Comments Add Comment

रेलमार्ग

List Grid
रेलमार्गका लागि सरकारले छुट्यायो १० अर्ब ३ करोड

१५ जेठ, काठमाडौं । सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९÷७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए । उनले आगामी वर्ष जनकपुर–जयनगरसहितका रेलमार्गमा रेल […]

रेलमार्गको अध्ययनमा छिमेकीको भर पर्दा अन्योल

२५ फागुन, काठमाडौं । सरकारले दुई छिमेकी देशसँग जोडिने प्रस्तावित अन्तरदेशीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम उनीहरुकै जिम्मामा छाडेको छ । आफ्नै खर्चमा हुनसक्ने डीपीआरमा समेत अरुको भर पर्दा काममा ढिलाइ भएको छ । यसले भविष्यमा प्राविधिक, भू–राजनीतिक र अन्य उल्झन आइपर्न सक्ने विज्ञहरु बताउँछन् । चीनसँगको केरुङ–काठमाडौं र भारतसँगको रक्सौल–काठमाडौं रेलमार्गको […]

महामारी साम्य नभएसम्म काठमाडौं–केरुङ रेलमार्गको काम नहुने

२ पुस, काठमाडौं । कोभिड–१९ महामारीको त्रास कायम रहेसम्म नेपाल–चीन रेल्वे लाइन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनसहित परियोजना प्रतिवेदन (डीपीआर) बनाउन चिनियाँ टोली नआउने भएको छ । दुई हप्ताअघि भएको नेपाल–चीन रेल्वे मामिला हेर्ने सचिवस्तरीय ‘ज्वाइन्ट स्टेयरिङ कमिटी’ बैठकमा चीनले महामारीको त्रास रहँदासम्म नेपालमा प्राविधिक कामका लागि टिम आउन नसक्ने जनाउ दिएको हो । बैठकमा नेपालका […]

सिचुवान–तिब्बत रेलमार्ग निर्माणलाई गति दिन चिनियाँ राष्ट्रपतिको आग्रह 

२४ कात्तिक, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरको सिचुवान–तिब्बत रेलवे निर्माण कार्यलाई गति दिन आग्रह गरेका छन् । तिब्बत नेपालको सिमानासँग जोडिएको छ । नेपालको नजिक पर्ने तिब्बतपछिको अर्काे प्रान्त सिचुवान हो । राष्ट्रपति सीले सो रेलमार्ग निर्माणले राष्ट्रिय सुरक्षा र सीमा क्षेत्रको स्थायित्वको लागि महत्वपूर्ण भूमिका खेल्नेसमेत उनले उल्लेख गरेका छन् । […]

रेलमार्गको विवादित ठेक्का रद्द

२३ भदौ, काठमाडौं । पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द भएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द भएको जानकारी दिएको हो । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब रद्द […]

विवादित रेल्वे ठेक्का र व्यवस्थापनका विकल्प

नेपालमा यतिबेला पूर्व–पश्चिम रेलमार्गको ठेक्का प्रकरणको विषयलाई लिएर निकै चर्चा–परिचर्चा भएका छन् । १०६ किलोमिटर लामो रेल्वे ट्रयाकको करिब ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएका ५४ वटा बोलपत्रहरुको प्रक्रियामा सरकारको तर्फबाट गम्भीर त्रुटि भएको कुरालाई नेपाली सञ्चार माध्यमहरुले जोडतोडका साथ उठाइरहेका छन् । त्यसका अतिरिक्त टेन्डरमा भाग लिएका कम्पनीले अपलोड गरेका फाइलमा प्राविधिक समस्या आएपछि […]

उत्तरसँग जोडिने रेल पहिलो प्राथमिकतामा रहनुपर्छ

रेल्वे चाहिन्छ भन्ने कुरा बहसमा छ । नेपालको अन्तर्राष्ट्रियरुपमा कनेक्टिभिटीको कुरा गर्दा हामी कि हवाइरुपमा जोडिने हो, कि स्थल यातायात, मुख्य गरी रेल्वेबाटै हो । हवाइ जहाजमार्फत जोडिँदाका सीमाहरु छन् । त्यो खर्चिलो पनि छ । उड्डयनमा ‘प्वाइन्ट टू प्वाइन्ट कनेक्सन’ हुन्छ । त्यसले ‘बल्क कार्गो’ बोक्न सक्दैन । त्यसले औद्योगीकरणको साना (लाइट) उद्योगलाई मात्रै […]

रेलको ठेक्कामा यत्रो विवाद हुँदा मुख्यसचिवज्यू के गर्दै हुनुहुन्छ ?

