Comments Add Comment

मिलन पाण्डे

List Grid
जसपाकै बाटोमा विवेकशील साझा

२१ भदौ, काठमाडौं । परम्परागत पार्टीहरू असफल भएको भन्दै वैकल्पिक राजनीतिको बाटो अंगालेको विवकेशील साझा पनि पुरानै दलहरू जस्तै आन्तरिक कलहमा फसेको छ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि सिर्जना भएको विवाद अहिले समानान्तर गतिविधि सञ्चालनसम्म पुगेको छ । र, तत्काल दुवै पक्षबीच सहमति हुने सम्भावना […]

मिश्रले कारबाहीको चेतावनी दिनु हास्यास्पद : संयोजक पाण्डे

२० भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले नेताहरुलाई विभिन्न आरोप लगाउँदै कारबाहीको चेतावनी दिनु हास्यास्पद भएको बताएका छन् । मिश्रले नै पार्टीको विधान र घोषणापत्र विपरीत काम गरिरहेको उनको आरोप छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संयोजक पाण्डेले पार्टीको विधान र घोषणापत्रमा टेकेर गरिने कुनै पनि गतिविधि […]

न्याय तथा सुशासन आयोग बनाउन प्रक्रिया थाल्ने पाण्डे पक्षको निर्णय

१७ भदौ, काठमाडौं । विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया थाल्ने निर्णय गरेको छ । त्यसका लागि कार्यविधि आवश्यक पर्ने भएकाले सचिवालय सदस्य आशुतोष तिवारीको संयोजकत्वमा मस्यौदा समिति बनाउने निर्णय भएको सञ्चार विभाग उपप्रमुख हरिश भट्टले बताए । विवेकशील साझामा कसैलाई कारबाहीको निर्णय गर्नु परे न्याय तथा सुशासन […]

रवीन्द्र मिश्रलाई मिलन पाण्डेको प्रश्न – हामी ठूलो कि पार्टी ?

१६ भदौ, काठमाडौं । विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बैंठक स्थगित गर्न माग गर्दै पार्टी केन्द्रीय समितिमा इमेल पठाएका छन् । अध्यक्ष मिश्रले पार्टी विधान र घोषणापत्र विपरीत मार्ग परिवर्तन गरेको र एजेन्डाकै छलफलमा हुँदा एकलौटी बैठक बोलाएकोले बैठक स्थगित गर्न पुन: माग गरेका छन् । अध्यक्ष रवीन्द्र मिश्रलाई अन्तिम आग्रह भनेर पठाइएको इमेलमा […]

विवेकशील साझा : फुट्न पनि गाह्रो, जुट्न पनि गाह्रो

१४ भदौ, काठमाडौं । अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक प्रतिवेदन नआएको भए विवेकशील साझा पार्टीका नेता कार्यकर्ता अहिले एकता महाधिवेशनको तयारीमा जुटिरहेका हुन्थे । चुनावसम्मको एजेण्डाबारे आन्तरिक छलफल र बैठक चलिरहेको हुन्थ्यो । तर मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि पार्टीको औपचारिक बैठक र छलफल अहिले ठप्प […]

रवीन्द्र मिश्रले बोलाए केन्द्रीय कमिटी बैठक, पाण्डेको आपत्ति

१४ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको जानकारी दिएका छन् । तर अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै […]

वैकल्पिक राजनीतिमा मिश्रको ‘एम्बुस’, ‘डिफ्युज’ गर्ने प्रयासमा नयाँ पुस्ता 

२१ साउन, काठमाडौं । परम्परागत राजनीतिको बनिबनाऊ बाटो छाडेर वैकल्पिक राजनीतिको गोरेटो कोर्ने बाँझो जमिन खन्न तम्सिएका ‘परिपक्व’ भनिएका अभियन्ताहरूले छोटै समयमा हार खाएका छन् । केहीले बाटो बदलेका छन् भने केहीले बाटो छाडेका छन् । सामान्यतः परम्परागत राजनीतिभित्रै विकल्प खोज्ने बाटो राजनीतिक विकल्प हो भने राजनीतिका आम चरित्रमा रुपान्तरण खोज्न नयाँ बाटो हिंड्ने अभ्यासलाई […]

