Comments Add Comment

यमलाल कँडेल

List Grid
फ्लोर क्रस राजनीतिक अपराध हो : यमलाल कँडेल

३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले पार्टीका जिम्मेवार नेताहरुले नै राजनीतिक अपराध गरेको प्रतिक्रिया दिएका छन् । शुक्रबार कर्णाली प्रदेशसभामा नेकपा एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि कँडेलले ती सांसदप्रति आक्रोश पोखेका हुन् । नेता कँडेलले जिम्मेवार नेताबाटै यस्तो क्रियाकलाप हुने […]

एमालेको समस्यामा परको साथीको ‘दिलचश्पी’ देखियो : कँडेल

३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलले आफ्नो दलको समस्यामा रूची नदेखाउन अन्य दललाई आग्रह गरेका छन् । प्रदेशसभा अधिवेशनको पहिलो दिनको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता कँडेलले आफ्नो पार्टीमा सांगठनिक समस्या रहेको स्वीकार गरे । उनले भने, ‘त्यसमा हाम्रो रूची हुनुपर्ने हो, तर अलि परको साथीको […]

अधुरै रहृयो मुख्यमन्त्री फेर्ने चाहना !

१ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट आएका नेताहरुलाई प्रदेशको विवाद पार्टी केन्द्रको विषय भएको प्रष्ट पारिदिएका छन् । यससँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने प्रयास हाललाई असफल भएको छ । यमलाल कँडेलसहित नेकपाका १८ सांसदले मुख्यमन्त्री एवं संसदीय दलका नेता शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता […]

अध्यक्ष प्रचण्डसँग यमलाल कँडेल समूहको भेटवार्ता

३० असोज, काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने यमलाल कँडेल समूहले नेकपा अध्यक्ष पुष्पकमल प्रचण्डलाई भेटेको छ । प्रचण्डलाई भेट्न कँडेल समूह बिहान नौ बजे खुमलटार पुगेको थियो । भेटमा प्रचण्डलाई कर्णालीमा भएको विवादबारे जानकारी गराइएको छ । कँडेलसहित मायाप्रसाद शर्मा र गुलाबजंग शाह खुमलटार पुगेका थिए । मुख्यमन्त्री शाही समूहले […]

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छैन : कँडेल

२९ असोज, काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाभित्रको विवाद छताछुल्ल भयो । दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले थप गतिविधि रोक्न निर्देशन दिँदै मुख्यमन्त्रीसहित प्रदेशका पदाधिकारीलाई काठमाडौं बोलाए । कर्णालीमा मुख्यमन्त्री शाहीप्रति असन्तुष्टि जनाउँदै अविश्वासको प्रस्ताव दर्ता गराउने नेतृत्व केपी ओली पक्षका नेता यमलाल कँडेलले गरेका थिए । प्रदेशको […]