Comments Add Comment

रातो मत्स्येन्द्रनाथ

List Grid
आज रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिँदै

८ जेठ, काठमाडौं ।  ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिने भएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलनअनुसार आज हुने भएको हो । मच्छिन्द्रनाथलाई पाटनबाट बुङ्मती लगिएको चौथो दिनमा कसरी राखिएको छ भन्ने बुझ्न काठमाडौँ उपत्यका तीनै शहरका भक्तजन बुङ्मती आउने चलन रहेको ३२ पानेजु सङ्घका […]

‘फास्ट ट्र्याक’बाट रातो मत्स्येन्द्रनाथको रथयात्रा, के–के प्रक्रिया भएन पूरा ?

४ जेठ, काठमाडौं । कोरोना भाइरस महामारीका कारण यो वर्ष पनि उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा रहेको रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्रै गरिएको छ । रथ निर्माणको काम विधिवत् रुपमा पूरा गर्दैगर्दा कोरोना महामारीको दोस्रो लहरले संकट निम्त्याउन थालेपछि यसका सरोकारवाला निकायहरु यसलाई सांकेतिक रुपमा मात्रै प्रक्रिया पूरा गर्न सहमत भएका थिए । जसले […]

रातो मत्स्येन्द्रनाथको सांकेतिक रथयात्रा दिउँसो साढे २ बजे

१ जेठ, काठमाडौं । शनिबार ललितपुरमा रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने भएको छ । कोरोना महामारीका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गर्न लागिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । शनिबार करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीँ विसर्जन गर्ने तयारी गरिएको महर्जनले जानकारी […]

रातो मत्स्येन्द्रनाथको मूर्तिलाई स्नान गराइयो

१० असार, काठमाडौं । ललितपुरमा बुधबार रातो मछिन्द्रनाथकाे मूर्तिलाई स्नान गराइएको छ । लगनखेलमा मछिन्द्रनाथको मूर्ति राखिएको ठाउँबाट बाहिर निकाली स्नान गराइएको छ । हरेक वर्ष मछिन्द्रनाथको रथयात्राअघि मूर्तिलाई स्नान गराउने प्रचलन छ । मछिन्द्रनाथलाई स्नान गराएका बेला जीवित देवी कुमारीलाई पनि सहभागी गराइएको छ । मछिन्द्रनाथलाई स्नान गराउने दिन सयाैं मानिस सहभागी भएका छन् […]

सम्पदा पुनर्निर्माणमा ठेकेदार होइन, स्थानीयको सहभागिता उत्तम

१७ असोज, काठमाडौं । भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि उपभोक्ता समितिमार्फत् १३० वटाभन्दा बढी मन्दिर, सत्तल, ढुंगेधाराजस्ता संरचनाको पुनर्निर्माण भयो, त्यो पनि कुनै विरोध र होहल्ला विना । त्यही भक्तपुरमा ठेकेदारमार्फत् गराएका कैयौं काममा गुणस्तरहीन सामान प्रयोग नगरेको, कमसल सामान हटाएर नयाँ नराखे, तोकिएको समयमा काम नसकेको लगायतका कारणले सम्पदा संरक्षणमा समस्या देखियो । कतिपय […]

रथलाई पुल्चोकमै छाडेर रातो मत्स्येन्द्रनाथलाई बुंगमती लगियो

२९ भदौ, काठमाडौं । रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती पुर्‍याइएको छ । सोमबार दिउँसोको लागि तय भएको उपयुक्त साइतमा रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती पुर्‍याएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । कोरोना भाइरसका कारण रथायात्रा गर्न नसकेपछि भदौ १९ गते क्षमा पूजा गरिएको रातो मत्स्येन्द्रनाथलाई मंगलबार चोख्याउने र बुधबारदेखि नियमित पूजा गरिने महर्जनले […]

आफूलाई धम्की दिने युवकलाई हिरासत मुक्त गर्न चिरिबाबुको आग्रह

२४ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो ‘टाउको काट्ने’ चेतावनी दिने सञ्जय शाक्यलाई हिरासत मुक्त गर्न प्रहरीलाई आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै महर्जनले रातो मत्स्येन्द्रनाथको रथयात्राको क्रममा भएको झडपको समयमा उत्तेजनामा आएर शाक्यले त्यस्तो धम्की दिएको भन्दै उनलाई हिरासत मुक्त गर्न आग्रह गरेका छन् । भदौ २१ गते […]

रातो मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने साइत २९ गते जुर्‍यो

काठमाडौं । रातो मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने साइत जुरेको छ । सोमबार दैवज्ञ ज्योतिषहरूले रातो मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने साइत भदौं २९ गतेको लागि जुराएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । गत बिहीबार अचानक युवाहरूले रथ तान्ने प्रयासपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको सरोकारवाला निकायहरूको बैठकले शुक्रबार क्षमापूजा गरेर भदौ २२ मा मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने […]

नखःत्या नबोलाउन खलः पुचःहरुको अपील

२० भदौ, काठमाडौं । जातीय खलः पुचःले रातो मत्स्येन्द्रनाथको रथयात्राको अवसरमा नखःत्या नबोलाउन अपील गरेको छ । नेपाल भाषा मंका खल लगायत १९ वटा जातीय खलः पुचःले संयुक्त वक्तव्य जारी गर्दै कोरोनाको जोखिम भएकाले यस वर्ष नखःत्या नबोलाउन रन नखःत्या नजान अपील गरेको हो । कोरोनाका कारण यो पटक रातो मत्स्येन्द्रनाथको रथयात्रा प्रभावित भएको छ […]

