Comments Add Comment

मेगा बैंक

List Grid
दाङको लमहीमा मेगा बैंकको शाखा विस्तार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दाङको लमहीमा आफ्नो शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गत दाङको लमही नगरपालिका–५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसँगै बैंकको शाखा संख्या २०० पुगेको छ । यसै आर्थिक वर्षमा १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको बैंकले जनाएको छ । निकट भविष्यमै थप ३ वटा शाखा […]

मेगा बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा छुट

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने भएको छ । मेगा बैंक र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ […]

साना विद्युतीय यातायात व्यवसायीलाई मेगा बैंकको सहुलियत कर्जा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता […]

मेगा बैंकका ग्राहकलाई ओम अस्पतालमा छुट

११ भदौ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम […]

मेगा बैंकको मूनाफा ४५ प्रतिशतले बढ्यो

२९ साउन, काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ३० करोड रुपैयाँ खुद मूनाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.१६ प्रतिशतले खुद नाफा बढाएको हो । अघघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ५८ करोड रुपैयाँमात्रै कमाएको थियो । १४ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको मेगा बैंकको वितरण […]

मेगा बैंकले कृषकलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने

१० वैशाख, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । नेपालको अर्थतन्त्रको अभिन्न अंगका रुपमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले क्यूआर कोड सुविधालाई तीब्रताका साथ विस्तार गरिरहेको मेगा बैंकले जनाएको छ । यसैक्रममा कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रबर्द्धन गर्न मेगा […]

मेगा बैंक र भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता

८ वैशाख, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर […]

जोरपाटीको तरकारी बजारमा मेगा बैंकको क्यूआर कोड सेवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ विस्तार गरिरहेको छ । नगदरहित कारोबारलाई क्रमशः विस्थापन गरी डिजिटल भुक्तानीलाई प्रवर्धन गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले काठमाडौंको जोरपाटीस्थित विश्रान्ती होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन […]

धनगढीमा रिक्सा चढ्ने यात्रुले अब क्यूआर कोड स्क्यान गरेर भाडा तिर्न सक्ने

२९ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरु खुसी भएका हुन् । नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन […]

मेगा बैंकले उपलब्ध गरायो मृतकका परिवारलाई बिमा बापतको ७ लाख रुपैयाँ

९ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बिमा बापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बिमा बापतको सात लाख रुपैयाँ प्रदान गरेको हो । […]

गोलभेंडा उत्पादक कृषकलाई मेगा बैंकको सहुलियत कर्जा

८ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार, कर्मा समूहको सिफारिसमा […]

मेगा बैंक बन्यो एसियाली विकास बैंकको साझेदार बैंक

५ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको हो । दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमुलक उद्योग व्यवसायलाई प्रबर्द्धन गर्ने उद्देश्यले […]

मेगा बैंकका ग्राहकलाई फूडमाण्डुमा १५ प्रतिशत छुट

५ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फूडमाण्डुमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् । फूण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको सञ्चालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैंयासम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो । यस अभियान अन्तरगत मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डूको […]

गागलफेदी यातायातमा मेगा बैंकको क्युआर कोड

मेगा बैंक नेपालले गागलफेदी यातायातद्वारा संचालित यात्रुबाहक बसहरुमा क्युआर कोड संचालन गरेको छ । बैंकले यात्रुहरुको क्युआर कोडमार्फत भाडा भुक्तानीको सुविधा मिलाएको हो । बैंकले विशेष कार्यक्रम मार्फत मेगा बैंक र गागलफेदी यातायातबीच क्यूआर कोडबाट भाडा भुक्तानी ब्यवस्थाको शुभारम्भ गरेको हो । कार्यक्रममा मेगा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी […]

भ्रामक समाचार प्रशारण भएको भन्दै मेगा बैंकको स्पष्टीकरण

मेगा बैंक नेपाल लिमिटेडले आफूलाई जोडेर एक टेलिभिजनबाट प्रसारित खबरप्रति गम्भीर आपत्ति जनाएको छ । सत्यतथ्यलाई बङ्ग्याई भ्रामक, झुट्टा र काल्पनिक सामाग्री तयार गरी जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेडसँग असम्बन्धित व्यक्तिलाई अगाडि सारेर सुनियोजित ढंगबाट अत्यन्तै पूर्वाग्रही, तथ्यहीन र व्यक्तिगत एवं संस्थागत चरित्रहत्या गरेको भन्दै बैंकले आपत्ति जनाएको छ । बैंकले […]

टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा

मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था मिलाएको हो । डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले […]

इन्जिनियरहरुलाई मेगा बैंकको विशेष सुविधा

मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारी अनुसार इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन् । खाता खोल्दा १० लाख […]

मेगा बैंक र धादिङ्ग उद्योग वाणिज्य संघबीच सहकार्य

मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ तथा मेगा क्यापिटल मार्केटस्सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा मेगा बैंक नेपाल लिमिटेड बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटस्का तर्फबाट सोमबार हस्ताक्षर भयो । यो […]

कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबारका दिनदेखि शाखा सञ्चालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो । मेगा बैंकको यो २०७ औं शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् । अहिले उपत्यका र उपत्यकाबाहिर […]

मेगा बैंकले सुरु गर्यो अत्याधुनिक भर्चुअल सहायता सेवा

२ माघ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता शुभारम्भ गरेको छ । ग्राहकहरुलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट/सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाहरुको पनि सम्बोधन गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा प्रारम्भ गरेको हो । छोटकरीमा ‘मिभा’ नामाकरण गरिएको यो सेवा इन्टरनेटको पहुँचमा […]

मेगा बैंकको १०औं वाषिर्क साधारणसभा : १३.०५ प्रतिशत लाभांश पारित

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौँमा बुधबार सम्पन्न मेगा बैंकको दशौं बाषिर्क साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव ०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार […]