Comments Add Comment

राष्ट्रिय महिला लिग फुटबल

List Grid
एपीएफकी सरु लिम्बु महिला लिगकाे सर्वाेत्कृष्ट खेलाडी

७ फागुन, काठमाडौं । एपीएफकी सरु लिम्बु राष्ट्रिय महिला लिगकाे सर्वाेत्कृष्ट खेलाडी बनेकी छिन् । एपीएफलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सरुले सर्वाेत्कृष्ट घाेषित हुँदै स्कुटर प्राप्त गरिन् । एपीएफले शुक्रबार लिगकाे अन्तिम खेलमा आर्मीलाई ३-० ले पराजित गर्दै शतप्रतिशत नतिजासहित लिग उपाधि जितेकाे हाे । यस्तै व्यक्तिगततर्फ नेपाल पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर र […]

चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा उक्लियो

६ फागुन, काठमाडौं । चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै वालिङ नगरपालिका राष्ट्रिय महिला लिगको तेस्रो स्थानमा उक्लेको छ । बिहीबार भएको एक मात्र खेलमा चन्द्रपुरलाई ३-० ले पराजित गर्दै स्याङ्जाको वालिङले लिगमा सुखद् अन्त्य गरेको हो । सातदोबाटोस्थति एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङका लागि हिमा रावत, मेथो रुथ र अमिसा कार्कीले एक एक गोल गरिन् । हिमाले […]

विराटनगरविरुद्ध च्याम्पियन एपीएफकाे कठिन जित

५ फागुन, काठमाडौं । दुई खेल अगावै राष्ट्रिय महिला लिगकाे च्याम्पियन बनेकाे एपीएफले विराटनगरविरुद्ध १-० काे कठिन जित हात पारेकाे छ । सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा बुधबार भएकाे खेलमा एपीएफलाई जित दिलाउन अनिता केसीले निर्णायक गाेल गरिन् । पहिलाे हाफमा विराटनगरले एपीएफलाई गाेलरहित बराबरीमा राेकेकाे थियाे । तर ५५औं मिनेटमा सरु लिम्बुकाे पासमा अनिता केसीले गाेल […]

पुलिसले आर्मीलाई बराबरीमा राेक्दा एपीएफ दुई खेलअघि नै च्याम्पियन

५ फागुन, काठमाडौं । विभागीय टाेली एपीएफले दुई खेल अगावै राष्ट्रिय महिला लिगकाे उपाधि जितेकाे छ । बुधबार भएकाे पहिलाे खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई बराबरीमा राेकेपछि एपीएफले दुई खेल अघि नै उपाधि पक्का गरेकाे हाे । सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा बुधबार भएकाे पहिलाे खेलमा अमृता जैसीले गाेल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । पहिलाे […]

राष्ट्रिय महिला लिगमा चौदण्डीगढीको ११औं हार

४ फागुन, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाले राष्ट्रिय महिला लिगमा ११औं हार बेहोरेको छ । लिग अन्तर्गत मंगलबार भएको एक मात्र खेलमा रौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढीलाई २-१ ले पराजित गरेको हो । पछिल्लो खेलहरुमा सुधारिएको प्रदर्शन गर्दै गएपनि चौदण्डीगढीले जित हात पार्न सकेको छैन । यसअघि विराटनगरसँग पनि चौदण्डीगढी २-१ ले नै पराजित भएको थियो […]

चोटका कारण सावित्राले बाँकी खेल गुमाउने

३ फागुन, काठमाडौं । विभागीय टोली एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पुर्‍याएकी स्ट्राइकर सावित्रा भण्डारीले लिगअन्तर्गतका बाँकी खेल गुमाउने भएकी छन् । लिग अन्तर्गत सोमबार नेपाल पुलिस विरुद्धको खेलमा सावित्रा घाइते भएकी थिइन् । ६९औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि सावित्रा घाइते भएकी थिइन् । ‘बल हान्ने क्रममा ल्याण्डिङ नमिलेर उनको खुट्टामा […]

वालिङलाई पराजित गर्दै विराटनगर महिला लिगको तेस्रो स्थानमा

३ फागुन, काठमाडौं । वालिङ नगरपालिकालाई पराजित गर्दै विराटनगर महानगरपालिका राष्ट्रिय महिला लिग फुटबलको तेस्रो स्थानमा उक्लेको छ । सोमबार भएको खेलमा विराटनगरले वालिङलाई १-० ले हरायो । विराटनगरलाई साँघुरो जित दिलाउन आशा कुमारीले एक मात्र गोल गरिन् । उनले खेलको ३५औं मिनेटमा फ्रिकिकमार्फत गरेको गोल नै विराटनगरलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । जितपछि […]

वालिङमाथि आर्मीकाे जित

२७ माघ, काठमाडौं । विभागीय टाेली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाकाे वालिङ नगरपालिकालाई २-० ले पराजित गरेको छ । सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला चौधरीले एक एक गोल गरिन् । खेलको पहिलो मिनेटमै शर्मिलाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिईन् । ४३ औं मिनेटमा […]

महिला लिग फुटबल : एपीएफको लगातार सातौं जित

२६ माघ, काठमाडौं । सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गरेपछि विभागीय टोली नेपाल एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा चौदण्डीगढी नगरपालिकालाई १४-० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा लिग लिडर एपीएफका लागि सावित्रा एक्लैले ८ गोल गरिन् । जारी लिगमा अपराजित एक्लो टिम एपीएफले लगातार सात खेल जित्दै २१ अंक जोडेको छ […]

सावित्राकाे ह्याट्रिकमा एपीएफकाे विजयी सुरुवात

८ माघ, काठमाडौं । विभागीय टाेली एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा सावित्रा भण्डारीकाे ह्याट्रिक मद्दतमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोलले पराजित गरेकाे हाे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता बस्नेत, अञ्जली कुमारी योन्जन र प्रीति राईले […]

माघ ७ देखि राष्ट्रिय महिला लिग फुटबल

२ माघ, काठमाडौं । माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग फुटबल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सात टिम सहभागी यो लिग एक महिना लामो हुनेछ । लिग खेल्ने हरेक टिमले चार विदेशी खेलाडी राख्न र खेलाउन सक्नेछन् भने प्रतियोगिताअवधिभर कुनै खेलाडी वा अफिसियललाई कोभिड– १९ को शंका लागेमा एन्फाले नै […]