रवीन्द्र मिश्रलाई पाण्डेसहित ४ नेताको काउन्टर : उल्टो हिँडेर अगाडि बढिँदैन

१९ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको दस्तावेजलाई काउन्टर दिँदै चार नेताले नयाँ प्रस्ताव ल्याएका छन् । प्रस्तावमा जनआन्दोलनको उपलब्धीलाई उल्ट्याउने आफूहरुको कार्यभार नभएको भनिएको छ । ‘लोकतन्त्रमाथि प्रश्न गर्दै हिँड्नु र शाहीतन्त्रका पाउमा वैकल्पिक राजनीतिलाई समर्पित गर्नु हाम्रो कार्यभार होइन’ प्रस्तावमा भनिएको छ, ‘गणतन्त्रभन्दा राजतन्त्रलाई राम्रो भनेर असंगत तर्कहरुलाई मलजल गर्नु […]

रवीन्द्र मिश्रको काउन्टरमा पाण्डेसहित ४ नेताले ल्याए अर्को प्रस्ताव (पूर्णपाठसहित)

१९ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको विपक्षमा संयोजक मिलन पाण्डेसहितका नेताहरुले अर्को प्रस्ताव ल्याएका छन् । पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाको नामबाट नयाँ प्रस्ताव सार्वजनिक गरिएको हो । ‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकको प्रस्तावमा अध्यक्ष मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने […]

प्रतिगमन स्वीकार्दैनौं, कमल थापाजीहरू खुसी हुन जरुरी छैन : मिलन पाण्डे

१४ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीलाई सफल बनाउन स्पष्ट नीति तथा कार्यक्रमहरू सहितको दस्ताबेज ल्याउने र केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्ने बताएका छन् । अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमत संग्रहको प्रस्ताव सार्वजनिक गरेपछि राजनीति संयोजक पाण्डेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘मलाई धेरै साथीहरूले अब पार्टी […]

नेता बचाउन चन्दा उठाउँदै जनता !

१५ जेठ, काठमाडौं । हाम्रो देशमा नेतागिरी आफैमा यस्तो अलोकप्रिय ‘पेशा’ हो, जसले सधै गालीमात्र खान्छ । नेताले यस्तो बेला प्रशंसक कमाउँछ जतिबेला उ शक्तिमा पुग्छ, आफ्ना मतदातालाई राज्यकोषबाट अनेक शीर्षकमा लाभ दिन सुरु गर्छ । तर, कहिल्यै लाभको पदमा नपुगेको, कहिल्यै चुनाव नजितेको र धेरै कार्यकर्ता पनि नभएको सानो दलको एउटा नेताप्रति मानिसहरुको अनौठो […]

साझा र विवेकशीलको एकता : रवीन्द्र अध्यक्ष र मिलन संयोजक बन्ने ‘समझदारी’

१५ मंसिर, काठमाडौं । साझा र विवेकशील पार्टीबीचको एकता प्रक्रिया टुंगोमा पुग्न आँटेको छ । प्राय विषयहरुमा सहमति भएर एकता घोषणाको अन्तिम तयारी भइरहेको दुवै दलका नेताहरुले बताएका छन् । एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी गत असारदेखि फेरि एकता प्रयासमा फर्केका थिए । साझाले केन्दि्रय कमिटीबाट एकता प्रस्ताव पारित गरेको छ […]

विवेकशील नेपाली दलको अध्यक्षमा पाण्डे निर्वाचित

२९ असोज, काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दलको निर्वाचनमा पाण्डे ५८ प्रतिशत मत पाएर विजयी भएका हुन् । करिव ५ प्रतिशत मत नो भोटमा खसेको छ भने बाँकी शिवप्रसाद थापाले पाएका छन् । महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका छन् । उपाध्यक्ष, […]