रेलमार्ग बनाउने कुरा अर्थराजनीतिक सवाल हो । यसलाई त्यसैगरी टुंग्याउनुपर्ने हुन्छ । अहिले पूर्व-पश्चिम रेलमार्गको खरिदबारे विभिन्न प्रश्न उठेका छन् । रेलमार्गको सन्दर्भमा जानुअघि अहिलेसम्मका अभ्यास हेरौं । २०६३ सालमा सार्वजनिक खरिद ऐन आयो, त्यसपछि माथिल्ला स्तरका सरकारी कर्मचारीले यो ऐनलाई कहिल्यै सकारात्मकरुपमा हेरेनन् । सधंै ‘यसलाई छल्न पाए हुन्थ्यो’ भन्ने मनासय देखियो । खरिद […]

विज्ञले ‘झापातर्फ रेलमार्ग बनाउनु औचित्यहीन’ भनेपछि मन्त्री नेम्वाङले मागे रसियासँग ऋण

९ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङले इनरुवा-बर्दिवास खण्डको रेलमार्ग निर्माणमा लगानीसहितको सहकार्य गर्न रसियासँग प्रस्ताव गरेका छन् । नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले भेटवार्तामा मन्त्री नेम्वाङले रसियलाई रेलमार्गको झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म सरकारले आफ्नै खर्चमा रेलमार्ग बनाउन लागेको जानकारी दिँदै इनरुवादेखि बर्दिबाससम्म रेलमार्ग बनाउन रसियाले सहयोग […]

ढिलो गतिको रेलमार्ग : १० वर्षसम्म टुंगिएन मुआब्जा विवाद

५ भदौ, बिराटनगर । सरकारले झापादेखि सुनसरीसम्म १०६ किमी रेलमार्ग निर्माणका लागि मुआब्जा निर्धारण नहुँदै ठेक्का प्रक्रिया अघि बढाएको छ । रेलमार्ग निर्माणका लागि जग्गाको मुआब्जा वितरण गरिसक्न कति वर्ष लाग्ला ? बिराटनगर–बथनाह (१८.१ किमी)  रेलमार्गको नेपाल खण्डको अनुभवलाई हेर्ने हो भने एकाध किलोमिटर जमीनको मुआब्जा समस्या समाधान गर्न १० वर्षभन्दा बढी लाग्दोरहेछ । दश […]

‘झापालाई छाड्नुस्, काठमाडौं-वीरगञ्जबाट रेलमार्गको काम थालौं’

४ भदौ, काठमाडौं । पूर्वधार विज्ञहरुले सरकारलाई तुरुन्तै ठेक्का लगायतको प्रक्रिया रोकेर रेलमार्गसहित यातयात सम्बद्ध योजनाको बारेमा विस्तृत समीक्षा गरेर मात्रै अघि बढ्न सुझाव दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुधबार आयोजना गरेको छलफलमा सहभागी विज्ञहरुले मन्त्री बसन्त नेम्वाङलाई काँकडभिट्टा-इनरुवा खण्डको रेलमार्ग निर्माणको लागि गरिएको ठेक्का तत्काललाई रोक्न सुझाव दिए । रेल चल्न […]

पूर्वतयारीविनाको ठेक्काले अलपत्र आयोजनाका नालीबेली, रेलमार्ग पनि थप्ने ?

१ भदौ, काठमाडौं । अहिले पूर्व–पश्चिम रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्ड निर्माणका लागि लगाउन लागिएको ठेक्का विवादमा छ । पूर्वतयारी नगरी लगाउन लागिएको २८ अर्ब बराबरको ५४ वटा ठेक्कामा १८ कम्पनी मात्रै प्रतिस्पर्धी छन् । जग्गा अधिग्रहण र रुख कटानको प्रक्रिया सुरु नहुँदै ठेक्का लगाउँदा भविष्यमा काम पनि नहुने, तर लगत र सयम बढी लाग्ने जोखिम हुने […]

रेलको औचित्य छ, निर्माण ठ्याक्कै रोकौं, समग्र योजनाको समीक्षा गरौं

नेपालमा रेल प्रविधि हाम्रा प्राविधिकहरुकै लागि पनि नौलो छ । हाम्रा इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीले रेल्वे इन्जिनियरिङ पढेका हुन्छन्। सैद्धान्तिक ज्ञान हुन्छ । तर, त्यसको व्यवहारिक ज्ञानका लागि अनुभवको अवसर छैन। धेरैले त रेल चढेका पनि हुँदैनन् । नेपालमा यातायात विकासका लगि रेल प्रविधिको औचित्य कस्तो भन्नेमा विमर्श गर्नु पहिले विश्वमा रेल प्रविधिको आरोह-अवरोहबारे चर्चा गरौं। […]

