Comments Add Comment

मिर्गौला प्रत्यारोपण

List Grid
मानव शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न अमेरिकी चिकित्सक सफल

७ कात्तिक, काठमाडौं। मानव शरीरमा  सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न अमेरिकी चिकित्सक सफल भएका छन्। उक्त सफलतासँगै अ‌ंगदानमा देखिएको अभाव पूर्ति हुने चिकित्सकहरुले विश्वास लिएका छन् । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति ब्रेन डेडु अर्थात् मस्तिष्कले काम नगर्ने बिरामी समेत थिए । यसको अर्थ उनी पहिलादेखि नै जीवन रक्षक उपकरणको सहारा लिएका व्यक्ति थिए । बिरामीको […]

मिर्गौला प्रत्यारोपण सेवालाई सहज बनाउन संसदीय समितिको निर्देशन

६ असोज, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला प्रत्यारोपण सेवालाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ‘मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो हुने व्यवस्था गर्न’ निर्देशन दिएको हो । बैठकले ‘डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न, मिर्गौला फेल हुनुको कारण र मिर्गौलासम्बन्धी […]

झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

२० साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको पारिवारिक स्रोतले जनाएको छ । खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या थियो ।

गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका एक व्यक्तिले जिते कोरोना

५ जेठ, गुल्मी । गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका एक व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छ । रेसुङ्गा नगरपालिका–४ अर्खलेका ३८ वर्षीय युवराज भण्डारीले कोरोना जितेका हुन् । २०७२ सालमा मिर्गौला प्रत्यारोपण गरेका भण्डारीले दरिलो आत्मबलले नै कोरोना जित्न सफल भएको बताए । कोरोना संक्रमित भएको बेला परिवार आफन्त तथा साथीभाइहरुको हौसला नै मुख्य औषधि हुने […]

अवैध मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता ! असई पक्राउ

२८ असार, काठमाडौं । अवैध मिर्गौला प्रत्यारोपणको घटनामा प्रहरीको पनि संलग्नता पाइएको छ । यस घटनामा संलग्नताको आरोपमा प्रहरीले गुल्मी रेसुंगा नगरपालिका २ का प्रहरी सहायक निरीक्षक (असई) भीमप्रसाद ढकाललाई र यसअघि पनि मिर्गौला तस्करीमा मुछिएका निलम्बित प्रंहरी नायव निरीक्षक (सई) योगेन्द्रराज थपलिया पक्राउ परेका छन् । थपलिया यसअघि २०७६ साउनमा काभ्रे बाङ्थलीका विष्णु खड्काको […]

प्रधानमन्त्री ओलीलाई आईसीयूमा सारियो

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । प्रत्यारोपण सफल भएसँगै उनलाई अहिले आईसीयूमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

अवैध मिर्गौला प्रत्यारोपण प्रकरण : निदानका चिकित्सकसँग ‘अस्वाभाविक’ संवाद

१९ कात्तिक, काठमाडौं । निदान अस्पताल, पुल्चोकमा गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरिएको विषयमा प्रहरीले अनुसन्धान सकेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी) ले मंगलबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो । ब्युरोका एसपी गोविन्द थपलियाले अनुसन्धान प्रतिवेदन बुझाइएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन […]

पूर्वगाविस अध्यक्षलाई ‘नक्कली भाञ्जा’को मिर्गौला प्रत्यारोपण !

२९ असोज, काठमाडौं । निदान अस्पताल, पुल्चोकमा साउन तेस्रो साता गैरकानूनी ढंगले मिर्गौला प्रत्यारोपण भएको गाइँगुइँ चल्यो । अस्तपालका केही नर्सले पनि लिने दिनेको सम्बन्ध ‘शंकास्पद’ भएको प्रशासनलाई जानकारी गरायो । तर प्रशासनले त्यसलाई सुनेको नसुने झै गर्‍यो । नेपाल प्रहरीको अनुसन्धानले नक्कली कागज बनाएर मिर्गौला लिएको खुल्यो र, अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ), डाक्टरसहित […]