर्मत सम्भारमा कुनै निकायले ध्यान दिएको छैन । खाल्डाखुल्डीका कारण मोटरसाइकल र साना सवारी […]

बुटवल उपमहानगरपालिका-१८ का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

२२ असार, बुटवल । बुटवल उपमहानगरपालिकाका एक वडाध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुटवल–१८ का वडा अध्यक्ष ७२ वर्षीय हुमनाथ आचार्यको उपचारका क्रममा काठमाडौँमा सोमबार बिहान मृत्यु भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए । कोरोना संक्रमण पुष्टी भएपछि आचार्यको बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएको थियो । एक हप्ताअघि परिवारले उनलाई […]

बुटवल उपमहानगरको बजेट साढे २ अर्ब ५३ करोड

१० असार, बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब ५३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख गुमादेवी आचार्यले चालुतर्फ ३९.७७ प्रतिशत र पुँजीगत खर्च ५९.९८ प्रतिशत हुनेगरी उक्त बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा आन्तरिक स्रोतबाट ७१ करोड २५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ । […]

बुटवलमा बहुतले भवन बनाउन नयाँ मापदण्ड

११ चैत, बुटवल । बुटवल उपमहानगरपालिकाले बहुतले भवन बनाउन पाइने गरी भवन निर्माण सम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७, ४३, ४४ समेतले दिएको अधिकार प्रयोग गरी बुटवल उपमहानगरपालिकाले भवन निर्माण सम्बन्धी मापदण्ड, २०७७ बनाएको हो । भवन निर्माण सम्बन्धी मापदण्ड २०७४ लाई खारेज गर्दै उपमहानगरका १९ […]

शीतलहरका कारण बुटवलका विद्यालय बन्द

९ माघ, बुटवल । शीतलहरका कारण अत्यधीक चीसो बढेपछि अत्याधिक बढेपछि तीन दिनसम्म विद्यालयहरु बन्द गर्न बुटवल उपमहानगरपालिकाले निर्देशन दिएको छ । बिहीबार विहानदेखिको शीतलहर र अत्यधिक चिसोका कारण लुम्बिनी प्रदेशका तराई क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ । चिसो बढेसँगै विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र पढाइ प्रभावित हुने भएकाले बुटवल उपमहानगरपलिकाले माघ […]

बुटवलमा थप एकजना कोराना संक्रमितको मृत्यु

२४ कात्तिक, काठमाडौं । रुपन्देहीको बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१७ निवासी ४५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान ६ बजे लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि शनिबार अस्पताल भर्ना भएका उनलाई शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक कलेजो […]

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१४ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार मृत्यु भएको हो । कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे […]

दुई बिघा ऐलानी जग्गाको ‘अवैध बिक्री’ छानबिन गर्न माग

१४ असोज, बुटवल । बुटवल उपमहानगरपालिका वडा नंं. १७ का दुई सरकारी विद्यालयले दुई बिघा जग्गा अवैधरुपमा बिक्री गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले छानबिन गर्न माग गरेको छ । मोतिपुर मावि र जनशक्ति प्राविले भोगचलन गर्दै आएको ऐलानी जग्गा विद्यालयको खर्च चलाउने नाममा विद्यालय व्यवस्थापन समितिहरुले २०६५ सालदेखि पटक–पटक गरेर अवैधरुपमा बिक्री गरेकाले […]

डायलासिस गराउनुपर्ने बिरामीको निःशुल्क पीसीआर परीक्षण

२० भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाले मिर्गौलाको डायलासिस गराउने बिरामीको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । डायलासिस गराउनु अघि कोरोना संक्रमण भए/नभएको यकिन गरिने भएकाले उपचारमा सहज होस् भनेर उपमहानगरले नै निःशुल्क परीक्षण सुरु गरेको हो । बुटवलमा स्थायी बसोबास गर्ने, उपचारका लागि आएका वा बुटवलमै डेरा गरेर बस्दै आएका मिर्गौलाका सबै बिरामीहरुलाई कोरोना […]

कोरोना संक्रमितको मनोबल बढाउन बुटवलमा ‘होम भिजिट’ अभियान

४  भदौ, बुटवल । देशका कतिपय स्थानमा कोरोना संक्रमितको घरमा ब्यानर राखिदिने, दुर्व्यवहार–अपहेलना गरेका समाचार आइरहेका छन् । तर, रुपन्देहीको बुटवल उपमहानगरपालिकाले भने कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकाहरुको घरमै गएर भेटेर हौसला दिने अभियान चलाएको छ । आयुर्वेद औषधि र स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र बोकेर मेयरसहितको टोली संक्रमितहरुको घरमै पुगेर भेट्ने कामको […]

