Comments Add Comment

माओवादी केन्द्र

List Grid
गठबन्धन भत्काउने प्रयास भैरहेकै छ : प्रचण्ड

९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भैरहेको बताएका छन् । संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको बताए । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘गठबन्धन टुटाउने प्रयास […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीबारे छलफल हुने

६ साउन, वीरगञ्ज । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बोलाइएको हो । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने शाहले बताए । शेरबहादुर देउवा नेतृत्वको […]

एमसीसी जस्ताको तस्तै पारित हुँदैन : प्रचण्ड

४ साउन, काठमाडौं । वर्तमान सरकारको एक प्रमुख साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले एमसीसीलाई नेपालको राष्ट्रिय हित अनुकुल कति पारिमार्जन र संशोधन गर्न सकिन्छ, त्यो हेर्नुपर्ने बताए । उनले एमसीसीका सम्बन्धमा […]

प्रधानमन्त्रीलाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । आज अपरान्ह  ४ बजे आह्वान गरिएको संसद अधिवेशनमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ। त्यसैमा केन्द्रित […]

माओवादी संसदीय दलको बैठक जारी

३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न माओवादी दलको बैठक बसेको हो । बैठकमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैका सांसदहरु छन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार अपराह्न बस्ने संसद बैठकमा विश्वासको […]

प्रदेश २ मा माओवादीलाई आन्तरिक मामिला मन्त्रालय, आजै शपथ

२ साउन, जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा (माओवादी केन्द्र)ले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाउने भएको छ । माओवादी सरकारमा सहभागी हुने भएपछि सरकारको नेतृत्व गरेको जनता समाजवादीको उपेन्द्र यादव समूहले एक मन्त्री र एकजना राज्यमन्त्रीलाई राजीनामा गराएको । आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र अर्का राज्यमन्त्री सरोज सिंहले मुख्यमन्त्री लालबाबु राउतलाई […]

प्रदेश २ को मन्त्रिपरिषद् आज विस्तार हुँदै, माओवादी सहभागी हुने

२ साउन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज शनिबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र […]

उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने माओवादी केन्द्रको प्रस्ताव

२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा जोड दिएका हुन् । सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्नेमा समेत नेताहरुले जोड दिएका छन् । पार्टीबाट सरकारमा […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

२९ असार, काठमाडौं । सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीबारे निर्णय गर्ने एक नेताले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैछन् । आजै विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको […]

माओवादीको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीबारे छलफल हुने

२९ असार, काठमाडौं । सरकारमा पठाउनेबारे मन्त्रीबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । बैठक केहीबेरपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । बैठकले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने र […]

माओवादी केन्द्रबारे छिटो निर्णय गर्न पूर्व माओवादी नेताहरुको माग

२५ असार, काठमाडौं । नेकपा एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न दिएको निवेदनबारे छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरु बहादुर भवन पुगेर प्रमुख आयुक्त दिनेश थपलिया लगायतलाई भेटेका हुन् । उनीहरुले माओवादी केन्द्रको […]

माओवादी केन्द्रविरुद्ध उजुरी दिने एमाले नेताहरुको तयारी

२३ असार, काठमाडौं । माओवादी छाडेर नेकपा एमालेमा लागेका कारण पदमुक्त भएका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । २०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा (बादल) समूहले आयोगमा उजुरी दिन लागेका हुन् । सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल […]

माओवादी नेत्री भुसाललाई मातृ शोक

२१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेत्री पम्फा भुसाललाई मातृ शोक परेको छ । नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा आज बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । इन्द्रकलाको […]

प्रदेश-१मा माओवादीले चल्न दिएन प्रदेशसभा बैठक

२० असार, विराटनगर । प्रदेश-१ प्रदेशसभाको बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ । आइतबार बसेको १६औं प्रदेशसभा बैठक माओवादी केन्द्रले अवरुद्ध गरेको हो । माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । बजेटमाथिको छलफल चलिरहेको प्रदेशसभा बैठकमा गत आइतबार प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ गृह जिल्ला […]

मन्त्रीले माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रद्वारा प्रदेशसभा बैठक अवरुद्ध

१४ असार, विराटनगर। भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले प्रदेश-१ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ । आइतबारको प्रदेशसभा बैठकमा मन्त्री गुरुङले माओवादी केन्द्रका सांसद मोहनबहादुर खड्कालाई व्यक्तिगत गालीगलौच गरेको भन्दै माफी माग्न माग गरेको हो । माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मंगलबार दिउँसो […]

माओवादीबाट जितेका गाउँपालिका अध्यक्ष एमालेको जिल्ला सचिव

१२ असार, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पार्टी परित्याग गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गुप्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमालेले उनलाई जिल्ला सचिवको जिम्मेवारी दिएको छ । नेकपा एमालेको प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले असार १० गते प्रदेश २ का ५ जिल्लाको अध्यक्ष तथा […]

माओवादीबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

११ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् […]

माओवादी केन्द्रले निष्कासनको कारबाहीबारे आयोगलाई दियो जानकारी

७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले दल त्याग गरेका १७ केन्द्रीय सदस्य र १४ जनप्रतिनिधिलाई निष्कासन गरी निर्वाचन आयोगमा जानकारी गराएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई निष्कासनको कारबाही गरेको हो । सो निर्णयसहित सोमबार दिउँसो दल दर्ता किताबमा रहेको विवरण सच्याउन आयोगमा पत्र पठाएको उनले […]

माओवादी केन्द्रीय समितिको बैठक : दल बदल गरेकालाई निष्कासन गर्ने निर्णय

७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले दल बदल गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने औपचारिक निर्णय गरेको छ । सोमबार भर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिएको हो । माओवादी केन्द्रबाट चुनाव जितेका र पछि एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि छन् । […]

९९ केन्द्रीय सदस्य थप्दै माओवादी, ४० वर्षमुनिका युवालाई प्राथमिकता

७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने माओवादीको तयारी छ । एमालेसँगको पार्टी एकता सर्वोच्चले भङ्ग गरिदिएपछि माओवादी हाल नयाँ सङ्गठन निर्माणको तयारीमा छ । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने उल्लेख छ । […]

प्रदेश-१ सरकारबाट माओवादीले लियो समर्थन फिर्ता

२३ जेठ, विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश-१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशसभाको बजेट अधिवेशनको अघिल्लो दिन माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायम थियो । तर आइतबारबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपनि प्रदेश १ को सत्ता समीकरणमा […]