रेल विभागलाई अर्थले भन्यो-कानून मिचेर ठेक्का नलगाउनू

२९ असार, काठमाडौं । पूर्वतयारी नै नसकी एकैपटक काँकडभिट्टा-इनरुवा खण्डको रेलमार्गको ठेक्का लगाउन बोलपत्र आह्वान गरेपछि अर्थ मन्त्रालयले चासो देखाएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रलाई मन्त्रालयमै बोलाएर ठेक्का प्रक्रिया कानूनसम्मत रुपमा अघि बढाउन निर्देशन दिएको छ । मन्त्रालय स्रोतका अनुसार रेल विभागले ३२ अर्ब बराबरको ठेक्का गर्दा विभिन्न कानून र र मापदण्ड मिचेको […]

रेलमार्ग बनाउन सरकारले छुट्यायो ८ अर्ब ६६ करोड

१५ जेठ, काठमाडौं । सरकारले रेलमार्गहरूको निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । पूर्व-पश्चिमलगायतका विभिन्न रेलमार्गहरूको निर्माणका लागि एकमुष्ट आठ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । चालु आर्थिक वर्षमा रेल विभागले सात अर्ब ७० करोड बजेट पाएको थियो । विभागले पूर्व–पश्चिम रेलमार्गको एउटाबाहेक सम्पूर्ण खण्डको […]

केरुङ–काठमाडौं रेलमार्गः चिनियाँ टोली अर्को महिना नेपाल आउने

५ मंसिर, काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गबारे छलफल गर्न डिसेम्बर दोस्रो साता चिनियाँ टोली नेपाल आउने भएको छ । चीन र नेपालको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन चिनियाँ टोली नेपाल आउन लागेको हो । यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको छ । अब विस्तृत परियोजना प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ । तर, प्रारम्भिक रिपोर्ट आएको ३ महिना वितिसक्दा […]

भारतबाट एक वर्षमै आउनेछ मोरङमा रेल, धमाधम बन्दैछ रेलमार्ग

३ वैशाख, विराटनगर । हिजोआज भारत र चीनबाट काठमाडौं जोड्ने रेलको विषय निकै चर्चामा छ । भारत वा चीन कहाँको रेल चाँडै काठमाडौं आइपुग्छ भन्ने बहस पनि भइरहेको छ । यता मोरङको कटहरीसम्म भारतबाट रेल ल्याउनका लागि भने धमाधम रेलमार्ग निर्माण भइरहेको छ । भारतीय निर्माण कम्पनी इकर्नले लिक बिच्छ्याउने काम गरिरहेको छ । कटहरी […]

समुद्रपारिको सामान रेलमार्गबाट नेपाल आइपुग्यो

१८ वैशाख, विराटनगर । तेश्रो मुलुकबाट आयात गरिएका मालसामान सीधै पूर्वी नेपालको विराटनगर नाकासम्म ल्याउने कार्गो रेलसेवा शुरु भएको छ । बुधबार कलकत्ताबाट छुटेको कार्गो रेल आइतबार बिहान बथनाहा स्टेसनसम्म आइपुगेको हो । भारतको बथनाहा नेपालको विराटनगर नाकाबाट सात किलोमिटर मात्रै टाढा छ । सीमा नजिकै रेल आएपछि सामान ढुवानीमा ४० प्रतिशत बचत हुने भन्दै […]

चितवन निकुञ्ज नपर्ने गरी रेलमार्गको सम्भाव्यता अध्ययन

४ चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो । रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायकाअनुसार पछिल्लो सम्भाव्यता अध्ययनबमोजिम निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फबाट र भरतपुर […]

पूर्व–पश्चिम रेलमार्ग चितवनको निकुञ्जमा नछिर्ने

४ चैत, काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग चितवन राष्ट्रिय निकुञ्जको बीचभागबाट नबन्ने निश्चित भएको छ । रेल्वे विभागले पथलैयाबाट माडी क्षेत्रको जंगल हुँदै रेलमार्ग निर्माणका लागि प्रस्ताव गरेको थियो । तर, चितवन राष्ट्रिय निकुञ्जले रेलमार्ग बीचभागबाटै लैजाँदा दुर्लभ वन्यजन्तुहरुको संरक्षणमा चुनौती थपिने भन्दै अनुमति नदिने अडान लिएको थियो । निकुञ्जले नमानेपछि विभागले रेलमार्गलाई पथलैयाबाट हैटौंडा […]

पूर्व-पश्चिम रेलमार्गको ‘डिपीआर’ सक्नै दुई वर्ष लाग्ने

१२ मंसिर, काठमाडौं । नेताहरुले अब पूर्वपश्चिम रेलमा सरर… भनेर जनतालाई सपना बाँड्न थालेको धेरै भइसक्यो । तर, रेलमार्ग बन्नु त धेरै परको कुरा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न नै ढिलासुस्ती भइरेको छ । सन् २००८ बाट नै पूर्वपश्चिम रेलमार्गको अवधारणा बनाएर काम सुरु भएको थियो । तर, रेलमार्ग निर्माणको कार्यले गति लिन सकेको […]