सरकारले बेलैमा निकास नदिँदा पाटनमा झडप : राणा

१९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले रातो मछिन्द्रनाथको रथ तान्ने विषयमा पाँच महिनादेखि स्थानीय वार्तामा रहेको तर सरकारले समयमै निकास नदिँदा दुःखद घट्ना घटेको बताएका छन् । ललितपुरमा प्रहरी र स्थानीयबीच बिहीबार भएको झडपबारे राणाले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन । ‘सरकारले समयमै निकास नदिँदा […]

यसरी गरियो मत्स्येन्द्रनाथको क्षमा पूजा

१९ भदौ, काठमाडौं । शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ । बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो । बिहीबारको असामान्य परिपस्थितिलाई […]

अशोभनीय ढंगले रथ तानेकोप्रति मर्माहित छु : चिरिबाबु महर्जन

१९ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बिहीबार कुनै योजनाबिना रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले बिनायोजना अशोभनीय ढंगले रथयात्रा गराइएको घटनाले आफूलाई मर्माहित बनाएको बताएका छन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको करिब ६० टनभन्दा बढी तौल र ५० फिटभन्दा अग्लो रातो मत्स्येन्द्रनाथको […]

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युुवक पक्राउ

१९ भदौ, काठमाडौं । बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरीसँगको झडपमा प्रहरीलाई ढुंगा हान्ने थप एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने युवकलाई शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनी महालक्ष्मी नगरपालिका– १ इमाडोलका २१ वर्षका अनिश महर्जन हुन् […]

कर्फ्युका बीच मत्स्येन्द्रनाथको क्षमा पूजा, भोटोजात्रा नगरिने

१९ भदौ, काठमाडौं । शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ । बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो । बिहीबारको असामान्य परिपस्थितिलाई […]

प्रहरी कुटेको अभियोगमा ९ जना पक्राउ

१८ भदौ, काठमाडौं । ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेका अभियोगमा ९ जना पक्राउ परेका छन् । पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो । त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए । प्रशासनले […]

स्वस्फूर्त रातो मच्छिन्द्रनाथको रथ तान्दा पुल्चोकमा देखिएको तनाव

१८ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण रातो मच्छिन्द्रनाथको रथयात्रा लामो समयदेखि रोकिएको थियो । तर बिहीबार विहानै युवाहरु पुल्चोकस्थित रथ बनाइएको स्थलमा भेला भए, जनस्वास्थ्यका मापदण्ड पालना गरेर रथयात्रा गर्नुपर्ने नारा लेखिएको प्ले कार्ड देखाए । यसले भिडभाड बढ्यो । प्रहरीले भिड भएको भन्दै प्रदर्शन गर्नेहरुलाई हटाउन खोज्दा तनाव भयो । […]

रातो मत्स्येन्द्रनाथको रथ तान्दा झडप, प्रहरीले हान्यो अश्रुग्यास

१८ भदौ, काठमाडौं । युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । अहिले […]

ललितपुरका सीडीओले भने- मत्स्येन्द्रनाथको रथयात्रा रोक्छौं

१८ भदौ, काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाकाबीच सुरु भएको रातो मत्स्येन्द्रनाथको रथयात्रा रोक्ने बताएको छ । बिहीबार बिहान साढे ९ बजेदेखि युवाहरूले स्वतस्फूर्त रूपमा सुरु गरेको रथयात्रालाई तितरबितर बनाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । उनले अनलाइनखबरसँग भने ‘रथयात्रा, जात्रापर्व जस्तो धेरै मान्छे भेला हुने पर्व […]

पटक–पटक अन्योलमा रातो मच्छिन्द्रनाथ रथयात्रा   

९ भदौ, ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ रथयात्रा पुनः अन्योलमा परेको छ । देशभर हरेक दिन कोरोना सङ्क्रमित थपिँदै जाँदा यसै महिनाको तेस्रो सातासम्ममा मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न आवश्यक भएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताए । ‘अबको एक हप्तादेखि १० दिनभित्रमा रथयात्रा गर्ने तयारीका लागि हामी अघि बढ्नुपर्छ । […]

रातो मत्स्येन्द्रनाथको परम्परा तोडियो, रथयात्रा अझै अन्योलमा

१४ साउन, काठमाडौं । रथारोहण गरिएको चौथो दिनभित्रमा रथयात्रा सुरु गरिसक्नुपर्ने रातो मत्स्येन्द्रनाथको परम्परा तोडिएको छ । शनिबार रथारोहण गरेको मत्स्येन्द्रनाथको रथयात्रा बुधबारसम्म पनि गरिएको छैन । जसले हालसम्मको परम्परालाई तोडेको संस्कृतिविद्हरू बताउँछन् । चैत २८ गते पहिलोपटक स्थगित भएको रथ बनाउने काम असार १० देखि सुरु भएको थियो । पटकपटक स्थगित हुँदै अन्योलका बीच […]

रातो मत्स्येन्द्रनाथको रथारोहण साउन १० मै

८ साउन, काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथारोहण साउन १० मा नै गर्ने निर्णय भएको छ । ललितपुर महानगरपालिकामा बिहीबार बसेको गुठी संस्थान, ज्यापु समाज, ज्योतिषहरू लगायतको भेलाले शनिबार नै रथारोहण गर्ने निर्णय गरेको गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख राजन भुजुले जानकारी दिए । बुधबार दिउँसो पनि यही निर्णय भएको थियो । तर संस्थानले कोरोना भाइरसका […]