कर्मचारीमा कोरोना देखिएपछि बुटवल उपमहानगरमा अत्यावश्यकबाहेकका सेवा बन्द

३२ साउन, बुटवल । बुटवल उपमहानगरपालिकाका चारजना कर्मचारीमा कोारेना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ । आइतबार नगरपालिकाका तीनजना अधिकृत तहका कर्मचारीमा र शनिबार एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरका चारजना कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकामा सबैलाई प्रवेश निषेध गरिएको छ […]

बुटवल उपमहानगरले घर भत्काइदिएर अन्याय गरेको गुनासो

२३ साउन,बुटवल । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा बुटवल उपमहानगरपालिकाले डोजर लगाएर घर भत्काइएका व्यक्तिले आफू अन्यायमा परेको भन्दै गुनासो गरेका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका बुटवल-९ निवासी खिमबहादुर हमालको घरमा उपमहानगरले बुधबार बिहान ६ बजे सुरक्षा घेरामा डोजर चलाएर भत्काइदिएको थियो । हमालले बिहीबार पत्रकार सम्मेलन गरी उपमहानगरपालिकाले न्यायालयको अन्तिम […]

बुटवल उपमहानगरले घर भत्काइदिएकामा कांग्रेस नेता खाँडको आपत्ति

२१ साउन, बुटवल । अदालतमा पेशी तोकिएको दिन बिहानै बुटवल उपमहानगरपालिकाले विवादित घरमा डोजर चलाएर भत्काएकामा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले आपत्ति जनाएका छन् । उपमहागरको निर्देशनमा साविक वडा नं ११ (हाल वडा नंं. ९) कालिकापथमा रहेको खिमबहादुर हमालको घर बुधबार बिहानै सुरक्षा घेरामा भत्काइएको थियो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका रुपन्देहीका […]

मुद्दाको सुनुवाइ हुनु अगावै बुटवल उपमहानगरले भत्काइदियो घर 

२१ साउन, बुटवल । अदालतले सुनुवाई गर्ने म्याद तोकेकै दिन बिहानै बुटवल उपमहानगरपालिकाले निवेदकको घरमा डोजर चलाएर भत्काइदिएको छ । उपमहागरको वडा नं. ९ र ११ मा पर्ने कालिकापथमा रहेको खिमबहादुर हमालको घर बुधबार बिहानै सुरक्षा घेरामा भत्काइएको हो । सडक बिस्तार योजनामा चित्त नबुझी हमालसहितका केही स्थानीय  अदालत पुगेका थिए । अदालतले आज (बुधबार) […]

भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकजनामा कोरोना संक्रमण

१३ साउन, बुटवल । बुटवलमा होम क्वारेन्टिनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १३ स्थित आफ्नै घरमा बसेका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगगै बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या २० पुगेको छ । बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहका अनुसार ती पुरुष भारतबाट रुपन्देहीको […]

मानवसेवा आश्रमलाई बुटवल उपमहानगरद्वारा साढे ३१ लाख सहयोग घोषणा

२६ माघ, बुटवल । बुटवल उपमहानगरपालिकाले मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । उपमहानगरपालिकाका तर्फबाट उपप्रमुख गुमादेवी आचार्यले ३१ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिने घोषणा गरेकी हुन् । बुटवलमा मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन ज्ञानविज्ञान महायज्ञ सचालन भइरहेको छ । महायज्ञस्थलमा उपप्रमुख आचार्यको […]

बुटवलमा गर्भवती र सुत्केरीलाई घरमै पोषण र ‌‍औषधि

२२ माघ, बुटवल । बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरुमार्फत आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा सञ्चालन भएपछि सेवाग्राहीको आकर्षण बढेको छ । सरकारी तबरका स्वास्थ्य संस्थामा सेवाग्राही विश्वस्त हुन नसकेको र सेवाप्रवाह पनि प्रभावकारी नभएका गुनासा आइरहेका बेला बुटवलमा भने सरकारीमै सेवा लिनेको संख्या उल्लेख्य छ । बुटवल उपमहानगरका १९ वटै वडाहरुमा मेडिकल अफिसर र […]